(Japan) 26 th August | 2026 | Wednesday | 2:27:32 PM || (Nepal) 11:12:32 AM
 
 


रास्वपाको उत्पति र करेशाको 'भाले-मेवा'

  POSTED ON : Saturday, 13 May, 2023 | Views : 2814

 रास्वपाको उत्पति र करेशाको 'भाले-मेवा'


जापानमा एक चर्चित शब्द छ 'खाङ्के नाइ' । जसको अर्थ हुन्छ आफुलाई आवश्यक या मतलब नभएको जाहेर । जापानीहरु केवल आफ्नो कर्म मै तल्लिन हुन्छन । उनिहरु अधिकांशले बाहिर दुनियाबारे वास्ता राख्दैनन । उनिहरुले आफुलाई आवश्यक पर्ने भन्दा अन्य फाल्तु कुरा गर्यो भने भन्ने शब्द हो 'खाङ्के नाइ' ।

हाम्रो देशमा पनि हामिलाई त्यत्ति खासै आवस्यक नै नपर्ने बाद, तन्त्र, सिद्धान्त घोकाएर हाम्रा राजनितिक दलहरुले यस्तो जञ्जिरमा दशकौं देखि बाधेर राखिदिए कि सो साङ्लो तोड्न कसैले सकि रहेको थिएन । सर्वसाधारण जनताहरुलाई त्यस्ता नबुझिने अमुख तन्त्र मन्त्र प्रति खासै रुचि छैन । केवल आफ्नो जिवन जिउन सहज भए पुग्छ । मुखमा लाउने माड, बिरामि हुदा औसधोपचार्, नानि बाबुलाइ बेलैमा पुस्तक्, खेतिको लागि बिउ बिजन मल पानि, हिड्नलाइ सडक जस्ता अत्यन्तै आधारभुत कुराहरुको प्रत्याभुत गराइदिनु पर्नेमा बुझ्नै गार्हो हुने तन्त्र मन्त्र रटाइरहेका छन । 

त्यस्ता अमुख सैद्धान्तिक बहस भन्दा अघि जन जिविकाको सवालको इण्डिकेटर मै छुनु पर्नेमा कसै कसैले छिटपुट धिमा आवाज उठायो भने 'तिमिहरुले यत्तिको आवाज उठाउन सक्ने बनाएको नै हामिले लढेर ल्याइदिएको तन्त्रले गर्दा हो' भनेर भन्थे देशका ठालु देखि उनिहरुको 'हनुहरु' सम्मैले । तर त्यसैले नतिजामा चाहि हान्यो के त ? हो आजको महत्वपुर्ण प्रश्न यहा निर छ। यदि उनिहरुले ल्याइदिएको राम्रा राम्रा बाद्, तन्त्र मन्त्रले जनताको जिवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्न सकेको भए सो तन्त्रको मन्त्र जपेरै बसिन्थ्यो होला तर त्यसले त गरिब निमुखा बहुसंख्यक जनताहरुलाइ त कुनै दिन छुन सकेन। 

सुगम हुन या दुर्गमका जनताले अहिले पनि बिकाशका पुर्वाधार हरु र सुशाशनको अनुभुति लिन सकेका छैनन । 'सरकार खेति लाउने बेला भयो, पैसा नै तिरेरै किन्छौ हामि, कमसे कम मलको त ब्यबस्था गरिदेउ' भन्यो भने, एकाथरि भन्छन्- 'हाम्रो समाजबादमा कृषि क्रान्ति हुन जरुरि छ तसर्थ पुजिपति दलाल नोकरशाहि तन्त्रको अवशेस बाकि रहेसम्म क्रान्ति अधुरो छ' भन्ने जवाफ दिन्छन अनि त्यो जवाफले किसानको मल नभएर मर्दै गरेको धान बौरिन्छ त ? 

'सरकार ! कोरोना भाइरसको कारण मेरो आमा थलिएर बस्नु भएको छ, सिटामोल कहि किन्न पाइएन' भन्दै गुहार माग्यो भने अर्का थरि भन्छन् 'अनि हामिले सुखी नेपाल, समृद्ध नेपाली भनेकै छौ त' भन्ने रेस्पोन्स जनाउछन् । सो उत्तरले उनको आमा तङ्ग्रिन्छिन् होलि त ?

'सरकार ! तपाइको ठेकेदार नेताजिले चलाएको डोजरले पहाडको ढिस्को खन्दा मेरो घरको छानो नै सबै पहिरोले पुर्यो' भन्दै गुहार माग्यो भने -'नया नेपाल बनाउने हाम्रो दृढ सङ्कल्प र समुन्नत नेपाल अबको अभिभारा' भन्ने अमुख जवाफ आउछ। अनि के त्यो रेस्पोन्सले उनको घरको भित्तो पुनर्निमाण आफैं  हुन्छ ? अर्का थरि भन्छन्- 'राजा र हिन्दु धर्म नभएको ले नै हो देश बर्वादि तिर दगुरेको ।'

जसरि हामि करेशाबारि तिर देख्न सक्छौ कि, 'भाले मेवा' बुटो पनि हो, हलक्क हुर्केको पनि छ । देख्दा राम्रै देखिन्छ तर फल दिने होइन । हो, अनि यसो सोच्यो, हो पनि । उनिहरुले ब्यबस्था परिवर्तन गर्न त ठिकै दुख कस्ट गरेकै हुन । ठ्याक्कै त्यसै गरि हाम्रा दलहरुले फलाक्ने गरेका सबै बाद र तन्त्र पनि लडेर ल्याएकै हुन्, गरेका पनि हुन तर सर्वसाधारण जनताहरुका निमित्त त्यसले प्रतिफल दिदै दिएन । त्यसैले त्यस्तो भाले मेवा छिमोल्न सुरु भैरहेको छ । अनि यहि बेला अरु दल प्रति जनता पुरै निराश छन। राज्यको सबै निकाय भागबण्डा गर्दा सम्म त जनता चुपै लागेर बसेका थिए । हुदा हुदा गठबन्धनको नाममा जनता समेत 'यत्ति मेरो भागका, यत्ति चाहि तेरो भागको' भनेर बाउको बिर्ता झै जब भाग लगाउन थाले त्यहि बेला केहि आशाको दियो वनेर निस्किएको छ राष्ट्रिय स्वतन्त्र पार्टि रास्वपा । 

अहिलेको समय भनेको कसैको बाद र तन्त्र घोकाइमा रमाउदै बर्बादिको चालिसा गाउदै आत्मरतिमा रमाउने बेला हुदै होइन । यो त त्यस्ता काम नलाग्ने खालका वाद तथा सिद्धान्तहरुको अन्त्य तथा विनिर्माणवादको सुरु हो । आधुनिकतावादको अन्त्य र उत्तर आधुनिकतावाद्को सुरुवात हो । गणतन्त्रको नाममा भ्रष्ट गणतन्त्रको अन्त्यको सुरुवात हो । सत्य र सुशासनको सुरुवात हो । सुन्दर बिहानी हो । सारा बिक्रित राजनैतिक संस्कार, कुतर्क र मपाइत्व अनि जनतालाइ दशकौं देखि थाङ्नामा सुताउने तिक्डमले सिमा नाघ्नै लागेको हुदा यि सम्पुर्ण अध्यारा रातलाइ उज्यालो देलान कि भनेर जनताले यसपालि रास्वपालाइ छनौट गरेका हुन । 

रास्वपाको अभ्युदय केवल जनआक्रोशको प्रतिफल मात्र होइन । यसका धेरै सामाजिक र राजनीतिक पाटा होलान्। तिनको मिहिन विश्लेषण आवश्यक होला । तर केही कारण सजिलै भन्न सकिन्छ। पार्टीका शीर्ष तह उही नेताले कब्जा गरेका छन् भने सांसद, प्रदेश सभा, स्थानीय सरकारमा नयाँ, 'फ्रेस' र मानिसले आस गर्ने व्यक्ति छिर्ने ठाउँ छैन। उही कार्यकर्ताले घुमिफिरी टिकट पाएका छन् । ठुला भनिएका दलहरुले यसलाई प्रतिक्रियाको केवल एक सामान्य झिल्को हो भनेर सामान्यिकरण गरेका छन तर लाग्दैछ यो एक झिल्को मात्र नभै पुराना थोत्रा दलहरुको अस्तित्व लडाइ हो । देशलाई सहि मार्गमा लैजाने अभियान हो । भ्रष्ट र भागवण्डा गरेर देश चुसेर खाने लम्पट परजीवीको अन्त्य हो । यो भ्रष्टाचार निर्मुल पार्ने अभियान हो ।

समाजमा एक तमासको आक्रोश छ अहिले । किन हो मान्छेहरू रिसाएका छन् । चिया पसलदेखि मोबाइलको भित्तोसम्म । अझ राजनीतिको संस्थापनसँग त झन् धेरै रिसाएका छन् मान्छे । राजनीतिमा आफ्नो स्वार्थको लागि अपराधीहरूको संरक्षण गर्ने, नीति नियमहरू आफ्नो स्वार्थका लागि बंग्याउने, सर्वसाधारणलाई अधिकार नदिने तथा दिए पनि त्यसको दाम असुल गर्ने प्रवृतिले गर्दा देश बेहाल भएको छ । देशको संरचनात्मक प्रणालि यति खल्बलिएको छ कि भबिस्यमा आउने जनता र राष्ट्रप्रती जवाफदेहि बन्ने बास्तविक प्रधानमन्त्रीलाई सिस्टम लिकमा ल्याउन मात्रै ५ बर्ष लाग्छ ।

अनि यहि बेला अरु दल प्रति जनता पुरै निराश छन। राज्यको सबै निकाय भगबण्डा गर्दा सम्मत जनता चुपै लागेर बसेका थिए । हुदा हुदा गठबन्धनको नाममा जनता समेत 'यत्ति मेरो भागका, यत्ति चाहि तेरो भागको' भनेर बाउको बिर्ता झै जब भाग लगाउन थाले त्यहि बेला केहि आशाको दियो वनेर निस्किएको छ रास्वपा । रास्वपाको उत्पति थाकेका, गलेका ,निराश भएका जनताको आशाको दियालो हो । फेरी पनि तिनै सत्ताको फोहोरी खेलमा नलागी शुसासन, विकास, रोजगारी र सम्वृद्विको एजेण्डालाई एक्सनमा लैजानु पर्छ । लोकतन्त्रलाई साच्चिकै सुन्दर वनाउनु पर्छ । ०४७ अघिको र वर्तमानको सरकारी कर्मचारी, अदालत तथा नेता भनाउँदाहरूको सम्पत्ति विवरण सार्वजनिक गराई भ्रष्टाचार गरी कमाएको ठहरे जफत गर्ने प्रक्रियाको लागि सदनमा दैनिक आवाज घन्काउनै पर्नेछ। संघियता खारेजी मुख्य एजेन्डा बनाएर अघि बढोस ।

जब कुनै व्यक्ति अविद्यालाई विनाश गर्ने ज्ञानबाट प्रबुद्द हुन्छ त्यस अवस्थामा उसको त्यो ज्ञानद्वारा दिनमा सूर्यका किरणले सारा वस्तुहरु प्रकाशित भए झै हरेक वस्तु उद्घाटित हुन्छ । यो युग फेरी फर्कदैन, समय जत्तिको वलवान् अर्को केहि छ जस्तो लाग्दैन । परिवर्तन सम्भव छ र चाहिन्छ पनि । आन्दोलन र क्रान्ति भन्दा पनि मौन मत परिवर्तन नै सबैभन्दा ठुलो राजनीतिक हतियार हो र आज आएर केहि सकारात्मक लक्षण पनि देखिएको छ । 

हिजो केहि महिना अघि मात्र खुलेको दलहो रास्वपा। न त उ संग कुनै क्याडेड थियो, न त कुनै सङ्गठन नै । केवल थियो त आशा। हो सबै प्रति निराशा पाए पछि दिक्क भएका जनताले अब केहि गर्ला कि भनेर आफ्नो अभिमत दिएका हुन रास्वपालाई । केवल आशा र भरोशा अनि बिश्वास गरेर । के काँग्रेस, के एमाले, के माओवादि, के अन्य दल्, सबैका सबै सदस्यता भएका असल नागरिकहरुले समेत पार्टि भन्दा माथि देश भनेर बिश्वाशको मत दिएका छन ।

जादु गर्नै पर्दैन देश बिकाश गर्न । मात्र गर्नेले आफ्नो जिम्मेवारिको काम इमान्दार रुपमा गर्यो भने राष्ट्र आफ से आफ प्रगति पथमा जान्छ । जसका लागि खाचो छ त केवल मैत्रि कानुन अनि सो कानुनको प्रभावकारि पालनकर्ताको नियत । हो हामिले खोजेको पनि केवल यत्ति हो रास्वपाबाट । तत् तत् मुद्दामा बोल्ने, बुझिने बोल्ने, युवाहरूलाई आफ्नै पुस्ता र अनुहार देख्ने , पब्लिकले बुझ्ने कुरा गर्ने एबम् आन्दोलनको आवाज बोल्ने साम्सद रास्वपा कै छन् । 

यस अघि सम्म 'दाइ' र 'बा' को निर्देशन अनुसार चल्ने अधिकांश थपडि साम्सदहरु थिए । यो पालो धेरै युवा साम्सदहरु छन। उनिहरु आफ्नो कुरा निर्धक्क राखिरहेको सदन भित्र हामि देख्न सक्छौ । जसमा बिषयबस्तु प्रतिको गहन अध्ययन, मुद्दाहरु प्रतिको पुर्व तयारि, केवल लोक रिझ्याइका लागि अनि बजारमा बिकाउ हुने शब्द चयन यसपालिका युवा साम्सदहरुले त्यागेका छन । रा स्व पा का टिम सदस्यहरुले सदनमा यो छोटै समयमा देखाएको सकारात्मक ब्यवहारबाट पक्कै पनि बिहानिको सुरुवाति पलले शुभ दिनको सङ्केत देखाइरहेको पक्कै पाउछौ।

केहि ओपेनियन मेकर्, बुद्दिजिबि, मुलधारका भनिएका मिडिया हाउस, प्रमुख दल निकट हनुहरुले गर्दै आएको अनुमान र उम्रिनै नदिन खोज्ने तिक्डम बिच पनि यो जनताहरु माझ यस्तो विश्वासिलो दियो बनेर बलिरह्यो कि, उनिहरुको सारा प्रयत्न एकातिर हुदा जनताको आशा र सद्भाव रहेको हुदा रबिले चितवनबाट पुनर्बिजय हासिल गरे त्यो पनि ऐतिहासिक मतान्तरले ।

पहिले चरणमा २१ ओटा भाले मेवा उखेलेर मिल्काइ दिए र सो स्थानमा आफुलाइ चाहिने खालको बिरुवा रोपिदिएका छन। अब यहि ट्रेण्ड रहिरह्यो भने लाग्छ आगामि निर्वाचनमा १०० भन्दा बढि त्यस्ता फल नदिने तर जग्गा ओगटेर मात्र ठिङ्गिने भाले मेवा उखेलेर फालिने निश्चित छ । सो स्थानमा केहि फलफुलका बिरुवा रोप्न सकियो भने त्यसले कालान्तरमा पक्कै जिविकोपार्जनमा टेवा पुग्ला भन्ने आम जन बिश्वासलाई रास्वपाको टिमले जनचाहना र अहिलेको आवयकतालाइ ह्रिदयङगम गर्दै आशाको धिपधिपे दियोलाइ निभ्न दिनु हुन्न । 

जनताको आवाजलाई प्राथमिकतामा राखेर शुसासन र संगठन विस्तारमा पनि ध्यान दिइ छरितो टिम खडा गर्नु पर्दछ । हो, राम्रोलाइ राम्रो भन्नै पर्दछ। सदनमा रास्वपाका सदस्यहरुको प्रस्तुति, गहन अध्ययन, तथ्यपरक टिप्पणि र बहस पुर्व गरिने तयारि अनि प्रस्तुत हुने शैलि अन्य दलहरुको भन्दा फरक छ। भ्रष्टाचारको आरोप लाग्ना साथ घण्टा गणना गरेर उसले आफ्नो सदस्यलाई कारबाहि नै गरेर देखायो । तर यस्तो हिम्मत मैले मात्र हैन आम नेपालीहरुले सम्भवत कहिल्यै अरु कुनै दलको नेतृत्वमा हिम्मत भएको देखेको छैन । यसलाई त हालै भइरहेको नक्कली शरणार्थी काण्डमा काँग्रेस, एमाले लगायत दलले आफ्ना पार्टिका घटनामा मुछिएका नेताहरुको बचाउमा गरिरहेको तिकडमले पुष्टि नै गरिसकेको छ ।

तसर्थ आशालाग्दा र सकारात्मक बिहानिले गर्दा हामि जस्ता सचेत, स्वदेश तथा बिदेशका लाखौ लाख जनताको मन जित्दै आएको छ रास्वपाले । 

रास्वपा 'क्याडेड' बेस पार्टि होइन। यसको भोटर भनेको केवल परिवर्तन चाहने असंगठित शुभचिन्तकहरुको अभिमत हो तर यति हुदा हुदै पनि सबैभन्दा सुधार हुनु पर्ने कुरा सामाजिक संजालमा रास्वपा समर्थनहरु यदाकदा केहि उग्र प्रस्तुत भएको देखिन्छ। सो लाइ मर्यादित बनाउन सभापति रवि लामिछाने स्वयंले बेला-बेलामा समर्थकहरुलाइ सचेत गराइरहनु पर्ने देखिन्छ अन्यथा धेरै राम्रो गर्दा गर्दै पनि त्यस्ता गतिविधि नियन्त्रण बाहिर पुग्न लाग्यो भने लोकप्रियतामा आच आउन सक्छ । 

...

निर्मल घिमिरे 

जापान