टोकियो ।
अहिलेसम्म हामी देश लुट्दा र लुटाउँदा टुलुटुलु हेरेर बसिराखेका छौं । यसको अर्थ देश लुटेराहरुलाई टुलुटुलु हेरेर स्विकार गर्दै साक्षि बसिराखेका छौं ।
बिर गोर्खालीको बिरताको ईतिहाँस पढ्ने पाठ भएको छ सर्वसाधारण नागरिकको सँधै बिल्लिबाठ भएको छ ।
राणाहरुले मनलाग्दीगरि लुटे, राणालाई फालेपछि पञ्चायतधारीहरुले अघाउञ्जेल लुटे । पञ्चायतका लुटेरालाई लखेटेकाले २०४७ साल पछि प्रजातन्त्रका नाममा लुट्न थाले । अनि तन्त्रैतन्त्र थप्दै लोकतन्त्र हुँदै गणतन्त्रमा समेत तिनै लुटेराहरु एकपछि अर्को रुपमा आएर लुटिराखेकै छन् ।
खुलेआम घाँटीसम्म आउनेगरि मात्र होईन अनुहारनै पुरिनेगरि लुट्दा समेत अघाएका छैनन् अनेक तन्त्रको नाम भजाउने लुटेराहरु ।
लाउडा देखी लुटेरै नेपाल वायुसेवा निगमलाई नांगेझार पारे, केही उभो लाग्न लाग्दा फेरी वाईडबडीको नाममा नयाँ रुपमा लुटे ।
म्यानपावरहरु कामदार बेचेर लुट्छन्, ठेकेदारहरु खोलाको बगर समेत लुन छाड्दैनन् । पढेकाहरु कलेजका नाममा लुट्छन्, डाक्टरहरु अस्पतालमा लुट्छन् । हुँदा हुँदा मरेको लासलाई समेत आर्यघाटमा लुट्छन् ।
बिदेशमा पसिनासँगै रगत बगाएर कमाएको एकदुई पोका कोसेली लिएर फर्केको परदेशीलाई एयरपोर्टमै लुट्छन् ।
मालपोतमा दलालदेखी हाकिमले लुट्छन्, वडादेखी नगरपालिकाले अनेक नामका करमाथी कर लगाउँदै लुट्न थालेका छन् ।
तेलदेखी सेलमा लुट छ, नुनदेखी सुनमा लुटिराखेकै छन् ।
खेलमा मिलेमतो गरेर समेत लुटे । उडानदेखी सुडानसम्म कतै बाँकी राखेनन् लुट्न । तर सबै लुटेरा अनेक नाममा उम्किए र उम्काईए लुटेरा लुटेरा मिलेर ।
जग्गा बेच्दा बिचौलीयाको लुट, पसलमा मिसावट र कालाबजारीको लुट, बस चढ्यो चालकको लुट, टोपी देखी धोतीसम्म अनेक रुपमा आएका छन् सबै लुटेराको एउटै धन्दा लुट्न सकेसम्म लुट ।
मरेर जाँदा समेत लास जलाउने दाउरामा लुट हुन्छ । सांसदले घरभाडाका नाममा जनताको पसिनामा लुट मच्चाईराखेको छ । भूकम्प पीडितलाई दाताले दिएको त्रिपाल र जस्तामा मन्त्री र नेताहरुको लुट । सांसदलाई फकाउन पँजेरो दिएर लुट ।
देश भित्र लुटेर नपुगेर देश लुटेराहरुले महाकाली सन्धिका नाममा सिमा बेचेर लुटे । शान्त देशमा द्धन्द्ध मच्चाएर सुरक्षाको नाममा सत्ताधारीले कमिसनको लुट मच्चाए, लडाकु व्यवस्थापनका नाममा बिद्रोहीले ब्रम्हलुट मच्चाए ।
संविधानको नाममा लुटियो, भूकम्प पीडितको राहतमा लुटियो, अहिले आएर चेलीको अस्मिता लुटेराहरुलाई जोगाएर रक्षक नै भक्षक भएर लुट्न थालेको छ ।
सुबिधा, अनुदान, सहयोग अनेक नाममा राष्ट्रपती, प्रधानमन्त्री, मन्त्री र ठुला कर्मचारी अनेक अनेक नाममा देशको ढुकुटी लुटिराखेकै छन् ।
चर्पी देखी सिंहदरबार भित्रको दरबारमा समेत लुट्न नछाडेका लुटेराहरुले गरिब जनताको पाईलामा समेत कर लगाएर लुट्न थालेका छन् ।
लुटेराहरुको राज्य बनेको देशमा कोहि बनाउने नाममा लुटदै छ्न कोही बिग्रेको सपार्ने नाममा लुट्छन् ।
मिलेकालाई भाँड्न आ आफ्नो भाग चाहिन्छ भनेर भाँडेर लुटे, अहिले भद्रगोल मच्चाएर भँडुवाहरुनै एकताको कुरा गरेर लुट्न उद्यत् छन् ।
कहिले परदेशको नाममा, कहिले घरदेशको नाममा लुट्नेहरुकै रामराज्य चलिरहँदा लुटेराहरुले उनिहरुकै कर्मको कृतन गर्दै गाईको भजन गीत भने बज्न दिएनन । तर देश दुनियाँले चोरको खुट्टा काट् भन्दा खुट्टा तान्ने लुटेराहरु चिनेर भन्न थालेका छन्-'लुट्न पाए लुट कान्छा लुट्न पाए लुट, अरु देशमा पाईंदै नेपाल मै हो छुट'