(Japan) 18 th March | 2025 | Tuesday | 5:51:50 AM || (Nepal) 2:36:50 AM
 
 


'जापान आउनु ठूलो कुरा होइन, ईमान्दारिता र धैर्यता सँगै संघर्ष ठूलो कुरा रहेछ'

  POSTED ON : Monday, 03 October, 2022 | Views : 3794

'जापान आउनु ठूलो कुरा होइन, ईमान्दारिता र धैर्यता सँगै संघर्ष ठूलो कुरा रहेछ'


मैले जापान आउनु अघि त्यस्तो धेरै रहर बुनेको थिइन । हिमाल भन्दा अग्ला समस्या को बारेमा त झन सुनेकै थिइन । जापान आउनु मात्र ठूलो कुरा थियो, अरुकुरामा त त्यति चासै दिइन । र त्यसरी म जापान आंए ।

मलाई लाग्छ म जस्तै नेपालमा आफ्नो भविष्य नदेखेर जापान पुग्न पाए कतै भविष्य बन्ने पो थियो कि ? भन्ने सोचेर जापानको बारेमा खासै नबुझि जापान आउने को सॅंख्या धेरै छ ।

४५ केजिको शरिर र ४६ केजिको लगेज बोकेर नजिकबाट कहिल्यै नदेखेको ठूलो हवाईजहाज चढेको पनि थाहै नपाई ६ वसन्त पार गरि सकेछ । विद्यार्थी भिजामा आएको म एअरपोर्ट झर्ने बित्तिक्कै गाक्कोउ९स्कुल० बाट सेनसेई९शिक्षक०गाडी लिएर कुरिरहेको देख्दा लाग्थ्यो म त निक्कै ठूलो मान्छे भएछु ।

आफ्नो जन्मभुमि छोडि परदेशिनुको पिडा मनमा भएतापनि यहाँको सुन्दर शहर, ठूलो घरको नॅंया सफा कोठाको बसाईले मलाई भुलाइ रहेको थियो । नेपाल हुंदा १० हजारको सामसुङ मोबाईल बोक्ने म जापान आएको केहि दिनमा हातमा १ लाख माथिको आईफोन, भन्न मन लाग्थ्यो वाओ जापान ।

चिल्ला सफा सडक छेउमा फूलेका रङ्गीचङ्गी फूल सॅंगको तस्बिर, समुन्द्रको किनार तिर पोज पोजमा खिचिएका फोटा साथमा एउटा मिठो स्टाटस फेसबुकमा, आहा जापान खुशीको सिमा नै रहेन । त्यति भएपछि नेपालमा हुने साथीभाई लाई लोभ्याउन अरु खासै केही गर्नै परेन । नेपालबाट आउॅंदा साटेर ल्याएको जापानिज येन पकेटमा, कलेज दिनको ४ घण्टा बांकी समय नयाँ नयाँ साथीसॅंगको चिनजान, घुमघाम र रमाईलो, आहा जापान । लाग्थ्यो दुनियामा अहिले म जति खुशी अरु कोही छैन । 

आफ्नो भविष्य खोज्न परदेशिएको म केहि दिन क्षणिक रमाईलो भएपनि त्यो रमाईलो धेरै दिन टिक्न सकेन । नेपालबाट केहिपनि भाषा नसिकी आएकोले गर्दा कलेजमा पढ् पढ् भन्ने दबाब सुरु भयो । नेपालबाट साटेर ल्याएको पैसा पनि सकिन लाग्यो । घर तिर फोनमा कुरा गर्दा ऋणको ब्याज बढ्न सुरु भईसक्यो अर्को महिनाबाट त पैसा पठाउॅंछस होलानी ? भन्न थालेपछि र यता भाषाको समस्याले गर्दा काम नपाउॅंदाको समस्याले बल्ल म त्यो रमाईलो बाट झल्यास्स भएर ब्यूउॅंझिए जस्तो भॅंए । सेन्पाई९सिनियर० नेपालीलाई काम लगाईदिनुन् भन्दा पहिला भाषा बनाउ अनि त्यसपछि काम पाईन्छ भनेको सुन्दा म अतालिन पुगे ।

केहि दिन अगाडी रमाइलो लाग्ने आफ्नो त्यही कोठा पनि अब त निन्द्रा नलाग्ने, छटपटी मात्र हुने, के गरौ, कसो गरौ हुने ठाउॅंको रुपमा परिणत भईसकेको थियो । मनमा जति नै पिडा भएपनि कलेज जानै पर्ने, पढ्नै पर्ने बाध्यता थियो । त्यहीक्रम चल्दाचल्दै जापान आएको एक महिना पछि एकजना दाईले कामको लागि मेनसेचु९अन्तर्वाता० मिलाइदिनुभयो ।

मेनसेचुमा सोधेको केहिबुझ्न नसकेपछि बल्ल मैले महसुस गरे कि सामान्य बोल्न सक्ने गरि पनि भाषा नसिकी जापान आउनु ठूलो भूल रहेछ । जे जसो भएपनि काम सुरु गर्न थाले । काममा गएको सुरु दिन क्यूकेई९९ब्रेकसमय० मा रमेश दाईले भाई पान खान्छौरुभनेर सोध्दा दाई मैले सुपाडी खाने गरेको छैन पानमा हालेको छ होलानी भन्दा सबैजना गलल् हांस्दै सुवास दाई ले भाई पान भनेको पाउरोटी हो भनेको अझै पनि मेरो मानसपटलमा ताजै छ । कलेजको पढाईको तनाब, कामको थकान, टाउकोमा ऋणको बोझ, भाषा नबुझ्दाको समस्या सॅंग जुझ्दा जुझ्दै जापानले त मलाई घडीको सुई सॅंगै घुमाउन र मेसिन जस्तै चल्न सिकाई सकेछ । त्यसमाथि आफू “गाई खाने देशमा गाई पुजा गर्ने देशको एक जन्मजात शाकाहारी”जतागएपनि खानेकुराको समस्या त झेल्नै पर्ने । यहि क्रमको निरन्तरता सॅंगै ४ वर्ष कलेजको पढाई सकेर वर्किङ्ग गरेको पनि २ वर्ष बितिसकेछ ।

जापानको राम्रै कम्पनिमा वर्किङ्ग, हातमा ५ वर्षको भिषा, साथमा श्रीमतीसॅंगको बसाई अझैपनि मलाई समयले खुशी खोज्न उही पुरानै रफ्तारमा दौडाइरहेको छ । कहिलेकाही सोच्छु, कोही साथी जापान आएको १ वर्षमै नेपाल फर्किए, त्यही पनि खुशी नै देख्छु ।अनि फेरि कोही साथी लाई हेर्छु मनग्य पैसा कमाएर पनि दुखी नै देख्छु ।आखिरमा खुशी भनेको त पैसाले मात्र मिल्ने नभएर खुशी त आफू आफै सॅंग हुन सिक्नुपर्ने रहेछ ।

नेपालबाट जापान आउन लाग्नु भएकाहरुलाई सामान्य भएपनि भाषा बुझ्न सक्ने भएर मात्र आउनु हुन र भर्खर जापान आउनु भएकाहरुलाई ईमान्दारिता र धैर्यताको साथ संघर्ष गर्नुहुन अनुरोध गर्दछु । नेपालमा भविष्य नदेखेर म र म जस्तै हजारौ हजार यूवा विदेशिएका छौ । तर हामीले यो बुझ्न सकेनौ कि भविष्य त खोज्दा भेटिने नभएर आफैले मिहेनत गरेर बनाउनु पर्ने रहेछ भनेर । संघर्षशिल जिन्दगी पो मज्जाको जिन्दगी त संघर्ष बिनाको जिन्दगी त के जिन्दगी। त्यसैले दुखमा आतिने र सुखमा मात्तिने नगरौं। सबैले सबैको सम्मान गरौं । सबैको जय होस ।

...

झापाली सुमन सुवेदी 

हाल टोक्यो जापान