सायद नेपालीहरु नपुगेको मुलुक बिरलै होलान । देशमा उद्योग कलकारखाना नहुनु, रोजगारीको उपयुक्त अबसर नरहनु, व्यावसायिक खेतीको बिकास नहुनु र गर्दै आएका व्यवसायिक खेतीले पनि प्रयाप्त बजार नपाउदा युबाहरुको बिदेस पलायन बढिरहेको छ ।
स्वभाविक रुपमा मानिस आफ्नो ईच्छा चाहना पुरा गर्नको लागी पनि स्वदेश मै उपयुक्त बिकल्प नहुँदा बिदेसिनु पर्ने बाध्यता त छदै छ तर पछिल्लो समय ठुला सपना र महत्वकांक्षी अबसरको कारण बिश्वका अति बिकसित देशहरुमा बुझेर वा नबुझेर हाम फाल्ने युबाहरुको जमात अत्यधिक बढिरहेको छ ।
घटनाको पृष्ठभुमी
एउटा युवा ठुलो सपना बोकेर बिदेश छिर्छ, उसले रातारात धनी हुने सपना देख्छ । विसौं बर्ष सङ्घर्स गरेको मानिस सरह उ आजै त्यो हैसियतको सफलता खोज्छ । उसले बिदेशमा सुरुको यात्रा कती गाह्रो हुन्छ भन्ने बुझ्न सम्म चाहँदैन । हरेक ठाउमा ठक्कर खान्छ, सोचे जस्तो सफलता हात पार्न सक्दैन । त्यसै माथी स्वभाबिक रुपमा उ राम्रो देश गएकोमा परिवारमा ठुला(ठुला आस पलाउछन ।
परिबारले देखेको सपना र विदेशको वास्तविक भोगाइमा केहि पनि तालमेल मिल्दैन, उसलाई बिदेशमा भैसकेपछी परिवारले के भन्छ रु समाज ले के भन्छ रु अनेक कुराहरु मनमा खेलाउछ । यता सफल हुनको लागी अनेक प्रयत्न गर्दाको तनाब उता अनेक सामाजिक र पारिबारिक जिम्मेवारीलाई पनि बिर्सिहाल्न नमिल्ने अवस्था यि सबै कुराले उसलाई कमजोर बनाउदै लैजान्छ र अन्तत उ मानसिक लगायत शारिरि रोगको शिकार बन्न पुग्छ ।
यस्तो समस्याबाट जोगिन के गर्नु पर्छ ?
हो मानब जिबन एउटा सुन्दर सपना सङ्गै सुरु हुन्छ र ति सपना हरु पुरा गर्न अहोरात्र खट्नु पर्दछ । तर के कुरा चाही बिर्सनु हुँदैन भने तपाइ जिबनको जुन सुकै बाटो हिड्नुस अगाडी तपाइ जती बढ्दै गएपनी पछाडी हट्ने ठाउ चाही शुरक्षीत राख्नु पर्दछ ।
प्राय दुर्घटनामा फस्ने भनेकै पछाडी हट्ने ठाउ नराख्नेहरु हुन्छन् । त्यसैले हरेक निर्णयका पछाडी आफुलाई अनेक बिकल्पमा खुल्ला राखेर मात्र अगाडी बढाउनुहोस । जस्तै बिलासी जिबन जिउने उदेश्यका साथ अगाडी बढ्दै हुनुहुन्छ भने पनि परिस्थिती प्रतिकुल भैहाल्यो भने पनि सामान्य जिन्दगी जिउनको लागी आफुलाई तयार गरेर राख्नुहोस ।
समाजले गर्नु पर्ने काम
अहिले बिकसित देशमा जाने युबाहरु प्रती समाजले हेर्ने नजर कस्तो छ भने बिदेश जानेले त बोट बाटै पैसा टिप्छ, आराम गरेर पैसा कमाउँछ, बिदेशमा पैसा कमाउन केहि गाह्रो छैन । विदेश जानेले एकरदुइ बर्षमै शहरमा घर बनाइ हाल्छ भन्ने खालको ।
जब उसलाई समाजका केहि मान्छेहरुले कति पैसा कमायो, कहाँ कति सम्पती जोड्यो जस्ता कमाई र सम्पत्तीलाई जोडेर मात्र बोल्न थाल्छन् वास्तमै विदेशमा संघर्ष गरिरहेका र समस्यामा परिरहेकाहरु मानसिक रुपमा बिछिप्त हुन्छन र उनिहरुमा आफु प्रती वितृष्णा पैदा भइ मानसिक रुपमा कमजोर हुन पुग्छन् । त्यसैले सामाजिक रुपमा पनि यस्ता कुराहरु भन्दा उसको स्वास्थ्य अवस्था , दैनिकी सङ्ग सम्बन्धित कुराहरु मात्र धेरै सोध्ने गरौ ।
साथीभाइहरुले गर्नु पर्ने काम
प्राय गरी बिदेशमा हुने धेरै नेपालीहरुमा साथी भाइहरुको भन्दा आफ्नो अवस्था बलियो छ भन्ने देखाउने हुटहुटी हुदो रहेछ । त्यसैले पनि भएको नभएको कुराहरु बढाइ चढाइ कुरा गर्ने गर्दछन । एउटै ठाउमा आफ्नो सोचे जस्तो नभइ रहदा नजिकका साथीहरुले बढाइ चढाइ बोल्दिदा पनि उसलाई मानसिक रुपमा नकारात्मक असर परिरहेको हुन्छ । त्यसैले साथी भाइसङ्ग कुरा गर्दा सकेसम्म सरल र सामान्य कुरा गरौ , बढाइ चढाई बोल्ने नगरौ ।
तपाइका यि बढाइ चढाइ बोलिएका कुराहरु पनि उसको लागी घातक हुन सक्दछ । जसको कारण उसलाई त्यो अवस्था सम्म पुग्नको लागी यि कुराहरुले बल पुगिरहेको हुन सक्दछ । त्यसैले साथी भाइ सङ्ग कुरा गर्दा यस्ता कुराहरुमा पनि ख्याल गरौ ।
स्वयम आफुले गर्नु पर्ने काम
मानब जीवन एउटा सुन्दर यात्रा हो । मानिसहरु बाचुन्जेल उच्च सफलताको पछी दौडिरहन्छन यो स्वभाबिक पनि हो तर ति मान्छेहरु मात्र मानसिक रुपमा बिचलित हुन्छन जो ठुला महत्वकांक्षी सपनाको पछी दैडिदै गर्दा आफ्ना हरेक बिकल्पहरु बन्द गर्न पुग्छन ।
त्यसैले सपना देख्नुस तर त्यसलाई बिकल्पहिन नठान्नुहोस । बिलासी जिबन जिउने सपना देख्नु भएको छ भने पनि सफलता हात नपर्दा सामान्य जीवन जिउन पनि आफुलाई तयार बनाइ राख्नुहोस । साथी भाइले भनेका कुरा भन्दा पनि आफुले भोगेका कुरामा बिश्वास गर्नुहोस । जीवनलाई महत्वकांक्षी भन्दा सरल र साधारण बनाउने कोसिस गर्नुहोस ।
जोडेको सम्पती भन्दा खुशी साथ जिएको जिन्दगी आफ्नो हो । यती कुरा बुझ्न सकियो भने पक्कै पनि मानसिक रुपमा कमजोर भइदैन र यस्ता घटनाहरु कम हुन सक्छन । यसमा कती कुराहरु छुटेका हुन सक्छन बाकी थप्ने काम यहाँहरुको ।