(Japan) 26 th August | 2026 | Wednesday | 2:26:31 PM || (Nepal) 11:11:31 AM
 
 


आफ्नो अधिकारप्रति महिला आफै सचेत हुन र समाजलाई सचेत गराउन जरुरी

  POSTED ON : Wednesday, 08 March, 2023 | Views : 2308

आफ्नो अधिकारप्रति महिला आफै सचेत हुन र समाजलाई सचेत गराउन जरुरी


आजको दिन धेरै ठाऊँमा महिला दिवसका बारेमा कार्यक्रम हुने गर्दछन् । प्राय सबैजसो कार्यक्रमहरूको निचोड महिला र पुरूष दुवैमा लैंगिक समानता हुनुपर्छ भन्ने अभिप्राय हुन्छ । तर हाम्रो समाजमा प्रशासन देखि राष्ट्रपतिसम्म र विद्यालयदेखि न्यायालय सम्म महिलाहरु नेतृत्वमा पुगेता पनि ऊनीहरूलाई कहिँ कतै कुनै रूपमा तिमी महिला है भन्ने अनुभुति तपाई हामिले गराईरहेका हुन्छौं । 

आफ्नो घर परिवार, वाल बच्चा र समाजप्रतिको जिम्मेवारी पुरा गर्दै आर्थिक रूपमा सबल हुनलाई प्रयासरत सरला नाम परिवर्तन ले भन्नुभयो म र मेरो श्रीमानले एऊटै अफिसमा काम गर्छौ तर विहान घरको सबैकाम गरेर सँगै अफिस निस्केका हामी बेलुकी घर फर्किएपछि मेरो हात खाली हुँदैन । पहिलो कुरा ऊहाँले खासै सहयोग गर्न खोज्नुहुन्न । यसो सहयोग गर्न लागे घर-परिवारले जोईटिन्ग्रे भन्नुहुन्छ । अनि कसरी सहयोग पाऊनु घर अफिसको जिम्मेवारी गार्हो छ । उहाँको गुनासो थियो ।

के घर परिवारप्रतिको जिम्मेवारी महिलाको मात्रै हो ? मौखिक रूपमा हामिले त समान देख्छौ भन्ने अनि व्यवहारमा कहिले परिवर्तन ल्याऊने ?

यसैगरी ग्रामीण भेगमा घर सम्हाल्दै आफ्नो अध्ययनलाई निरन्तरता दिँदै गरेकी सितालाई हामिले सोध्यौं 'यति बिहानै जुरूक्क ऊठेर आँऊदा के तपाई सजिल्यै घरबाट निस्किन पाऊनुहुन्छ ?' ऊनले भनिन् 'बिहे भईसकेपछि माईतीबाट कलेज आएजस्तो त नहुने रहेछ' ऊनले आत्तिदै भन्निन् 'बिहे गर्दा जति पढ्छेऊ ऊतिनै पढाऊछौं, पढ्ने वातावरण मिलाईदिन्छौं भनेर बिहे गर्न तयार भए अहिले बिहानै ५ बजे कलेज बस आऊछ, तिन बजेतिर ऊठेर घर, कसेर बढार्ने, पुछ्ने, गाई भैँसीलाई कुडो बसाल्ने लगायतका इत्यादि काम सकेर बल्ल बस चढेकी ! कहिलेकाहिँ त एक गिलास चिया समेत पिऊन भ्याऊदिन ।'

एकाबिहानै यतिका गरेर कलेज आऊनु पर्ने पक्कै घर फर्किदा ऊत्तिकै काम हुन्छ होला ,अध्ययनलाई कसरी अगाडी बढाऊनुहुन्छ भनेर सोध्दा ऊनले पुर्ण आत्मविश्वासका साथ भनिन 'हेर्नु मनमा दृढ ईच्छा हुनुपर्छ जसरीपनि समय निकाली पढेर पास गर्न सकिन्छ ।' ऊनलाई नियाल्दै गर्दा यसो सोचे कति मेहनती मान्छे अनेकथरी बाधा अड्चन हुँदापनि अध्ययनप्रति यति लगाव । साँच्चिकै घरमा अध्ययन गर्ने माहोल भएको भए ऊनि पनि कुनै न कुनै नेतत्व तहमा पुग्ने थिईन् । 

हामिले मौखिक रूपमा जतिनै महिला अधिकारका कुरा गरेतापनि एऊटा महिलालाई अगाडी बढ्न अर्को महिलाले नै खुट्टा तान्ने प्रव्रदि अझै यथावत नै छ । यसो भन्दै गर्दा सबैजनालाई त्यसो भन्न मिल्दैन हाम्रै समाजमा एका दुई यस्ता महिलाहरू पनि छन् जसले एक अर्कालाई अगाडी बढ्न आफ्नो आफ्नो तवरबाट पुर्णतया साथ दिँदै आएका छन् ।

महिला दिदी-बहिनीहरूले अझैपनि अनेक थरीका हिंसा भोग्नु परेको छ । यस्तै कथाहरु खोज्दै जाने हो भने सायद लेखेर कहिल्यै सकिदैन होला । हिंसा गर्ने भन्दा हिंसा सहनु ठुलो पाप हो भनेर हामि कति सजिल्यै भन्दछौ, अनि चित्त नबुझेका दुई चार कुरा उठाउँदा सुरू हुन्छन् अनेकथरीका लाल्छन्नाहरू । 

आफ्नो घर परिवारको ईज्जत जान्छ भनेर यहाँ पढे लेखेका तथा नेतृत्व तहमा पुगेका र गार्मिण भेगमा घर-परिवार र समाजप्रतिको जिम्मेवारी निभाऊदै आएका धेरै महिलाहरू चुप बस्दछन् । यसैकारणले ऊनीहरू मानसिक रोगको समेत शिकार हुनुपरेको छ । घर परिवार र समाजको ख्याल गर्दै आफुमाथी हुने गरेका अनेक प्रकारका हिंसालाई आजैबाट प्रतिकार गर्न सिकौ ।

हामि महिलाहरू शैक्षिक, आर्थिक र सामाजिक तथा मानसिक रूपमा सशत्त नहुँदासम्म परिवार र समाजका सदस्यले विभेद गर्ने अवस्थाको अन्त्य हुँदैन । त्यसैले आफ्नो अधिकारप्रति महिला आफै सचेत हुन तथा समाजलाई सचेत गराऊन जरूरी छ । 

'११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस' अन्तर्राष्ट्रिय महिला दिवसले महिला विरूद्ध हुने सबै प्रकारका हिंसा र विभेदलाई निर्मुल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा मिलोस् हार्दिक शुभकामना ।