टोकियो ।
जापानमा पछिल्लो पाँच दिनमा तीन जना नेपाली युवाको निधन भएको छ ।
यसै साताको सोमबार देखी बिहिबार बिचमा तीन जना नेपालीको अल्पायुमै निधन हुन पुगेको हो ।
तिनजना मध्ये एकजनाको सडक दुर्घटना परि निधन भएको हो भने अन्य दुईको बिरामी अवस्थामा उपचारकै क्रममा निधन भएको हो ।
सडक दुर्घटनामा परि माईकलको निधन
गसै हप्ताको सोमबार सडक दुर्घटनामा परि माईकल नामले चिनिएका बिजय गौचन थकालीको साईतामा केनमा गाडीको ठक्करबाट निधन भएको थियो ।
साईकलमा सवार गौचनले विद्यार्थी भिषामा जापान आएर केही समय अघिमात्र काम गर्ने भिषा परिवर्तन गरेका थिए ।
गत बर्ष नेपाल गएर बिवाह गरेका उनको सपरिवार काठमाडौंमा बसोबास गर्दै आएको छ । श्रीमतीलाई जापान ल्याउन भिषा प्रक्रिया अघि बढाईरहँदा गौचनको निधनले परिवारमा शोक र पत्नीमाथि पती बियोगसँगै बैवाहिक जिवनको अध्याय सुरु हुन नपाउँदै टुंगिन पुगेर बज्रपात पर्न गएको छ ।
गौचनको जापानमै दाहसंस्कार गरिने भएको छ । यसको तयारी भईरहेको बताईएको छ ।
स्वास्थ्य हेलचेक्राईंले २० बर्षको कलिलै उमेरमा सबिनले ज्यान गुमाए
चार बर्षअघि नेपालको माध्यमिक तह अध्ययन सकेर परिवारको साथमा बस्न बाग्लुगंका सविन क्षेत्री जापान आएका थिए ।
साईतामा केनमा आमा बुवा सहित परिवारको साथमा बस्दै आएका अर्बिन नामले चिनिने सविन केही साताअघिदेखी ईन्फ्लुएन्जाले बिरामी भएका थिए ।
सुरुमा सामान्य ईन्फ्लुएन्जा ठानेर मेडिकल स्टोरको सामान्य औषधि सेवन गर्दै आएका सविन झनपछि झन रोगले थलिन पुगे ।
एक होटलमा बेड मेकिगं काम गर्दै आएको बताईएका सविन काममा जानै नसक्नेगरि थलिएपछि अस्पताल उपचारको लागि पुगेका थिए ।
अस्पताल उपचारको लागि पुग्दा ईन्फ्लुएन्जाको असर सामान्य स्वास प्रस्वासमा नभई उनको फोक्सो सम्म पुगिसकेको रहेछ ।
उपचारमा सहयोग गर्नुभएका गल्कोट समा ज सम्वद्ध पदाधिकारीहरुका अनुसार सुरुमा स्वास्थ्यमा हेलचेक्राई गरिएकै कारण ढिलो गरि उपचार गर्न पुगेका सविनको फोक्सो ईन्फ्लुएन्जाको असरले काम गर्नै नसक्ने अवस्थामा पुगेपछि सघन कक्षमा राखेर उपचार थालिएको थियो ।
तर चिकित्सकहरुको भरमज्दुर प्रयासका बावजुत सबिन सामान्य ठानिने ईन्फ्लुएन्जाको अगाडी हार्न पुगे । २० बर्षको कलिलै उमेरका उनलाई चिकित्सकहरुले बुधवार मध्यरातको समयमा मृत घोषणा गरे ।
सुन्दर सपना सजाएर परिवारको साथमा आएका सविनको निधनमा परिवारले भविष्यको जीवन भरोसा ठानिएको सन्तान गुमाउन पुग्यो भने देशले एक भावी सन्तती ।
दिनेशलाई दैव लागेपछि सुत्केरी श्रीमतीलाई कसैगरि बचाउन सकेनन्
परिवारको आर्थिक अभावलाई टार्दै प्रगतिपथमा सहारा बनाउन श्रीमती प्रमीला दर्जीलाईपनि जापान ल्याए ।
दुखका बिच खुशीको यात्रामा परिवारमा नयाँ सदस्य आउने भएपछि दर्जी परिवारमा खुशी छाएको थियो । तर दैवले देख्न नसकेको दिनेशको खुशीमा कालो बादल मात्र लागेन ठूलो सुनामी आईलाग्यो जब पत्नी प्रमिलालाई ब्रेन ट्युमर भएको खवर उनले थाहा पाए ।
आफ्नो गक्षले उपचार नभ्याउने भएपछि मनकारी जापानका सहयोगी नेपाली सहित मोना जापानको पहलमा सुत्केरी भएकी प्रमिलाको जीवन रक्षाको लागि आर्थिक संकलन भईरहँदा उनले भने बिहिबार साँझ संसार छाड्न पुगिन् ।
एक महिनाकी दुधे छोरीलाई छाडेर प्रमिला गएपछि पत्नि बियोगमा परेका दिनेशको एउटा सपनाको संसार त भत्कियो नै भएको जीवन संसारलाई कसरी सम्हाल्ने भन्ने पहाड अघि तेर्सिन पुगेको छ ।
आफ्नै जीवनको लडाई लडिरहेका दिनेशमा परिवारको जिम्मेवारी माथि प्रमिलाले चिनो छाडेर गएकी छोरी हुर्काउने कठिन परिक्षाको जिम्मेवारी समेत थप भएको छ ।