माननिय डिपी अर्याल ज्यू
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
तथा रास्वपा उपसभापति
बिषय : संजाल मार्फत खुला पत्रः
आरम छु, आरम चाहन्छु ।
जुन समय देखि यहाँ संग परिचय भयो त्यहि पहिलो भेट नै काफि बन्यो यहासंग अहिले सम्मको सुमधुर यात्रा । हुने बिरुवाको चिल्लो पात भनेझै यहाको मेहनत, हार्दिकता, कर्म प्रतिको लगनशिलता, योजना र भिजन सबै स्थानबाट यहाँले सकारात्मक अनुभव लिन सक्षम रहनु तपाईको हृदयको बिरुवारुपी चिल्लो पात साबित गरिदियो ।
समय र परिस्थितिले यहा संग काम गर्ने अवसर मिल्न गएछ र लाग्यो त्यो परिस्थिति मेरो पनि हार्दिकता संग मेल खाने थियो र मलाई यहाको यो कर्म प्रतिको मोहले लाग्थ्यो कि अवस्य पनि यहाँको लागि ठूलै अवसर र जिम्वेवारी खोजिरहेछ । समय र परिस्थिको मागलाई कसैले छेक्न सकेन तपाईका अग्रगामि पाईलाहरु सधै अध्यारो पन्छाउँदै उज्यालोको खोजितिर निरन्तर अगाडि बड्दै गए, अनि त्यहि परिणाम स्वरुप राज्यले बिशेष भुमिका र जिम्वेवारीमा यहालाई पायो ।
लाग्छ श्रम, रोजगार र सामाजिक सुरक्षा भनेकै मानवताको माग गास, वास, कपास र सुरक्षा संग जोडिएको छ । अव नेपाली भूमिले सक्षम , अनुभवी ब्यक्तित्वलाई सहि जिम्वेवारी दिए जस्तो लाग्छ, बाकि समय यहाको ।
खोलामा गिटि कुट्ने देखि खाडि मुलुक हुदै अमेरिका सम्म रहेका श्रम र चुनौतिलाई पनि संवोधन गर्नु पर्ने छ ।
हुनत सतिले सरापेको देश भनिन्छ र केहि व्यक्तिहरु प्रगतिका खुट्टा तान्ने गर्छन् ,तर त्यो बाहानामा तपाई असफल हुन कुनै छुट, जनमत र तपाईको जिम्मेवारीले दिने छैन ।
हात्ति लम्कदै गर्छ कुकुर भुक्दै गर्छ भनेझै यहाको पाईला देश र जनताको लागि अझै लम्कनै पर्छ ।
वास्तवमा यहाको उपस्थिति र भिजन जुन जुन क्षेत्रमा मैले देखेको छु, त्यो क्षेत्र पुर्णरुपमा सफल भएको देखिन्छ । यहाले हालसम्म सम्हाल्नु भएको कुनै पनि क्षेत्रमा असफलता भन्ने नै मैले देखिन । तपाईलाई सम्पति र परिवारमा सन्तुष्टि पुर्ण रुपले पुर्व सफल कर्मबाट पाईसक्नु भएको छ । यहाले पद र सम्पतिको लोभमा असफल हुनपर्ने बाध्यता र छुट पनि यहाँको कर्मले दिदैन ।
हुन त यहाको र मेरो रानजीतिक आस्थाको बाटो फरक छ, म एमालेको शुभचिन्तक हु भने यहाँ पार्टि सभापती रवी लामिछाने जि माथि सर्वोच्चले जनअपेक्षा बिपरितको फैसला गरेपछि रास्वपाको हाल कार्यवाहक सभापति हुनुभएको छ ।
अव यहा ले यो पनि बुझ्नु पर्छ कि जति सफल र अगाडि पाहिलाहरु बडाउदै गर्यो, त्यति समाजका क्यामराहरु यहाँको पिछा गरिनै रहन्छन् । हिजोका अनुभव मात्र अवको अग्रगामी पाईलाको लागि प्रयाप्त नहुन सक्छ । त्यसैले यहाको समर्थक भन्दा फरक पक्षबाट आएका भनाई र बिषयलाई समेत सफलता र सुझावको भर्याङगको रुपमा सदुपयोग गर्नु पर्ने चुनौति रहन्छ । बाकी यहाको काम र भिजन पछि आएका कामका परिणामको आधारमा लेख्दै गरौला ।
तपाईंले सम्हाल्नुभएको मन्त्रालयको लागि केहि काम र सुझाव
क. श्रम बिमा सुरक्षा
ख. श्रम संगै पेन्सन
ग. प्रवासमा बेवारिसे अवस्थाका नेपालीको पार्थिक शरिर परिवार सम्म पुर्याउने
घ. सम्वन्धित देशको दुतावास मार्फत श्रम अनुमति नविकरण संगै लिईने शुल्कको आधा रकम जिवन बिमामा जोड्ने
ङ. मेनपावरहरुलाई ब्यवस्थित र राज्यको मातहतमा राख्ने
च. प्रणालीगत सुधार आजको आवस्यकता
...
बुद्धि राज घिमिरे
पूर्व महासचिव
एनआरएनए जापान