(Japan) 2 nd May | 2026 | Saturday | 7:10:58 PM || (Nepal) 3:55:58 PM
 
 


जापानका सेन्पाई (先輩) अर्थात् अग्रज

Hemanta Poudel   POSTED ON : Friday, 09 September, 2022 | Views : 3840

जापानका सेन्पाई (先輩) अर्थात् अग्रज


करिव २ वर्षको जापान प्रवेश बन्द अनी एकैपटक प्रवेश खुल्दाको परिणाम ! धेरै विद्यार्थीले एऊटा पनी काम नपाएए तनाबग्रस्त अवस्थामा रहेको ख़बर छ !

डिप्रेशनको सिकारमा गएर आत्महत्याका ख़बर नसनीएका पनी होईनन ! राम्रो बाटो अनी सही सल्लाह सुझाव दिनेको कमीले पनी यसो हुने गर्दछ !  जापानमा पहिला बाटै बसीआएका केही प्रकारका सेन्पाई (अग्रज) हरुको चर्चा गरेको छु ! 

सेन्पाई नम्बर १ ”चलो सेन्पाई “

यो किसिमको सेन्पाई  जताततै प्रसस्त पाईने गर्छ ! जतीबेला पनी तिल्ल रक्सी खाने, आँखा राता राता बनाऊने, ठुलो ठुलो स्वरमा फ़ोनमा बोलेर अरुलाई distrub गर्ने ! जानेको केही छैन तर यसरी बोल्छ की जापान नै  मेरो नियंत्रणमा चलेको छ ! टूटफ़ुटे जापानिज (カタコト日本語) बोल्ने  !

कसैले जापानिज संग फ़ोनमा बोल्न अनुरोध गरे भने साइड तीर गएर नबुझेर फ़ोन काटीदिने अनी छेऊमा आएर network नै कमजोर छ, केही बुझीएन भन्ने ! जापान आएको ५/६ वर्ष भयों प्रगती केही छैन तर गफ भने औंधी गर्ने !आए देखी नेपाल फ़र्किएको छैन , न कहिले घर आमा बुवालाई फ़ोन गर्ने !

मुस्कीलले 日本語学校 सकेर छिर्न सजीलो सेनमोन गाक्को छिरेर खोई गुनमा केनको को बंगालीलाई ६ लाख तिरेर आज बेन्तोको हाकेन स्याईन बन्न सफल भयो ! बेन्तोमा ३/४ जना भाई बहिनी हरूलाई काम त लगाईदियो तर १/२ मान को रक्सी खुवाउने सर्तमा ! बेन्तोमा नया भाईबहिनी हरूले नजानेको काम सिकाई माग्न ठुलो ठुलो स्वरमा जापानिजमा  गाली गर्छ  !

यो JLPT केही चाहीदैन बेकार हो भन्ने, बरु रिफ़्यूजी अप्लाई गर्न सल्लाह दिने ! नया भाई हरूलाइ केही राम्रो कुरा सिकाउनु त कहा छ कहाँ झन मोज मस्ती गर्ने अनी यौन कर्मीहरुसंग लैजाने ! एकबारको जीवन मोजमस्ती मात्र गर्ने हो अनी मोजमस्ती मै जीवन चल्छ भन्ने सोच राख्ने यस्ता सेंपाईलाई “चलो सेंपाई” भनीएको हो !

 

सेन्पाई नम्बर २ ”हलो सेंपाई “

यो किसीमको सेंपाईलाई कसैको मतलब हुदैन, आफ़नो काम गर्छ आफै रमाऊछ ! उसलाई कसैको मतलव रहदैन ! न सामाजिक संजालमा त्यती active नै हुन्छ ! न कसैलाइ राम्रो सल्लाह नै दिन्छ न नराम्रो सल्लाह नै दिन्छ ! न कसैसंग खुलेर नै बोल्छ ! न कुनै रमाइलो ठाऊँमा नै आउछ ! हरबखत रिजर्व लाईफ़ जिईरहन्छ !

“ जती राम्रो काम गरेनी यी भोटेहरूले हामीलाई गन्ने होईंन क्यारे “ भन्ने सोच राख्ने अनी Hello भन्दा केबल हलो को रिप्लाई दिने यो किसिमको सेंपाईलाई हलो सेंपाई भनीएको हो !

 

सेन्पाई नम्बर ३ ”भलो सेंपाई “

भलो सेंपाईले केबल सबै को भलो चाहन्छ ! उसको मनमा हरपल सकारात्मकता हुने गर्दछ ! समस्यामा परेका जो कसैलाई क्षमताले भ्याएसम्म सहयोग गरीरहन्छ !निहोंगो गाक्को देखीनै राम्रो भाषा बनाएर अघी बढ़न प्रेरणा दिन्छ ! सेनमोन गाक्को /दाईगाकु छिर्नु अगाड़ी छिर्न सजीलो गाक्को भन्दापनी वर्तमान समयमा अली स्कोभ भएको गाक्को छिर्न सल्लाह दिन्छ !

सेनमोन गाक्को/दाईगाकु को Graduation हुने बेला सम्ममा  JLPT को न्यूनतम N2 अनी ड्राइविंग लाईसेन्स निकाल्न सके राम्रो कम्पनीमा काम गर्ने अवसर पाईन्छ भन्ने सल्लाह दिन्छ ! हरपल अरुलाई सही सुझाव दिने अनी सबैको भलो चाहने भएकाले यो किसीमको सेन्पाईलाई “भलो सेन्पाई” भनीएको हो !

अतः नया प्रवेशिका भाईबहिनीहरूले कून किसिमको सेन्पाईको सुझावमा अगाड़ी बढ़ने आत्मनिर्णय गर्नुहोला ! धन्यवाद