(Japan) 4 th October | 2024 | Friday | 8:49:50 AM || (Nepal) 5:34:50 AM
 
 


‘दाई तपाईले जे भन्नुहुन्छ त्यहि मान्छु !’ : नारायण पोखरेल

  POSTED ON : Saturday, 05 August, 2023 | Views : 2282

 ‘दाई तपाईले जे भन्नुहुन्छ त्यहि मान्छु !’ : नारायण पोखरेल


भर्खर जापान आएकि बहिनिलाई मेरो अनुरोध । 

“ दाई तपाईले जे भन्नुहुन्छ त्यहि मान्छु “ 

बहिनि यो वाक्य प्रयोग नगर्नु ।

सुन मेरि बहिनि,

नेपालमा बेरोजगारिका कारण तिमि जस्तै धेरै बहिनिहरु प्रदेशिएका छन् । प्रदेशिने संख्या बढे संगै नेपालीहरुका राम्रा नराम्रा कुराहरु बढ्नु स्वभाविकै हो । 

जापान महिलाका लागि  सुरक्षित देश  मानिन्छ तर यो देशमा पनि अन्य देशमा जस्तै अपराधिक घटना हुन्छन् । नेपालमा जस्तो मिडियामा कम आउने भएकोले हामिलाई थाहा नभएको मात्रै हो । 

बलात्कार ,ठगि ,चोरि  कुटपिट हत्या जस्ता जघन्य घटना जापानमा पनि हुन्छन् है । तिमि त टोकियो मा आयौ जापानमा पनि गांउ बन जंगल उकाली ओरालि छन् । गांउ तिर त झन् सुनसान छ हुन्छ । तिमि संग टोकियो आएका र टोकियो बाहिर आएका बहिनिहरुलाई 

यो कुरा सुनाईदेउ ल । 

बहिनि  यो चकाचक टोकियो भित्र तिमिले अलिअलि भाषा नजान्दा  सम्म र जापानको नियम नबुझ्दा सम्म यि कुरामा ध्यान देउ ल । 

१. “ दाई तपाईले जे भन्नुहुन्छ त्यहि मान्छु “ 

मलाई काम लगाईदिनुस् । यो शब्द प्रयोग नगर ।  जे भन्नु हुन्छ त्यहि मान्छु भन्यौ भने तिमिलाई पापी नरपिचासहरु त्यहि वाक्यबाट गलत दृष्टिकोण ले हेर्न सुरु गर्छन र फरक ठांउमा पुर्याउछन् । 

२. बिदेशिहरु संग धेरै कुरा नगर। खुरुखुरु आफ्नो काम गर्नु अरुको मतलब नराख्नु । बिदेशिहरुले त झन् छिटो फसाउने गर्छन

३. आफ्नो कार्ड हरु आधिकारिक ठांउ बाहेक ब्यक्तिहरुलाई नदिनु 

५. कसैको कोठामा नजानु 

६. जापान आएर परिचय भएका साथिहरुलाई झट्ट बिस्वास नगर्नु 

७. कसैले मेनसेचुको दिन अफिस टाईम र अफिस मा भन्दा नन्य समय वा अन्त बोलायो भने नजानु । 

८. आफ्नो बिगत र पारिवारिक कुराहरु भर्खर चिनेका मान्छेलाई नखोल्नु त्यसबाट तिम्रो कमजोरि पक्ष पत्ता लगाएर फाईदा लिनेहरु सलबलाउने छन् । 

९. काममा आफ्नो ईमान्दारिता देखाउ अरुको लागि नबोल । 

१०.  नजानेको कुरा ५० पटक सोध तर अनुमानको भरमा नगर । 

११.  खाना निन्द्रा  काम र पढाईको  ब्यालेन्स  मिलाएर लैजाउ । 

१२. स्वास्थ्यलाई सबै भन्दा बढि ध्यान देउ । बिरामि परियो भने पानी खान दिने मान्छे नै हुदैन प्रदेशमा । 

१३. रातमा अबेर सम्म ट्युटि छ भने  अन्तिम ट्रेनको ख्याल गर । 

१४. ट्रेनमा फोनमा कुरा नगर । 

१५. बस ट्रेन चढ्दा (युसेनसेकि ) मा छौ भने बृद्धा सुत्केरि अपांगता भएका यात्रुलाई आफु बसेको ठांउ छोडिदिनु । त्यसले तिमि प्रति हेर्ने दृष्टिकोण नै राम्रो बनाउने छ । 

१६. पोष्ट बक्स हरेक दिन चेक गर्ने गर 

१७. तिम्रो कलेजमा हाजिरि १०० % बनाउ । भोली भाषा कमजोर भए पनि सेनमोन जान र भिषा रिन्यु गर्न राम्रो हुनेछ । 

१८. कसैलाई नढाट नछल , काममा सिफ्ट राखे पछि टाईममा उपस्थित हुने गर । कारण बस् ढिला हुने भए कारण खुलाई ढिला हुने कुरा समय अगाडि नै जानकारि गराउ । 

१९. कोहि कसैसंग झगडा नगर । कानुनि फन्दामा पर्दा जापानका नियम हरु बेग्लै छन् । कारण बस अनुसंधानमा परियो भने अनुसन्धान नसकिदा सम्म  पुलिसले कसैलाई जानकारि गराउदैन । 

२०. हरेक ठांउका नियम हरु फरक फरक हुन सक्छन् जस्तै 

तिमि बस्ने घरको नियम फोहोर फाल्ने तरिका स्कुलको नियम 

काम गर्ने कम्पनिको नियम  जहा जस्तो नियम छ भने बमोजिम मान । 

बहिनि यि र यस्तै अरु धेरै कुराहरु पनि छन् । बाको त्याग आमाको माया साहुको रिण आफन्तको सहानुभुति सम्झेर आफ्नो भविष्यलाई उज्जल बनाउन पट्टि समय खर्च गर्नु पर्छ । 

केहि कुरा गल्ति बाट नया पाठ सिकिन्छ भने कतिपय गल्ति गर्नै हुदैन । नजानेर भएका गल्तिले पनि कानुन को सम्म पुर्याउन सक्छ ।

अत  बहिनि माथिका कुरा हरु पालना गर्दा गर्दै पनि आफु अप्ठारोमा परियो र कसैले कुनै कुरामा जबर्जस्ति गर्न खोज्यो , अन्याय गर्यो भने कलेजको सेन्सेई को सहयोगमा नजिकको प्रहरि चौकिमा उजुरि गर ।