(Japan) 18 th March | 2025 | Tuesday | 5:41:19 AM || (Nepal) 2:26:19 AM
 
 


'जापान विद्यार्थी भिषामा आउँदा मैंले भोगेका दुःख र संघर्षहरु'

Radhika Timilsena Adhikari   POSTED ON : Sunday, 25 September, 2022 | Views : 8768

'जापान विद्यार्थी भिषामा आउँदा मैंले भोगेका दुःख र संघर्षहरु'


आफ्नै देशको माटोमा रमाउन मलाई पनि रहर नभएको कहा हो र, तर देशको आर्थिक अवस्था र रोजगारिको अभावका कारण म पनि यसबाट अछुतो रहन सकिन र जापान आउन वाध्य भए ।

सन् २०१६ अक्टोबर १८ मा मनमा अनेकौं सपनाहरु बोकेर विद्यार्थी भिषामा जापान आए । जापान त आए तर मैले सोचेको जापान र भोग्नु पर्ने जापानमा आकाश र पातलको फरक रहेछ ।

यस्तो लाग्थ्यो कि म भोलि नै नेपाल फर्कन्छु तर १४ लाख ऋण मेरो थाप्लोमा थियो । त्यसैले म चाहेर पनि सपनाको देश जापानबाट नेपाल फर्कन सकिन ।

यस्तो लाग्थ्यो कि म यो शहरमा कसरि खुसि रहन सक्छु होला र १ जापान आइसकेपछि म नेपाल हुँदा जापान नआउनु भनेर जापान बस्नुहुने मेरा साथिभाईहरूले फोन कल गरेको याद आयो तर मैले भने त्यो समयमा तिमीहरूले सक्ने मैले नसक्ने भन्दै उनीहरूलाई गालि गर्न सम्म भ्याएकि थिए । त्यो उनीहरूको भोगाई अब मैले भोग्नु सिवाए अरू केहि थिएन । सबै विद्यार्थीहरूको भोगाई मेरो जस्तै हो भन्दा पनि फरक नपर्ला जस्तो मलाई लाग्छ ।

जापान आएको केहि दिन पछि स्कुलमा एकजना नेपाली दाई आएर सबैलाई फोन दिनुभयो । फोन नम्वर विना जापानमा काम नपाईने रहेछ । मलाई काम गर्नुथियो र आफू आएको ऋण तिर्नुथियो । पढाई भन्ने कुरा त पढ्दै गरौंला भन्ने लाग्थ्यो । म भन्दा पहिला आउनु भएको एक जना दिदिलाई भेटे, उहा बस्ने ठाउँ र म बस्ने ठाउँ नजिक नजिक भएको हुदा उहाले हिड सगै जाउ भन्नुभयो र हामी मिठामिठा कुरा गर्दै गयौ । र मैले दिदि मलाई काम खोज्दिनु न भने, सहजै उहाले हुन्छ भनेर एक ठाउँमा फोन गर्नु भयो र नेपालीमै कुराकानी गर्नुभयो । म फेरि अचम्ममा परे फोन दिने पनि नेपाली दाई, काम लगाईदिने पनि नेपाली, मनममै काम पाए त हुन्थ्यो भन्ने सोच राखे ।

दिदिले मलाई फोन नम्वर र काममा बोलाउने दिदिको नाम दिनुभयो ।सगसगै ट्रेन चढ्नको लागि कार्ड र मेरो नामको हान्को पनि बनाईदिनुभयो । मेरो लागि विरानो मुलुकमा उहाँ भगवान् को अर्को रूप बनेर आउनुभएको महसुस हुन्थ्यो । मेरो भाई पनि जापान मै थियो उसले पनि सकेको सहयोग गर्थ्यो ।

मैले कामको लागि पाएको नम्बरमा नयाँ फोनबाट पहिलो कल काममा बोलाउने दिदिलाई गरेकि थिए । उहाले सहजै कामको लागि हुन्छ र रातिको काम हप्तामा तीन दिन, घण्टाको १,२५० येन भन्नुभयो । म जापान आएपछि खुसि यहि दिन भएकि थिएँ । किनकि मैले काम पाएकि थिए । बेलुका १० देखि विहान ७ बजेसम्म काम १ घण्टा व्रेक टाईम त्यसको पैसा नआउने ८ घण्टा काम गर्नुपर्ने रहेछ ।

उहाले मलाई ठाउँको नाम भन्नुभयो र समय पनि दिनुभयो । म त्यो समयमा उहाले भनेको ठाउँमा नपुगे काम नपाईने भनेपछि म कोठाबाट अल्लि छिटै निस्किए । ट्रेनमा जानुपर्ने थियो । उहाले भनेको ठाउँमा त्यो ट्रेन रोकिएन किनकि म एक्सप्रेस ट्रेनमा चढेकि रहेछु । मलाई राम्ररि ट्रेनमा हिड्न आउदैन थियो । फोन गरेपछि थाहा भयो लोकलमा चढ्नु पर्ने रहेछ । मलाई जापानिज भाषा नआउने मैले बोलेको अँग्रेजी जापनिजले नबुझ्ने, कुन ट्रेनमा कसरि चढ्ने थाहा नभएपछि फेरि मैले काममा बोलाउने दिदिलाई फोन गरेर मेरो फोन एकजना जापानिजलाई दिएँ । उहाले कुरा कानि गर्नु भयो र ट्रेनमा लगेर यहा बस भनेर हातको ईसाराले भन्नुभयो । महिला र पुरूषमाथिको समान व्यवहार, कामलाई नै सबैथोक सम्झने, अनुसासन, समयको सदुपोग, नियमहरूको सहि ढंगले लागु, सहयोगि भावना भएका जापानिजहरू साच्चिकै प्रसंसा गर्न लाएक रहेछन् । जसोतसो म कामको लागि बोलाउनु भएको ठाउँमा पुगे । त्यहाबाट फेरि बस चढ्नु पर्ने रहेछ त्यसपछि १५ मिनेट जति हिड्नु पर्ने रहेछ । हामी बल्ल काम गर्ने कम्पनी सम्म पुग्यौं ।

जापानमा पहिलो दिनको काम त्यहि पनि राती, निन्द्रा एकदमै प्यारो मान्ने मान्छे म, रातीको काम गर्न पनि अघिसरेकि थिएँ । किनकि मेरो काँधमा जिम्मेवारि थियो । कम्पनीमामा धेरै नेपाली हुनुहुन्थ्यो तर सबै सहयोगी भावनाको नहुनुहुदो रहेछ । हेरेर जान्नुपर्छ भन्ने गर्नुहुन्थ्यो। पहिलो दिनमा हेरेर कहाँ जानिन्थ्यो र १ 

काम नजानेको खण्डमा हातको इसाराले भनेपनि काम सिकाउने जापानिजहरूको वानिले मलाई निकै हर्षित बनायो । सगसगै आफूले जानेको सिक्छन् र म भन्दा जान्ने हुन्छन् कि भन्ने सोच राख्ने नेपालिको बानिले कताकता दुखित पनि बनायो । यसो भनिरहदा सबै नेपालीलाई होईन है, कोहि कोहि नेपालीहरू प्रसंसा गर्न लायक पनि हुनुहुन्छ ।ब्रेक टाइम भयो, सबैले सगै खाना खाईयो र काम सकेर फेरि स्कुल जानुपर्ने थियो ।

कोठा स्कुलबाट अलिक टाढा थियो, त्यसैले स्कुल नजिकैको स्टेशन झरेर त्यहि टोइलेटमा ब्रस गर्ने मुख धुने काम सकेर पढ्नको लागि स्कुल जानुपर्ने हुन्थ्यो । स्कुल गएर पढेर कोठामा पुग्दा दिउसो १/२ बज्थ्यो।मेरो कोठामा सँगै बस्ने साथि मेरि वुहारी भाईको श्रीमती थिईन् र उनले मेरो एकदमै ख्याल गर्थिन । तर उनको र मेरो भेट खासै हुदैनथ्यो, किनकि उनको दिउसोको स्कुल थियो । उनि पढाई सकेर आउदा म सुतिराखेको हुन्थें, फेरि म काममा जादा उनि सुतेकि हुन्थिन् । कामको समय र स्कुलको समय एउटै नभएका कारण एउटै कोठामा भएपनि फोनमा कुराकानी गर्नु पर्ने हुन्थ्यो । कहिले काहिँ मात्र भेट र कुराकानी हुन्थ्यो ।

हामी दुईजना स्कुलको होस्टल बसेका थियौ । भाई अलिक टाढा आफ्नै कोठामा बस्थ्यो । कहिलेकाही भेट्नको लागि भाई आउने गर्थ्यो । विरानो मुलुकमा मेरो साहरा मेरा भाईवुहारी नै थिए । दुवै जनाले मलाई औधि माया गर्थे र केयर पनि । समय बित्दै गयो, पछि हामी तीनजना मिलेर सँगै बस्न थाल्यौं । साच्चै भन्नुपर्दा वुवाआमाको तिर्सना मेटाउने मेरा भाईवुहारी मेरो दुःखको साहरा थिए ।

जापान आउदा लागेको ऋण सबै तिरेर सकें । नेपालको ब्याचलर को सर्टिफिकेटले मलाई विद्यार्थी भिषा बाट वर्किगंमा बदल्न मन लाग्न थाल्यो तर भाषा भने राम्रो थिएन । त आँट म पुर्याउछु भन्ने भगवान् को कृपाले गर्दा नै होला धेरै मेहनत पछि जापान आएको लगभग २८ महिनामा वर्किगं भिषा गराउन सफल भए । जुन दिन मैले संसारनै जितेको महसुस गरेकि थिएँ, किनकि मैले धेरै मेहनत पछि त्यो सफलता हासिल गरेकि थिए ।

विशेष गरि मानिसहरू बैदेशिक जीवन व्यतित गर्ने क्रममा धेरैले कष्टपुर्ण जिवन पनि व्यतित गरेका छन् तर के कारणले त्यस प्रकारको जिवन बिताउन बाध्य छन् त भन्ने कुरामा भर पर्छ । हो, कतिपयले उच्च महत्वकांक्षा राखेका कारण अकालमा ज्यान पनि गुमाएका छन् तर लक्ष्य प्राप्त गर्ने क्रममा आएका विध्नवाधाहरूलाई आत्मसात् गरेर त्यसको समाधान खोजियो भने सरल जीवनयापान गर्न सकिन्छ भन्ने मेरो बुझाई छ । हामी विदेशमा विभिन्न किसिमका उदेश्यहरूको साथमा आएका छौं र त्यसलाई कसरि पुरा गर्ने भन्ने विषयमा गम्भीर भएर लाग्नु पर्छ ।

मैले जापानिज कम्पनिमा जापनिजहरूसँगै काम गर्न थालेको ४ बर्ष भन्दा बढि भयो । आजभोलि मलाई जापानिजहरू सँगै काम गर्ने बानि परिसकेको छ । किनकि उनीहरूले कामलाई नै सबैथोक मान्छन् र एकदमै मेहनत गरेर काम गर्ने गर्छन् ।

...

राधिका तिमिल्सिना अधिकारी

साइतामा, जापान