हिजो मेरो अगाडी जे भयो, जे देखियो त्यो सामान्य कुरा थिएन र मैले भोली तपाईहरु कसैमा पनी यस्तो समस्या नपरोस भनेर यि कुरा लेखेर सेयर गर्दैछु ।
मैले भोगेका र आफ्नै आँखाले देखेका समस्याहरु र जापानमा हप्तैपिच्छे घटी रहेका घटनासंग संबन्धीत पनि छ यो घटना । एक पटक पढेर साथीहरु सम्म सेयर गर्दिनु होला जस्ले गर्दा यस्तो घटना घट्नबाट जोगाउन र बच्न सकिन्छ ।
जति पनी विदेश (जापान)मा रहनु भएको छ वहाँहरुलाई मेरो सानो अनुरोध, हामी नेपालमा जुन शैलीमा जीवन यापन गर्दै आईरहेको थियौं, जापानमा त्यसको ठ्याक्कै उल्टो हुन जान्छ । खासगरि विद्यार्थी जीवनमा एकदमै चुनौती र कठिनाईहरु अवस्य छन । कलेज जाउ, रात भरि काम गर, सुत्ने समय, खाने समयको केही तालमेल मिल्दैन ।
जापानको हावापानी वातावरण स्वच्छ छ, रोगहरु रुघा खोकी जस्ता सामान्य रोगहरु पनी झट्टै लाग्दैन । हाम्रो शरिर हिडडुल गर्दा सामान्य अवस्थामा नै रहेको कुनै पनी समस्या देखा परेको हुदैन । तर भित्र भित्रै एकदमै कमजोर भइरहेको हुन्छ । कति बेला के हुन्छ केही भन्न सकिदैन । हो, जापानमा धेरै जना सुति रहेको अवस्थामा नै उठ्न नसकेर सुतेको सुतै भएर ज्यान गुमाइरहेका खवर हप्ता दिन नबित्दै आइरहेको छ । नेपाली युवाहरुले जापानमा ज्यान गुमाएको दुःखद घटना सुनिरहनु नौलो लाग्न छाडेको छ ।
हिजो आफै माथि, मेरै आँखा अगाडी एउटा दुर्घटना हुन गयो । जुन कुरा तपाईहरु माझ सेयर गर्यो भने तपाईहरुलाई थोरै भए पनी सचेतना मिल्न सक्छ र कसैमा पनी यस्तो हुनु पुर्व सावधानी रहनु होला भनेर पनी जानकारी गराउदैछु ।
हामी दुई साथि (विद्यार्थी भाई) र म सानो कामले नेपाली रेस्टुरेन्टमा भेटेर बसियो । मैले साथिलाई भोक लागेको छ भने खाना खानुस म खाना चै खादिन, चिया मात्र खान्छु भर्खरै खाजा खाए, तपाई खानुस भनें । उहाँले हैन खाना न खाम, बरु घरतिरै जाम आज काम पनी छैन छुट्टी छ भन्नु भयो । हामी केही बेर संगै थियौं, संगै बसि रहेको थियौ र चिया मगाएर पिउँदै थियौ ।
हामीले कुनै पनि नसा सेवन गरेको थिएनौं र म धेरै समय देखी मादक पदार्थ सेवन पनि गर्दिन । फेरी जाड खाए होला भन्ने हुन सक्छ र यो जाड रक्सी खाएको बेला यस्तो हुन गएमा झनै ठुलो दुर्धटना हुन सक्छ त्यसैले ख्याल गर्नु होला । चिया पिउँदै गर्दा पुराना साथिहरु त्यहाँ केही कार्यक्रम भएको भएर भेट पनी भयो र हामी गफ गाफमा थियौं । गाक्को नजिकै भएको भएर भाई बहिनीहरु पनी त्यी बाटो हुदै रुम आउने, बोल्ने गरि रहेका थियौं ।
त्यतीकैमा जाम रुम तिर अब भन्दा साथि मेरो छेउमै बसि रहनु भएको थियो, निदाए जस्तो लाग्यो । हामीले ए कति छिटो निदाउनु भयो है, जाम भनेर मैले घचघच्याएँ । तर उहाँको होस पुरै थिएन । १ मिनेट पनी भएको थिएन, वहाको शरिर अररो भै सकेको थियो ।
हामी सबै आत्ति सकेको थियौं । मैले एम्बुलेन्स भनें, त्यहाँ एकजना साथिले कल गर्नु भएछ । मुखबाट स्वास दिनु पर्यो भनेर मुख खोल्न खोज्दा मुख बाधी सकेको थियो आखा बंद थिए । सबैले खुट्टा हात छातीमा मलिस गर्दा गर्दै १ मिनेट जस्तोमा उहाँको होस फर्कियो । के भयो र मलाई भन्दै उठ्न खोज्दा फेरी बेहोस हुनु भयो र एम्बुलेन्स पनी आयो ।
मैले हस्पिटल लिएर गए, कतै केही रोग पत्ता लागेन । चेक जाच गर्नु पर्ने सबै जाँच गरियो । टाउकाको सिटी स्क्यान, मुटु, छाती, रगत सबै चेक गरियो तर केही पनी खराबी देखा परेन ।
छातीको एक्सले गर्न उभिदा फेरी त्यस्तै भयो । डाक्टर र मैले बोकेर फेरी सुतायौ, सुताए पछी होस आयो तर उहाँलाई के भयो थाहा थिएन । सबै रिपोर्ट ठिक थियो, केही रोग देखिएन र पहिला त्यस्तो मुर्छा पर्ने छारे रोग हरु पनी थिएन । के भयो भयो, पहिलो पल्ट भयो ।
डाक्टरले नडराउ है भन्यो र हामी केही बेर हस्पिटल मै बसेर रुम तिर फर्कियौ ।
डाक्टरको भनाई र उहाँको अवस्था हेर्दा खाना खाने सुत्ने समयको तालमेन नमिलेको, भित्र भित्रै शरिर अत्यन्तै कमजोर भएको नै हो भन्ने भयो । बाहिरबाट हेर्दा स्वस्थ, बलियो, फुर्तिलो वा हाँसिखुशी जस्तो देखिएपनि नियमित खानपान नहुँदा, शरिरलाई चाहिने आराम नपुग्दा र धेरै मानसिक तनाव र अनावश्यक कुराको मानसिक भारले भित्रभित्रै भने सरिर कमजोर भएर गलिसकेको डाक्टरको भनाईबाट बुझ्न सकिन्थ्यो ।
त्यसैले तपाईहरु कसैले पनी भोक छैन, आज त थोरै भएपनी काम बढि गरेर फर्कन्छु वा भरे भोली बिदा पनी छ, पछी बनाएर खान्छु । विस्तारै सुत्छु, नभन्नु होला । समय मै खाने र समयमै सुत्ने गर्नु होला ।
जापानमा बढ्दो क्रममा रहेको समस्या तनाब र खाने, सुत्ने तालमेल नमिल्नु डरलाग्दो रुपमा बढ्दो छ । आफ्नो समस्या साथि वा मन मिल्ने व्यक्तिहरुसँग सेयर नगर्नु, एक्लै बस्नु जस्ता कुराले हो यस्तै घटना थाहै नपाई हुनु ।
एक्लै सुतेको अवस्थामा यस्तै हुन जाँदा, साथि वा कोहि व्यक्तिको साथ नपाउादा सामान्य प्राथमिक उपचार समेत नपाएर ज्यान गुमाउने अवस्था आउनसक्छ ।
त्यसो त हामी न आफ्नो न साथीको कसैको ख्याल गर्ने समय नै पाउदैनौ तर उहाँहरु जो संगै बस्नु हुन्छ, साथिसंग एकदमै मेलमिलाप कुनै पनी तनाब नरहेको मिलेर बस्नु भएको कुरा मलाई जानकारि समेत छ ।
त्यसैले १ मिनेटको अन्तरमा एक्लै हुँदा शरिर कमजोर छ भनेर महशुस नै नहुँदा नहुँदै दुर्घटना हुन सक्छ । सबैले आफ्नो ख्याल गरौं, यस्तो समस्या जापानमा बढ्दो क्रममा रहेको छ ।
खानपिनमा ध्यान दिने कामहरु बढी नगर्ने समयमा खाने, सुत्ने गर्ने गरौ । शरिरमा कुनै पनी समस्या छ कि जस्तो महशुस हुना साथ अस्पताल जाने गरौं ।