(Japan) 18 th April | 2026 | Saturday | 7:29:55 PM || (Nepal) 4:14:55 PM
 
 


सडक दुर्घटनामा परि जापानमा नेपाली युवाको निधन

  POSTED ON : Tuesday, 05 February, 2019 | Views : 28387

सडक दुर्घटनामा परि जापानमा नेपाली युवाको निधन


टोकियो ।

जापानमा सडक दुर्घटनामा परि एक नेपाली युवाको निधन भएको छ ।

माईकल गौचन नाम गरेका नेपाली युवाको सडक दुर्घटनामा परि मृत्यु भएको हो ।

जापानको साईतामा केनमा सडक दुर्घटनामा परि गौचनको सोमबार राती निधन भएको हो ।

प्राप्त समाचार अनुसार सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट गौचनको निधन भएको हो ।


गौचन विद्यार्थी भिषामा जापान आउनुभएको थियो । गौचनले ग्रीन ईन्टरनेशनल कलेज योकोहामाबाट भाषा विद्यालय 'सेन्मोन गाक्को' सकेर साईतामा केनमा जापानी कम्पनीमा काम गर्न थाल्नुभएको थियो ।

म्याग्दी घर भई परिवारका सदस्यहरु हाल काठमाडौं बसोबास गर्दै आएको बुझिएको छ ।

गौचनले गत बर्षमात्र नेपाल गएर विवाह गर्नुभएको थियो । उहाँको श्रीमती सहित परिवारका सदस्यहरु काठमाडौंमा नै हुनुहुन्छ ।

साईकलमा सवार गौचनलाई सडक पार गर्नेक्रममा गाडीले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

यस बारेमा विस्तृत जानकारी बुझ्ने काम भईरहेको नेपाली राजदूतावासले जानकारी दिएको छ ।