(Japan) 10 th August | 2022 | Wednesday | 8:24:28 PM || (Nepal) 5:09:28 PM
 
 

रवि लामिछानेमा मैले ईमान्दारिताको खडेरी महशुस गरें !

Shantiman Shrestha   POSTED ON : Sunday, 26 June, 2022 | Views : 682

रवि लामिछानेमा मैले ईमान्दारिताको खडेरी महशुस गरें !


रवि लामिछानेमा मैले ईमान्दारिताको खडेरी महशुस गरें है...! जस्तो : ६२-६३ पछिको जुन कथित परिवर्तन भनिएको छ त्यो परिवर्तनको बारे प्रशस्त तथ्य बाहिरिएको छ , यो परिवर्तनको पृष्ठभूमि तयार गर्ने भारतिय सहायक पात्रहरुले नै प्रसस्त तथ्य ओकलेका छन , मुख्य पात्रले खुलस्त पार्ने कुरा भएन त्यसैले धेरै नेपालिहरुमा प्रसस्त भ्रान्ती रहनु स्वभाविक हो । 

   संघियता , धर्म निरपेक्षता र गणतन्त्र बारे तत्कालीन आन्दोलनकारी दल भित्रकै दिग्गज नेताहरुले वैदेशिक हस्तक्षेप बाट घुसाइएको भन्दैछन । यो संविधान घोषणा गर्दा लक्ष्मण घिमिरे नेपाली काँग्रेसका प्रमुख सचेतक थिए तर उनले नै संविधानमा धर्म निरपेक्षता कसरी घुस्यो आफुले पत्तो नै नपाएको बताउँदै आएका छन । गणतन्त्र घोषणा ताकाका सभामुख रहेका कुल बहादुर गुरुङ्गले पनि धर्म निरपेक्षता भन्ने चिज कहाँ बाट कतिखेर घुस्यो आफुले चाल नपाएको बताईरहेका छन । यहाँ सम्म कि त्यो बेला शिखर राजनितिक व्यक्तित्व रहेका गिरिजाले नै धर्म निरपेक्षता बारे अनभिज्ञता प्रकट गरेका छन । ओलिको निकट रहेका नेताहरु नै बेलाबेला अदृश्य दवावमा धर्म निरपेक्षता र संघियता स्विकार्न परेको बताउँदै आएका छन । 

   ६२ को आन्दोलनको सहभागी म पनि हो , त्यो आन्दोलनमा सहभागी हरेकलाई सोधपुछ गर्दा थाहा हुन्छ उक्त आन्दोलनमा धर्म निरपेक्षता र संघियता बारे कसैलाई अनुमान पनि थिएन , माग हुने त कुरै भएन । यहाँ सम्म कि तत्कालीन राजा ज्ञानेन्द्रले संसदवादी दलहरुले राखेको सम्झौताको प्रस्तावलाई बाराम्बार लत्याएर धर्म र आफ्नो नाम नै परिवर्तन गरेर देश छोडेर श्रीलंका गएका तुलसी गिरिलाई बोलाएर मन्त्रीपरिषदको मुखिया र कमल थापा जस्तो बदनाम पात्रहरुलाई जिम्मेवार मन्त्री बनाएकोमा राजा प्रती आक्रोश थियो तर गणतन्त्रकै माग चाहिँ थिएन । तर कालान्तरमा यी सब एजेन्डाहरु संविधानमा वैदेशिक शक्तिको ईसारामा जस्केला बाट घुसाइएको तथ्य धेरैको बुझाईमा आईसकेको छ , रवि जत्तिको स्थापित संचारकर्मिलाई यो सब तथ्य बारे सूचना छैन र अनाडी छन भन्ठान्नु मूर्खता हुन जान्छ। मेरो धारणा त के छ भने यी सब कथित परिवर्तनको वास्तविक पृष्ठभूमी थाहा नहुनेहरुले यी परिवर्तन लाई नेपालिहरुको आफ्नै बलबुताबाट प्राप्त महान उपलब्धिको भ्रान्ती पाल्नु त्यति गलत होईन , अपराध पनि होइन ; एउटा अन्धाले हात्तिको पेट छामेर पहाड भन्छ भने त्यो उसको गल्ती हुँदैन तर यो सब बुझेर पनि , यी तथ्यलाई ढाकछोप गर्दै आत्मसात गर्नु चाहिँ फट्याइँ र दलाली हो ; यस भित्र गम्भीर स्वार्थ लुकेको कुरा बुझ्न कठिनाई हुँदैन । 

   रवि लामिछानेले समृद्धिको कुरा गरेका छन, र संघियता प्रती आस्था पनि देखाएका छन , के यती सानो देशमा यत्रा प्रदेश बनाएर र विकास बजेट जति संघियता धान्न खर्च गरेर र त्यसले पनि नपुगेर वैदेशिक ऋण र सहयोगको भरथेगमा संघियता धानेर समृद्धी हासिल हुन्छ ? विदेशिले बोकाएको भारिले विदेशिको भलो गर्छ कि देशको भलो गर्छ ? 

     रवि लामिछाने लामो समय अमेरिका बसेर आएका हुन , त्यसैले उनले अगाडि सारेका केही बुँदाहरु अमेरिकाको कानुन व्यवस्था बाट सापटी लिएका छन । उनले धर्म निरपेक्षताको वकालत पनि गरेका छन, रवि अमेरिका बसेर यो चाल पाए कि पाएनन कि अमेरिकामा ईसाइ बाहेक अन्य धर्मावलम्बी राष्ट्रपती हुन पाउँदैनन , निर्वाचित राष्ट्रपतिले बाईबिल माथी हात राखेर सपथ खान जरुरी छ । अमेरिकामा जति कर उठछ त्यसको एउटा हिस्सा चर्चमा जान्छ । नेपालमा धर्म निरपेक्षता धार्मिक स्वतन्त्रताको लागि होईन कि मनपरी ढंगले धर्म परिवर्तन गराउन पाउने स्वतन्त्रता र ईसाइकरणको लक्ष राखेर घुसाइएको सहज अनुमान गर्न सकिन्छ । जस्तो : ओलि प्रधानमन्त्री हुँदा उनि एकपटक पशुपती गए तब त नारायण वाग्ले, ठगेन्द्र संग्रौला लगाएतका प्रायोजित बुद्धिजिविहरुको जमातले भोलिपल्टै सभा गरेर ढोल पिटन थाले : धर्म निरपेक्ष देशको प्रधानमन्त्री भएर मन्दिर जाने ? यिनको नियतले खोजेको धर्म निरपेक्ष के रहेछ भने हिन्दु परिवारको कोहि व्यक्ति प्रधानमन्त्री वा मन्त्री भएको अवस्थामा मन्दिर गएमा त्यसलाई धर्म निरपेक्षताको मर्म विपरितको काम मानियोस र मन्दिर जान  हतोत्साहित गरियोस । अमेरिकाको राष्ट्रपती चर्च जान्छन कि जाँदैनन ? भारत पनि धर्म निरपेक्ष देश हो , मोदि नियमित मन्दिर जान्छन , बंगलादेश पनि धर्म निरपेक्ष देश हो त्यहाँको प्रधानमन्त्री शेख हसिनाले मुश्लिम परम्परा मान्छन कि मान्दैनन ? ईरानका राष्ट्रपती मस्जिद जान्छन कि जाँदैनन ? यिनको नियत र सोंच कतिसम्म जहरिलो र खतरनाक छ त हँ ! नेपालमा यी बाहुनका छाउराहरु यति सम्म जहरिलो र खतरनाक कसरी भए हँ ! यिनलाई कलियुग लागेको त होईन ? मलाई ताज्जुव लाग्छ ! यिनले खोजेको के हो ? धर्म निरपेक्षता बारे यिनको नियत र उद्देश्य भनेको यहाँको रैथाने धर्म समाप्त गरेर ईसाइकरण गर्न सहजीकरण गर्न थोपरिएको एजेन्डा हो भन्ने कुरा बुझ्न गार्हो छैन र यस हेतु हजारौं Ingo हरु मार्फत पत्रकार, बुद्धिजिवी , लेखक , अधिकारवादिको भेषमा हजारौं दलालहरुको संजाल बिछाइएको छ । रविलाई यत्ती कुरा थाहा छ कि छैन होला ???? मजाले छ ... तर ???? 

     अर्को कुरा, पंचायत र राजसंस्थाले नेपालि जनताको भलो नगरेको , प्रजातान्त्रिक अधिकार खोसेको भएर नेपालिहरुको भलाइको लागि र अधिकार दिलाउनको लागि विदेशी शक्तिले पंचायत र रवि लामिछानेमा मैले ईमान्दारिताको खडेरी महशुस गरें है...। जस्तो : ६२-६३ पछिको जुन कथित परिवर्तन भनिएको छ त्यो परिवर्तनको बारे प्रशस्त तथ्य बाहिरिएको छ , यो परिवर्तनको पृष्ठभूमि तयार गर्ने भारतिय सहायक पात्रहरुले नै प्रसस्त तथ्य ओकलेका छन , मुख्य पात्रले खुलस्त पार्ने कुरा भएन त्यसैले धेरै नेपालिहरुमा प्रसस्त भ्रान्ती रहनु स्वभाविक हो। 

   संघियता , धर्म निरपेक्षता र गणतन्त्र बारे तत्कालीन आन्दोलनकारी दल भित्रकै दिग्गज नेताहरुले वैदेशिक हस्तक्षेप बाट घुसाइएको भन्दैछन । यो संविधान घोषणा गर्दा लक्ष्मण घिमिरे नेपाली काँग्रेसका प्रमुख सचेतक थिए तर उनले नै संविधानमा धर्म निरपेक्षता कसरी घुस्यो आफुले पत्तो नै नपाएको बताउँदै आएका छन । गणतन्त्र घोषणा ताकाका सभामुख रहेका कुल बहादुर गुरुङ्गले पनि धर्म निरपेक्षता भन्ने चिज कहाँ बाट कतिखेर घुस्यो आफुले चाल नपाएको बताईरहेका छन । यहाँ सम्म कि त्यो बेला शिखर राजनितिक व्यक्तित्व रहेका गिरिजाले नै धर्म निरपेक्षता बारे अनभिज्ञता प्रकट गरेका छन । ओलिको निकट रहेका नेताहरु नै बेलाबेला अदृश्य दवावमा धर्म निरपेक्षता र संघियता स्विकार्न परेको बताउँदै आएका छन । 

   ६२ को आन्दोलनको सहभागी म पनि हो , त्यो आन्दोलनमा सहभागी हरेकलाई सोधपुछ गर्दा थाहा हुन्छ उक्त आन्दोलनमा धर्म निरपेक्षता र संघियता बारे कसैलाई अनुमान पनि थिएन , माग हुने त कुरै भएन । यहाँ सम्म कि तत्कालीन राजा ज्ञानेन्द्रले संसदवादी दलहरुले राखेको सम्झौताको प्रस्तावलाई बाराम्बार लत्याएर धर्म र आफ्नो नाम नाम नै परिवर्तन गरेर देश छोडेर श्रीलंका गएका तुलसी गिरिलाई मन्त्रीपरिषदको मुखिया र कमल थापा जस्तो बदनाम पात्रहरुलाई जिम्मेवार मन्त्री बनाएकोमा राजा प्रती आक्रोश थियो तर गणतन्त्रकै माग चाहिँ थिएन । तर कालान्तरमा यी सब एजेन्डाहरु संविधानमा वैदेशिक शक्तिको ईसारामा जस्केला बाट घुसाइएको तथ्य धेरैको बुझाईमा आईसकेको छ , रवि जत्तिको स्थापित संचारकर्मिलाई यो सब तथ्य बारे सूचना छैन र अनाडी छन भन्ठान्नु मूर्खता हुन जान्छ। मेरो धारणा त के छ भने यी सब कथित परिवर्तनको वास्तविक पृष्ठभूमी थाहा नहुनेहरुले यी परिवर्तन लाई नेपालिहरुको आफ्नै बलबुताबाट प्राप्त महान उपलब्धिको भ्रान्ती पाल्नु त्यति गलत होईन , अपराध पनि होइन ; एउटा अन्धाले हात्तिको पेट छामेर पहाड भन्छ भने त्यो उसको गल्ती हुँदैन तर यो सब बुझेर पनि , यी तथ्यलाई ढाकछोप गर्दै आत्मसात गर्नु चाहिँ फट्याइँ र दलाली हो ; यस भित्र गम्भीर स्वार्थ लुकेको कुरा बुझ्न कठिनाई हुँदैन । 

   रवि लामिछानेले समृद्धिको कुरा गरेका छन, र संघियता प्रती आस्था पनि देखाएका छन , के यती सानो देशमा यत्रा प्रदेश बनाएर र विकास बजेट जति संघियता धान्न खर्च गरेर र त्यसले पनि नपुगेर वैदेशिक ऋण र सहयोगको भरथेगमा संघियता धानेर समृद्धी हासिल हुन्छ ? विदेशिले बोकाएको भारिले विदेशिको भलो गर्छ कि देशको भलो गर्छ ? 

     रवि लामिछाने अमेरिका बसेर आएका हुन , त्यसैले उनले अगाडि सारेका केही बुँदाहरु अमेरिकाको कानुन व्यवस्था बाट सापटी लिएका छन । उनले धर्म निरपेक्षताको वकालत पनि गरेका छन, रवि अमेरिका बसेर यो चाल पाए कि पाएनन कि अमेरिकामा ईसाइ बाहेक अरु राष्ट्रपती हुन पाउँदैनन , बाईबिल माथी हात राखेर सपथ खान जरुरी छ । अमेरिकामा जति कर उठछ त्यसको एउटा हिस्सा चर्चमा जान्छ । नेपालमा धर्म निरपेक्षता धार्मिक स्वतन्त्रताको लागि होईन कि धर्म परिवर्तन स्वतन्त्रता र ईसाइकरणको लक्ष राखेर घुसाइएको सहज अनुमान गर्न सकिन्छ । जस्तो : ओलि प्रधानमन्त्री हुँदा उनि एकपटक पशुपती गए तब त नारायण वाग्ले, ठगेन्द्र संग्रौला लगाएतका प्रायोजित बुद्धिजिविहरुको जमातले भोलिपल्टै सभा गरेर ढोल पिटन थाले : धर्म निरपेक्ष देशको प्रधानमन्त्री भएर मन्दिर जाने ? यिनको नियतले खोजेको धर्म निरपेक्ष के रहेछ भने हिन्दु परिवारको कोहि व्यक्ति प्रधानमन्त्री वा मन्त्री मन्दिर गएमा त्यसलाई धर्म निरपेक्षताको मर्म विपरितको काम मानियोस र मन्दिर जान  हतोत्साहित गरियोस । अमेरिकाको राष्ट्रपती चर्च जान्छन कि जाँदैनन ? भारत पनि धर्म निरपेक्ष देश हो , मोदि नियमित मन्दिर जान्छन , बंगलादेश पनि धर्म निरपेक्ष देश हो त्यहाँको प्रधानमन्त्री शेख हसिनाले मुश्लिम परम्परा मान्छन कि मान्दैनन ? ईरानका राष्ट्रपती मस्जिद जान्छन कि जाँदैनन ? यिनको नियत र सोंच कतिसम्म जहरिलो र खतरनाक छ त हँ ! नेपालमा यी बाहुनका छाउराहरु यति सम्म जहरिलो र खतरनाक कसरी भए हँ ! यिनलाई कलियुग लागेको त होईन ? मलाई ताज्जुव लाग्छ ! यिनले खोजेको के हो ? धर्म निरपेक्षता बारे यिनको नियत र उद्देश्य भनेको यहाँको रैथाने धर्म समाप्त गरेर ईसाइकरण गर्न सहजीकरण गर्न थोपरिएको एजेन्डा हो भन्ने कुरा बुझ्न गार्हो छैन र यस हेतु हजारौं Ingo हरु मार्फत पत्रकार, बुद्धिजिवी , लेखक , अधिकारवादिको भेषमा हजारौं दलालहरुको संजाल बिछाइएको छ । रविलाई यत्ती कुरा थाहा छ कि छैन होला ???? मजाले छ ... तर ???? 

     अर्को कुरा, पंचायत र राजसंस्थाले नेपालि जनताको भलो नगरेको , प्रजातान्त्रिक अधिकार खोसेको भएर नेपालिहरुको भलाइको लागि र अधिकार दिलाउनको लागि विदेशी शक्तिले पंचायत र राजसंस्था फाल्न विभिन्न आन्दोलनमा सहयोग गरेको भ्रान्ती धेरैलाई थियो मलाई पनि थियो , तर खासमा चुरो कुरो पंचायत र राजसंस्था तिनको स्वार्थमा बाधा भएकोले आन्दोलनलाई सहयोग गरेका रहेछन । यसको अर्थ यो होईन कि दरबार बाट जनताको अधिकारमा अंकुश लागेको थिएन , तर यहि कारणले तिनले आन्दोलनलाई सघाएको चाहिँ होइन, बहाना नेपाली नागरिकको प्रजातान्त्रीक हक लाई बनाईयो तर नियत र कारण अर्थोक थियो ।  पंचायतकालमै खुल्लमखुल्ला ईसाइकरण गर्न दरबारलाई दर्जनौंपटक दबाब आएको रहेछ , दरबारले पनि शक्तिकेन्द्रलाई धेरै नचिढाउने र विदेशी सँग सन्तुलन मिलाउने नाममा प्रशस्त छुट दिएका रहेछन , यहाँ सम्म कि पशुपतिनाथ गुठिको जग्गामा चर्च बनाउन दिइएछ जुन अहिले कालोपुल नजिक छ । तर तिनलाई नांगो छुट चाहिएको थियो , जसको परिणाम हो अहिलेको संघियता , धर्म निरपेक्षता र गणतन्त्र ।

   एउटा कुरा : भ्रष्टाचारको बिरोध त ठगेन्द्र संग्रौला , नारायण वाग्ले , सिके राउत , सिकेलाल ले पनि त गर्छन ! भ्रष्टाचारको बिरोध कसले गर्दैन ??? आज सम्म कसैले भ्रष्टाचार खुल्लमखुल्ला हुनुपर्छ भनेर माग गरेको उदाहरण छ ? भ्रष्ट्राचार हुनुपर्छ भन्ने कुनै दल छ ? भने पछि रवि लामिछाने कुन अर्थमा भिन्न भए ? 

     नेपालको परिवेशमा निकै तितो सत्य , नेपालको आन्तरिक स्थिती गहिराईमा बुझ्ने सबैलाई थाहा भएको तर सार्वजनिक नभएको एउटा तथ्य राख्छु जुन कि पत्यार गर्न मुश्किल हुन्छ तर अकाट्य तथ्य हो । चुरो कुरो के छ भने नेपालको प्रधानमन्त्री , सभामुख , अख्तियार प्रमुख , प्रधान न्यायाधिस , प्रहरी प्रमुख लगायतका संवैधानिक पदहरु अमेरिका , युरोपेली युनियन , चीन , भारत लगाएतका शक्तिराष्ट्रले भागबन्डा गरेर लिन्छन , तिनले आफ्नो कोटाको पद सोझै नियुक्त गर्दैनन ; हल्लुडहरुको जमातमा राजनेता , जननेता , क्रान्तिनायक भई टोपलिएका यहाँका खेतलाहरु मार्फत नियुक्त गर्छन । जब ती शक्ति राष्ट्रहरु बिच लेनदेनको स्वार्थमा गडबडी हुन्छ तब यहाँ पनि गडबडी हुन्छ , महाभियोगको खेल चल्न थाल्छ । यहाँ खेतलाहरु ईसारा अनुसार ङ्यारङ्यार र ङ्गुरङुर गर्दै भिडछन , यहि तालसुरमा झोलेहरु विभाजित भएर लडछन तर खास लडाई अर्कैको हुन्छ । 

     धेरैलाई ख्याल छैन , भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि नेपाल मामिला बारे चुईक्क बोल्दैनन र नेपाल सम्बन्ध बारे नेपालको नेतृत्व सँग कुनै सरोकार राख्दैनन । उनले नेपाल बारे कुनै कुरा राख्न पर्यो भने र कुनै निर्णय गर्न पर्यो भने अमेरिका र चीन समक्ष सम्पर्क गरेर राख्छन किनकी मोदिले यहाँ राजनेता भई टोपलिएका तोर्पेहरुको खास हैसियत चाल पाएका छन । 

     यी तथ्यहरु रवि लामिछानेलाई थाहा छ कि छैन होला अनुमान गर्नोस , र ढुक्क हुनोस उनलाई पुरै जानकारी छ तर बोल्दैनन । मेरो कुनै व्यक्तिगत स्वार्थ छैन र इमान्दारितापूर्वक उल्लेख गर्दिएँ तर रवि जि ले सक्दैनन । 

   रविले भ्रष्टाचार नियन्त्रण र बेथितिको अन्त्य गर्ने उदघोष गरेका छन र धेरैले भरोसा पनि गरेका छन तर यहाँको खेतला प्रयोग गरेर विदेशिको कोटामा नियुक्त हुने अख्तियार प्रमुख , प्रधान न्यायाधीश , न्यायाधिस , प्रहरी प्रमुखको भरथेगमा भ्रष्टाचार र बेथितिको अन्त्य होला ? विदेशिको कृपा बाट नियुक्त पात्र देश र जनता प्रती इमान्दार हुन्छन? 

   अब रविले विदेशिहरुले आफ्नो स्वार्थ साँध्न भिराइदिएको भारीलाई अपनत्व गर्दै , त्यसलाई देशले प्राप्त गरेको उपलब्धिको रुपमा व्याख्या गरेर आत्मसात गर्दै देशको कायापलट गर्ने कुरा गर्दैछन , यो भन्दा ठूलो जोक अरु के होला ? एउटा छट्टुले उखान र जोक हानेरै राजनितिमा चम्किए भनेर सबैजना यहि खेलोमा पल्किन त भएन नि ! 

    रोगको निदान गर्न रोगको मुल जरो ठम्याउन अति जरुरी हुन्छ नत्र गलत उपचार भएर थप हानी हुन्छ , रविले समृद्धी र बेथिती अन्यको कुरा त राखेका छन तर निकै सतहमा राखेका छन जसको कि मूल जरो सँग कुनै सम्बन्ध छैन । 

    कस्तुरिले आफैं बाट प्रवाहित भएको बास्ना खोज्दै हिंडछ , उसलाई उक्त बासना आफै भित्र रहेको भेउ हुँदैन , सर्प को विष झार्न त्यही विषको प्रयोग हुन्छ , Cord Blood को बारे प्राय नेपालिहरु जानकार र जागरुक छैनन तर विकसित देशहरुमा निकै प्रचलन हुन थालेछ र प्रसस्त Cord Blood Bank हरु छन । बच्चा जन्मे लगत्तै बच्चाको नाभि काट्दा नाभिमा रगत हुन्छ , त्यो रगत Cord blood Bank मा सुरक्षित राखिन्छ , त्यो बच्चा बढेर वयस्क वा वृद्ध भए पछि शरिरमा रक्त वा अन्य प्रकारको गम्भीर स्वास्थ्य समस्या आएमा यहि cord blood को Stem Cell मार्फत उपचार गरिन्छ । निश्चय नै यो देशमा गम्भीर समस्याहरु छन यो समस्याको सामाधानको शूत्र यहिं छ , यहाँको समस्या आफ्नै खालको छ , अमेरिकाको नीति नक्कल गरेर सामाधान हुँदैन । आज सम्म यहि मूर्खता दोहोरिरह्यो , समस्या यहाँ छ , यहाँको आफ्नै खाले छ तर खैरेहरुको नक्कल गरेर सामाधान खोजिन्छ । आफ्नो भूमी , सभ्यता , संस्कृती र सामाजिक मनोविज्ञानको विशेषता नबुझी मार्क्सवाद वा अन्य विदेशी वादको सिद्धान्त छादेर समस्याको हल खोजिन्छ । ६ दशक यताका शाषकहरुले यहि मूर्खता दोहोर्याइरहे र रविले यसैको निरन्तरता दिंदैछन, जानेर हो वा नजानेर हो उनी आफैं जानुन । 

     लिच्छविकालमा हामी एशियामै समृद्ध थियौं , भारत वर्षको आर्थिक र सामरिक हिसावले निकै शक्तिशाली राष्ट्र हो यो । मल्लकालमा पनि हामी समृद्ध थियौं , तिब्बतको मुद्रा हामिले बनाउँथ्यौं । जंङ्ग बहादुरको समय सम्म आईपुग्दा सम्म पनि हामिले बेलायत र चीन लाई चुनौती दिएकै हौं .. आज यो हालत कसरी भयो ??? लिच्छविकाल र मल्ल कालमा हामी समृद्ध हुनुको खास कारणहरु गहिराईमा केलाउँदै जाँदा सामाधानको शूत्रहरु भेटिन्छ , अमेरिका - युरोप तिर खोज्ने मूर्खता गर्न पर्दैन । ताज्जुबलाग्दो र उदेकलाग्दो कुरा के छ भने जुन कारण र आधारले हामी लिच्छविकाल र मल्लकालमा समृद्ध भएका थियौं ती आधारहरुलाई हामी क्रमश एक एक गरि भत्काउँदैछौं , अर्को अचम्म : यसलाई अग्रगमन र प्रगतिशिलको रुपमा व्याख्या गरिन्छ । 

     लिच्छविकाल र मल्लकाल सम्म हामी समृद्ध हुनुको कारणहरु पहिल्याउँदै जाँदा लामो विवरण हुन्छ र यो लेख धेरै लामो हुन जान्छ, केबल एउटा पक्ष उल्लेख गरौं । त्यो बेला सम्म हाम्रो सभ्यता र समाज केही नैतिक आदर्श बाट निर्देशीत थियो, हाम्रो शरिरको प्रत्यक कण-कणमा यी नैतिक मूल्य र मान्यता प्रवाहित थियो , ती मध्यको एक हो : 

"राजस्व , शिवश्व र व्रम्हश्व चोरेर खानु गम्भिर अपराध हो"

   अब यसलाई गहिरिएर बिचारौं । आज जनताले तिरेको कर र ६० लाख युवाले पठाएको रेमिटेन्स चप्काउन लाखौं हुँडारहरुको हानथाप छ , राजनितिमा देखिने अस्वस्थ प्रतिस्पर्धालाई ठगहरुले सिद्धान्त र आदर्शको लेपन लगाए पनि खासमा यहि कर र रेमिटेन्स माथिको लुछाचुँडी हो । मन्दिर र सम्पदाहरुको जमिन लुटपुट्याउन , भगवानको नाममा चढाईएको सम्पत्ती हात पार्न लुछाचुँडी हुन्छ । उपत्यकामा मात्र विभिन्न सम्पदाहरुको ४० हजार रोपनी भन्दा बढी जग्गा गायब छ । सम्पदाको जमिन चप्काएर न्यूयोर्कमा घर बनाएर ठाँटका साथ बस्ने ठगहरु सयौं रहेछन । मार्क्स र लेनिनको सिद्धान्त र आदर्श मिल्काएर ,  विदेशी वाद र दर्शन लात हानेर यत्ती एउटा नैतिक मूल्य आत्मसात गरेर हेरौं त के परिणाम आउँछ ! जनताले तिरेको कर र युवाले पठाएको रेमिटेन्समा गिद्धले झैं हानालुछ गर्यो , सम्पदा र मन्दिरको जग्गा माफियालाई पोसेर पैसा कुम्लायो अनि पैसा जति हुन्डी मार्फत विदेश थुपार्यो , अनि मार्क्स , लेनिन , साम्यवाद , जनवाद , समाजवाद , क्रान्ती , अग्रगमनको गफ छादेर दुनियाँलाई बेबकुफ बनाएर ठग्दै डुल्यो । मल्लकाल सम्म हाम्रो सभ्यता , संस्कृति र समाजमा स्थापित नैतिक  मूल्य र मान्यता के के थिए सबै केलाएर ती सबलाई पालना गरौं त ! तर यिनलाई यी सब नैतिक मूल्य र मान्यता रुढिवाद र अन्धविश्वास लाग्छ , अग्रगामी क्रान्तिकारी हुन नि त भुस्याहाहरु ! 

     विद्यमान राजनितिक दलहरुको भ्रष्ट्र  गतिविधि र लूटको धन्धाले चरम निराश भएका लाखौं नागरिकहरु रवि लामिछाने बाट आश गरेको देखियो। मलाई लाग्छ : बर्तमानका काँग्रेस , एमाले , माओवादी , राप्रपा , मधेसवादी सबै अयोग्य साबित भएका छन जसको विकल्प खोज्नु जरुरी छ तर खोलामा माछा नपाएको झोंक र आतुरिमा भ्यागुतो खाने मुर्खता पनि गर्न हुँदैन । यो देशको समृद्धिको आधार यो देश भित्रै खोजिनुपर्छ र छ , वाह्य सिद्धान्त र मोडेल नक्कल गरेर यहाँको समस्या सामाधान गर्न दुस्साहस गर्नु मूर्खता हुन्छ , किनकी तिनको र हाम्रो समस्या , समाज , सामाजिक व्यवस्था , भूगोल र मनोविज्ञान विलकुल फरक छ । रविले पुरानै दलहरुको शैलि र मोडलमा सामाधानको उपाए सुझाएका छन जसमा कुनै नविनता छैन । रविले यो देशको विशेषता , नैतीक मूल्यको आधार र सभ्यताको विरासत बुझ्ने कोसिस गरेको देखिएन जसले दिने भनेको पुरानै परिणाम हो ।