(Japan) 27 th September | 2022 | Tuesday | 6:04:11 PM || (Nepal) 2:49:11 PM
 
 

'परदेशी जिवन अनि चाडवाडको नियास्रो' -निर्मल घिमिरे

NIRMAL GHIMIRE   POSTED ON : Monday, 08 August, 2022 | Views : 724

'परदेशी जिवन अनि चाडवाडको नियास्रो' -निर्मल घिमिरे


आमा...

घर तिर सबै जना सन्चै हुनुहुन्छ होला नि है ? कान्छी के गर्दै छे ? मैले सुने कि, अस्ती लेखिएको त्यो पत्र पढेर “छोरीले धेरै दुख पाइ” भनेर तपाइ धेरै रुनु भो रे । अस्तीको सो पत्र सन्चार माध्यममा सम्प्रेशण भएको हुँदा धेरै जनाले नआत्तीन र मनोबल उच्च बनाउन हौसला दिनु भएको छ जसबाट म आफुलाई अझ बढी स्ट्रोङ बनाउदै लगेको छु आमा ।मेरो यता चिन्ता नगर्नुस है । आमा, हजुरले मै दिनु भएको ज्ञान त हो नि “ हिम नदीबाट बहदै बहदै आएको दार्शुल ढुङ्गा अरु भन्दा कडा हुने गर्छ तसर्थ जिन्दगीमा सबै किसिमको स्ट्रगलको पनि सामाना गर्न सक्नु पर्छ छोरी “ भनेर । तसर्थ म हारेकी होईन । केहि थाकिकी मात्र थिए आमा । तर अचेल थकाइ को त्यती धेरै फील हुन दिएकी छुइन आमा । 

मैले त जिन्दगी के हो , त्यो सिक्दै छु नि। तपाइ कि छोरी अब त ठुली भइसकेकी छे नि बुढिमाउ । तपाइ दुखी कत्ती पनि नहुनुस है । तपाइको आशु मेरो कमजोरी बन्न सक्छ । 

तपाइ त मेरो प्रेरणा हो, जिवनको हौसला हो । 

राय: सबै जना म जस्तै हुनुहुन्छ यहाँ । सबै जनाले मलाई माया गर्नु हुन्छ, सर सहयोग गर्नु हुन्छ । जापानमा मैले भोगेको जस्तै समस्या भोग्ने म एक जना मात्र होईन रहेछु । प्राय जसो सबैले त्यो सङघर्सपुर्ण जिवन बिताउँदै या बिताएर आउनु भएको रहेछ । तसर्थ प्राय: चेलीहरु म जस्तै भएको हुँदा उहहरु लाई हेरेर चित्त बुझाउदै अनि आफ्नो मनोबल झन उच्च बनाउदै आएको छु आमा । प्राय: सबै जना म जस्तै हुनुहुन्छ यहाँ आमा । सबै जनाले मलाई माया गर्नु हुन्छ , सर-सहयोग गर्नु हुन्छ । 

वरपर हेरेर आफ्नो मनोबल दर्हो बनाउने गरेको छु आमा मैले  यहाँ । 

“छोरी लाई बिदेश पठाएर के नै पो लछारपाटो लाउली र फलानीले” भनेर ओठ लोपार्ने सङ्किर्ण सोच भएका हरुका अघिन्जेल तपाइकि छोरीले केहि गरेर देखाउनु छ । घरको छानो टाल्नु छ । बन्धकीमा राखिएको खेतबारी निखन्नु छ । आमाको फरिया फेराउनु छ । बहिनीको भबिस्य निर्माण गराउनु छ । हिजो हामिलाई हेप्ने आफन्त हरुको अघिन्जेल उनिहरुको मेख मारी हाम्रो परिवारको शिर उच्च बनाउन केहि गरेरै देखाउनु छ । अर्को मुख्य कुरा आफु काबिल हुनु छ । यि सबै जिम्मेवारी हरुको फेहरिस्त मनमा राखीरहेको छु आमा । 

आमा साउन अनी तीज पनि आउन लाज्ञो अरे है नेपाल तिर त । अरु बेला जती मै ब्यस्त भइए पनि यो चाडवाडमा भने घरको नियास्रोले सार्है सताउने रहेछ आमा । धेरै मिस गर्छु तपाइ हरुलाई अनि आफ्नो सम्झनाका पल हरुलाई । सार्है मन आत्तीनछ अनि एक्लो फीलिङ आउछ । घर परिवार लाई धेरै नै मिस गर्ने गर्छु । पोहोर सालको यही बेला जस्तो लाग्छ्- राजस्थानी भैयाले लिइ आउने थरीथरीका मेहेन्दी त्यसमा पनि सबै भन्दा राम्रो छानेर लगाएको, हरिया चुरा हातभरी छिनछिन.... बजाउदै हरियै बस्त्र्, ओठ भरी लपक्कै लाली लगाइ साउने ब्रत बसी बोलबम.. बोलबम...भन्दै रमाउदै साथी भाइ मिली मन्दिर गएको ।

तर यहाँ, उता झै साउन नआउने रहेछ आमा । खै कता कता यहाँका हलाल साहु हरुले भारत तिर बाट त्यस्ता सामानहरु आयात गरेका हुन्छन अरे भन्ने सामाजिक सन्जाल मार्फत सुनेकी थिए । तर एक त यहाँ नेपालमा १०० मा आउने समानको मुल्य यहाँ २ हजार पर्ने रहेछ । त्यही अनुपातमा निर्धारित हुने रहेछ यहाँको महङ्गी । तपानी इच्छा के मार्नु भनेर अनलाईन मगाऔ न त भन्दा पनि लगाउने पो कती खेर... । एक त बेफुर्सद, अर्को मुख्य समस्या हात रङ्ज्ञाएर काममा गयो भने त्यही दिन बाटै निश्कासन । त्यही डरले आमा यसपाली मनको चाहनालाई मन भित्रै दबाएर राख्ने योजना गरेको छु । यहाँ अधिकान्शको हाल म भन्दा फरक छैन सायद आमा । 

यहाँ, केहि चेलीहरुको  ‘बेन्तो’ को प्रतिकुल तापमानमा नङ्रा खियाउदै घोटिदा पट्पटी फुटेका हातहरु होस या ‘यामातो’ को गर्हौ भारी उचाल्दा चस्किएको कम्मर्, पसलमा अ्मिल्दो पोशाक लगाएर निगुरमुण्टी ङ बनी “आइस्योस र आइस्यकोमा धन्यवाद” भनेर जती गरे पनि अपजस पाउदा, अमिलो गरी कुडिरहेको मन हुँदा होस या बेड मेकिङ गर्दा दुख्ने ढाडको पिडा, या ४० डिग्रीको तातोमा “गेम्वाको” बोझिलो काम गर्दा हुने थकान नै किन नहोस , माइनस झरेको तापमानमा परेली भिजाउदै थचक्क समेत नबसि खडाको खडा ड्युटी गरिरहेका दिदी हरु देख्दा , झिसमिसे मै आखा मिच्दै सुख्खा पाउरोटी टोक्दै दगुर्दै गरेकी दिदीहरु देख्दा होस या त मध्यरातमा हाइ काड्दै टिफिन बक्स बोकी रेलमा उघिरहेकी आमै उमेर कि नेपाली दिदी बहिनी हरुलाई देख्दा म आफ्नो दुख बिर्सन्छु आमा । 

“बन्दर टोपी” लगाएर अनिदो भइ रात भरी ड्युटी गरी बिहान कोठामा आइ आफ्नै अनुहार हेर्छु अनि “प्रतिबिम्बमा आउने स्वरुपको” आखाको डिल निर परेको कालो पोतोको रिङ्गकल्, गुजुल्टिएर फुङ्गा उडेको कपाल , देख्दा नेपालमा हुँदा गरिने स्किन र हेयर केयरको याद नआउने पक्कै होईन नि तर त्यि सबै पृस्ठभुमी लाई मन बाटै तिलान्जली दिएर केवल जिम्मेवारी बोध गर्दै सङघर्शरत छु आमा । 

आमा, उता नेपाल बाट देख्ने ले त आइफोन ब्राण्डको सबै भन्दा लेटेस्ट भर्सन बोकेको देख्छन , जती नै लेटेस्ट भए पनि सधै साइलेण्ट मुड मै राख्नु पर्छ फोन । अनि नेपाल हुने साथीभाइ अनि आफन्त हरुले “खुब मोज छ है त्यसलाई” भन्छन तर उनिहरु लाई के थाह आमा-त्यो किस्ताबन्दीको फोन हो भन्ने कुरा । अनि मुश्किलले एक दिनको फुर्सद मिलाएर गरिएको घुमफिर्, रमाइलो अनि बनाएको १४ सेकेण्डको टिकटक हो त्यो भनेर । सबैले नि आमा यहाँ घुमेको र रमाइलो गरेको पल लाई मात्र समाजिक सन्जालमा पोस्ट गर्ने हो । तर त्यती मात्र होइन यहाँ को जिवन । जिवन कठिन छ आमा यहाँको तर सो को सामना गर्न सिकाउने बिशाल बिश्वबिद्यालय हो जापान ।

 खैर...आमा, 

गन्थन वढी नै पो भयो जस्तो लाज्ञो । बाबाको श्राद्द गर्ने तिथी कहिले हो ? खबर गर्नुस न है । अरु नसकेको पनि त्यो दिन निराहार त बस्न सक्छु नि । कान्छी र तपाइले साउन रमाइलो गरी मनाउनुस है अनि फोटो हरु धेरै खिचेर पठाउनु है ।

बाइ ....आमा ।  आफ्नो केयर गर्नुस है  ।