(Japan) 5 th June | 2023 | Monday | 1:19:37 AM || (Nepal) 10:04:37 PM
 
 

‘परदेशमा कोरोना महामारिमा जीवन गुजारा चलाईदिएका अभिभावक गुमाउदा एक्लो भएको महसुस’

  POSTED ON : Sunday, 10 July, 2022 | Views : 1594

‘परदेशमा कोरोना महामारिमा जीवन गुजारा चलाईदिएका अभिभावक गुमाउदा एक्लो भएको महसुस’


जापानका पूर्व प्रधानमंत्री सिन्जो आबे जापानमा मात्रै नभएर विश्वभर चिनिएका लोकप्रीय राजनीतिज्ञ हुन् । सन् १९५४ सेप्टेम्वर महिनामा जन्मिएका आबेले सन् १९७७ मा जापानको सेइकेइ बिश्वबिद्यालयबाट राजनीति शास्त्रमा स्नातक तह र बाकि अध्ययन अमेरिकाको दक्षिणी क्यालिफोर्निया बिश्वबिद्यालयमा गरेर पुन जापान फर्किएका थिए ।

जुलाइ ८ शुक्रबार बिहान पुर्व प्रधानमन्त्री आबे माथी गोलि प्रहार भयो भन्ने समाचार सुन्दा अचम्म लागेर आयो । जापान जस्तो दुनियाकै सुरक्षित देश ठानेको मैले जापानका पुर्व प्रधानमन्त्री नै असुरक्षित रहेको कुराले झनै अचम्म लाग्यो । केहि बेरमै उहाको निधनको खबर पनि आयो । एकाएक आखा रसाए जस्तो अनि मन हतासिए जस्तो भयो । परदेश मै भए पनि हामीले कोरोनाको बिसम परिस्थीतिमा उनकै पहलमा बिभिन्न किसिमका राहत पाएर जिवन सहज महसुस गरेका थियौ । आज तिनै अभिभावक गुमाउदा सन्सार नै एक्लो भएको महसुस पनि भयो ।  

राजनीतिक पारिवारिक पृष्ठभूमिबाट विश्व राजनीतिमा लम्किएका आबेको शुक्रवार जापानको खान्साई क्षेत्रको नारा शहरमा बन्धुक द्वारा हत्या भएको छ । अन्तराष्ट्रले नै सुरक्षित ठानेको देशमा पुर्व प्रधानमन्त्री माथिनै गोली चल्नुले जापानमा रहने सम्पुर्ण जापानबासिलाइ त्रास पुर्ण जिवन जिउन बाध्य बनाएको छ । 

जापानका पुर्व प्रधानमन्त्री जसले बिश्वको सुरक्षित देश जापान हो भनेर प्रमाणित गरेका थिए उनै सिन्जा आबे माथी आज गोली प्रहार भयो भन्ने सुन्दा मलाइ मात्र हैन सबैलाइ दुख नै लागेको होला । सबैलाइ सुरक्षित राख्ने उनि आफै सुरक्षित रहेनछन । 

तर यस्ता उदार मन भएका देशप्रेमी अनि जनताप्रेमी राष्ट्र सेवकको पनि दुस्मन हुदा रहेछन यिनलाइ पनि मार्न चाहादा रहेछन भन्ने सुन्दा झनै धेरै दुख मात्र लागेन अचम्म पनि लागेर आयो । जापान जस्तो देशमा आबे जस्ता राम्रा मान्छेलाइ त यस्तो भयो भने अब राम्रो भएर जिउन निक्कै गारो रहेछ । 

म जापान आए देखि कुनै बिशिष्ठ ब्यक्तिको मृत्यु या हत्या भएको थिएन पहिलो पटक पुर्व प्रधानमन्त्रीको नै हत्या भए पछि मैले नेपालको झै वातावरण हुन्छ होला भन्ने अनुमान पनि लगाएको थिए । हरेक कुरामा आन्दोलन बन्द र टायर बाल्ने सस्कार देखेर आएको मैले आफ्नै देशको जस्तो अनुमान लगाउनु कुनै अनौठो कुरा पनि थिएन । सोचेको थिए अब नेपालमा जस्तै बन्द हुन्छ होला, टायर बाल्छन होला, हत्यारालाइ सजाय दे भनेर नारा लगाएर सार्वजनिक सम्पतिमा तोडफोड गर्दै तनाव ग्रस्त वातावरण हुन्छ होला भन्ने तर भोलि पल्ट बिहान हुने बित्तिकै ति सब मेरा अनुमान बास्तबिकता बिपरित भयो । यहा नत टायर बालियो नत कुनै कार्यालय वा कम्पनि नै बन्द भए । न यातायात बन्द भए नत हत्यारालाइ फासिको सजाय दे भनेर सडक आन्दोलन नै भयो । हिजो जस्तो सामान्य जिवन थियो आज पनि उस्तै नै छ । अनि मलाइ लाग्यो आखिर देशका जनता शिक्षित र ब्यस्त भए भने फासिको सजाय दे भनेर टायर बाल्दै आन्दोलन गर्नु त नपर्ने रहेछ त ।  देशको वातावरण शान्तपुर्ण बनाउन त जनताकै ठुलो हात हुने रहेछ त ।

यो घटनाबाट हामी नेपालीले सिक्नु पर्ने धेरै कुरा रहेछन । जनता सडकमा उत्रीएर तनाव ग्रस्त वातावरण बनाउनुको सट्टा कानुस र प्रशासनलाइ उसको काम गर्न दिन सके समस्याको सावधान गर्न सरकारलाइ सजिलो हुने रहेछ । अनि अर्को कुरा कानुनले सहि ढङ्गले काम गर्ने हो भने जस्तो सुकै घटनाका अपराधि पनि तुरुन्त पत्ता लगाउन सकिने रहेछ भन्ने कुरा पनि पुर्व प्रधानमन्त्री आबेको हत्यारा आधा घण्टा बित्न नपाउदै समातिएकोबाट प्रस्ट हुन्छ ।  कास यसैगरि हाम्रा देशका बिशिष्ठ ब्यक्तिहरु मदन/आश्रित र बिरेन्द्र राज परिवारको हत्याराको पत्ता लागेको भए नेपालीको मनमा आज सम्म रहस्य भएर बस्ने थिएन होला ।


हुन त श्रीमानको हत्यारा श्रीमती आफै देशको रास्ट्रपति हुदा सम्म पत्ता नलागेको रहस्य अब पत्ता लाग्ला भनेर हामीले आस गर्नु पनि देशको राजनितिबाट निराश हुनु मात्र हो जस्तो लाग्छ । मेरो पुस्ताको लागि मदन/आश्रित अनि राज परिवार हत्या काण्ड आजिवन सहस्य नै रहने भो ।