नयाँ देश, नजानेको भाषा नवुझेको संस्कार अनि कडा नियमको पालक । विश्वकै विकशित देश जापान हामी जस्ता विकास उन्मुख देशका औषत व्यक्तिको लागि सपनाको देश हो ।
पछिल्ला केही वर्ष यता जापानमा नेपालीको संख्या ह्वात्तै वढेको छ । सन् २०२२ मा मात्रै जापानमा ४२ हजार नेपाली थपिएका छन् । संख्या वढ्दै जादा समस्याहरू पनी सोही अनुपातमा वढेर गएको घटनाक्रमहरुले देखाइरहेको छ ।
नयाँ पुस्ता जापान आईपुग्न नभ्याउँदै काम र पढाईलाई भन्दा वढी छिटो कमाउने अनि रोमान्स र आफ्ना असिमित रहरहरूलाई पुरा गर्न गलत वाटो तर्फ लाग्न उद्यत भएको देखिन्छ । यस्ले गर्दा जापानमा नेपालीहरुको संख्यासँगै विकृति र विसंगती सोहि उनुरूपमै वढ्दै गएको छ ।
एउटा कालो पक्ष कतिसम्म भने जापानमा नेपाली विद्यार्थी तथा युवा युवतीहरु रात्रि क्लव, डान्स वार नियमित धाउने देखी पत्याउनै नसकिने देहव्यापारसम्म सरिक भएका घटनाहरू देख्न, सुन्न थालिएको छ । यो हामी सबै नेपाली समुदायका लागी दुःखद र लज्जास्पद घटना हो ।
नियम कानुन थाह पाउँदैनन वा थाह पाएर पनि वेवास्ता गर्छन त्यो उनिहरू जानुन तर जापानको कानुनले वर्जित गरेका केही घटनाहरूमा नेपालीहरू सरिक हुन पुग्दा जापान प्रहरीको नियन्न्रण देखी अध्यागमनको हिरासतसम्म पुगेका घटनाहरु हाम्रासामु अनगिन्ति छन् । सियो नहराउने देशमा मानिस नै हराउने गरेको सुन्दै आश्चर्य लाग्ने घटना समेत बढ्दै गएको पाईन्छ ।
तपाई विशेषगरि जापानमा नयाँ हुनुहुन्छ भने यि र यस्ता घटनाहरुमा संलग्न हुँदा जुनसुकै बेलामा समस्यामा पर्नसक्नुहुन्छ, त्यसैले ध्यान दिनुहोला
१. विद्यार्थीहरुलाई रात्री वार, क्लव, मसाज सेन्टर, लब होटल जस्ता क्षेत्रमा काम गर्न वा सरिक हुन पूर्ण रूपले जापानमा निषेध गरिएको छ ।
२. व्यक्तिको अनुमती वेगर कसैको निजी स्थान वा ठाउँ अनुसार सार्वजनिक स्थानमै पनी फोटो खिच्ने वा भिडियो वनाई सामाजिक संजालमा पोष्ट्याउने टिकटक वनाउने टिकटक लाईभ वस्ने जस्ता कार्य बर्जित गरिएको छ ।
३. अनुमती वेगर जुनसुकै कम्पनीको फोटो खिच्ने, टिकटक वनाउने वा सामाजिक संजालमा भिडियो पोस्ट गर्ने जस्ता कार्य पूर्ण रूपमा निषेध गरिएको हुन्छ ।
४. सार्वजनिक पार्कमा होस सा निजी व्यक्तिगत वगैचामा पाईने फुल टिप्न, हाँगाविगाँ भाँच्न वा उखेल्न, फलहरू टिपेर खान निषेध गरिएको हुन्छ ।
५. विदेशी नागरिकको हकमा रेसिडेन्स कार्ड अर्थात जाईर्यु कार्ड साथमा बोक्नु पर्ने हुन्छ र म्याद सकिएको छ भने वा हराएमा तुरून्त नविकरण गर्नु परे हुन्छ । अन्य व्यक्तिका महत्वपूर्ण कागजातहरु बैध आधारविना बोक्नु हुँदैन, पाईंदैन ।
६. विद्यार्थी वा डिपेन्डेन्ट जुनै भिजा वाहक भए पनि जापानमा गर्न पाउने कामको समय तोकिएको हुन्छ । तोकेको समय भन्दा बढि काम गर्नुलाई जापानको कानुनलै अवधै वा गैर कानुनी मानेको छ ।
७. वर्किगं भिषामा रहेकाहरूकोहकमा भिषा स्टाटस अनुरूप काम गरेको नपाईएमा अध्यागमन विभागले जुनसुकै वेला धरपकड गर्न सक्छ र गरिरहेका घटनाहरू पनि वेला वखत समाचारहरुमा देखे सुनेका छौं ।
८. २० बर्ष मुनीका वालवालीकाहरूलाई राजिखुसी तथा सोहि उमेर समुह माथिकाहरूलाई ईच्छा विपरित कुनै पनी यौनजन्य क्रियाकलापहरु गर्नु वा गर्न बाध्य पार्नु पुर्ण रूपले गैर कानुनी, अपराधिक काम हुन्छ ।
९. भुलवस वा नियतवस कहि कसैको चोरी गरेमा वा लागत शुल्क छली गर्नुपनि जापानको कानुनले कानुन विपरित आपराधिक गतिविधि मान्दछ ।
१०. झै झगडा गर्ने तथा ग्यांग फाईट जस्ता घटनाहरूमा संलग्न हुन पूर्ण रूपमा वर्जित गरिएको छ । यस्ता घटनामा संलग्न भेटिए जापान प्रहरीले तुरून्त जुन सुकै समय पक्राउ, कारवाही तथा देश निकाला गर्नेसम्मका कारवाही गर्ने गरेको छ ।
११. निषेधित क्षेत्रमा धुम्रपान, मध्यपान गर्न वा होहल्ला र हुलहुज्जत गर्न निषेध गरिएको हुन्छ ।
१२. अन्य व्यातिको सवारी साधन विना लाईसेन्स चलाउदा वा विग्रिएका सवारी साधन मर्मत नगरी चलाउदा वा यात्री क्षमता भन्दा वढी यात्री वोकेमा, नियम बिपरित सवारी साधनको प्रयोग वा दुरुपयोग गरेमा अझ भनौं एउटा कामको लागि भनेर लिएको गाडि अन्य प्रयोजनमा प्रयोग गरेमा यातायात विभागको नियम बिपरितका घटनामा कडा कारवाहीको भागिदार बन्नुपर्ने हुन्छ ।
यि वाहेक पनि नक्कली विवाह, ठगी, भिजीट भिजामा बोलाएर शरणार्थी बस्न सघाउने, ओभर स्टे लगायत कानुन विपरित कार्यमा सरिक भईदिदा समस्याहरू मात्र वढेका छैनन, सिंगो नेपाली समुदायलाई नै जापानी समुदायले हेर्ने नजरमा फरक पाईन थालेको छ । जसमा जापानका अग्रणी भनिएका संघसंस्थाको त्यति ध्यान गएको देखिंदैन, यसमा हामी सबैको ध्यान जानु जरूरी छ ।
विश्वको सुरक्षित देश मध्येमा मानिने जापानमा सही वाटो हिड्दा समस्या आइहालेपनि कानुन र प्रशासनको हर हम्मेसा साथ र सहयोग पाउन सकिन्छ । सामान्य गल्ति वा त्रुटिमा नजान्दैमा र नवुझ्दैमा कसैलाई दण्डित गर्दैनन् बरू जापानिजहरू पटक पटक सिकाउने गर्छन । कसैले वाटो भुलेर सोधेमा वाटो मात्र देखाउँदैनन ठाउँमै पुर्याई दिएर फर्कन्छन पनि ।
अहिलेकै अवस्थामा गलत काम र क्रियाकलाप बढ्दै गएमा आगामी बर्षहरुमा अध्ययन र रोजगारीको आकर्षक गन्तव्य बनिरहेको जापान प्रवेश भावि पुस्ताका लागि असहज मात्र बन्नेछैन जापानमै रहेका नेपालीहरुमाथि हेर्ने जापान सरकार र जापानी नागरिकको व्यवहार समेत नकारात्मक नबन्ला भन्न सकिन्न । त्यसैले नेपाली राजदूतावास जापान देखि यहाँ रहेका संघसंस्था र समग्र जापानवासी नेपालीहरुले हामी नेपालीहरुकै गतिविधिहरुमा सतर्कता अपनाउँदै सजक भएर लाग्नुपर्ने देखिन्छ ।