(Japan) 3 rd July | 2022 | Sunday | 5:04:54 AM || (Nepal) 1:49:54 AM
 
 

पेट्रोलियम पदार्थको बैकल्पिक प्रयोगलाइ महत्व दिने कि !

प्रहार जैशी   POSTED ON : Friday, 24 June, 2022 | Views : 254

पेट्रोलियम पदार्थको बैकल्पिक प्रयोगलाइ महत्व दिने कि !


बिश्वको बिभिन्न मुलुकको बढदै गरेको महंगी र मुल्य बृद्धिको असर हाम्रो देश नेपालमा पनि प्रत्यक्ष रुपमा देखा परिरहेको छ । हुन त मुल्यबृद्धिलाइ पछाडि अर्थात हाम्रा हजुरबुवाका पुस्ता देखि हेर्दै ल्याउने हो भने तेतिबेलैबाट मुल्यबृद्धि भैरहेको छ ।

समयको अन्तराल सङ्गै जनसङ्ख्यामा भएको बृद्धि र बिलासि जिवनयापनले गर्दा पनि महङ्गिमा असर परिरहेको छ । उहिले हजुरबाको पालामा मोहर गन्थे डालामा भन्ने त उखान नै छ । त्यो समयमा एक रुपैयाले बिहे पुजा आजा हुन्थ्यो रे तर आज समयको परिवर्तन सङ्गै ति सबै किमदन्ति जस्ता लाग्न थालेका छन ।

हाम्रै बढदो आवश्यकता र बिलासिताको जिवनशैली नै महङ्गिको प्रमुख कारक पनि हुन सक्छ । महङ्गि बढयो भनेर हामीले नाराबाजी गरेर वा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएर समाधानको बाटो निस्कदैन । 

पछिल्लो समयमा नेपालमा पेट्रोलियम पदार्थको मुल्य निक्कै बढेको छ तर मुल्य नेपालमा मात्र हैन अन्तराष्ट्रीय बजारमै बढेको छ । अब जनताले पेट्रोलियम पदार्थको प्रयोग कम गर्नु पर्छ भन्दा पनि सरकारले अन्य उर्जाको प्रयोगलाइ सहज गरेर जनताको पेट्रोलियम पदार्थको प्रयोगको आदत घटाउन प्रेरित गर्नु पर्छ जस्तो लाग्छ ।

जलस्रोतको धनि देश भनेर चिनिले देश नेपालले बिधुतिय प्रयोगलाइ हौसला दिनु पर्छ जसको लागि बिधुत महसुलमा छुट, बिधुतिय सवारी साधनमा लगाइएको भन्सारमा छुट, इण्डक्सन चुल्हो प्रयोग गर्न अनुरोध जस्ता बिभिन्न उपायहरु गर्न सके पेट्रोलियम पदार्थको प्रयोग आफै घटछ जस्तो लाग्छ । 

नेपालमा पेट्रोलियम पदार्थको प्रयोग अत्याधिक रुपमा सवारी साधनमै खपत भएको देखिन्छ । सरकारले छिमेकि राष्ट्र भारतमा पाउने मुल्यमा नेपालमा पनि बिधुतिय सवारीसाधन उपलब्ध गराउन सक्ने हो भने पेट्रोलियम पदार्थको प्रयोग ह्वात्तै घटन सक्छ । 

सडकमा टायर बालेर र अनसन बसेर समस्याको सवाधान निस्कदैन । अनि लाखौको सवारी साधन चडेर तेलको मुल्य बढयो भनेर आन्दोलनमा उत्रीदा सुहाउछ जस्तो पनि लाग्दैन । 

देशमा लता कपडाको मुल्य बृद्धि भएको छ, दबाइ र अस्पतालको मुल्यमा बृद्धि भएको छ, खाने सरसामान सबैको मुल्य बृद्धि भएको छ, 

 बिध्यार्थीको स्कुलको शुल्क महङ्गिएको छ गरगहना लगायत सम्पुर्ण कुराको मुल्य बृद्धि भएको छ तर यि सबै कुरामा कसैको ध्यान गएको देखिदैन । यसले सर्वसाधारण जनतामा कति सास्ती भैरहेको छ भन्ने कुरा कसले बुझेको छ ।

एउटा कर्मचारी जसको हरेक बर्ष तलब बढेको छ तर एउटा साधारण मान्छे जो मजदुरी गरिरहेको छ उसको तलब बढेको छैन तर कर्मचारीको तलब बढे सङ्गै बजार भाउ बढेको मुल्य तिर्न बिवस छ त्यो मजदुर । जो कर्मचारी हो उसको त महङ्गि बढे पनि मेरो तलब बढेको छ भनेर चित्त बुझाउदैछ तर जो कर्मचारी हैन उसको त तलब पनि बढेन र महङ्गि पनि बढ्यो यस्तो अवस्थामा समानुपातिक ब्यावस्था आवश्यक छ कि छैन त ? 

आज सम्म सर्वसाधारणको समस्याको लागि कसैले आन्दोलन गरेको वा आवाज उठाएको पाइदैन । अब समस्याको सावधान तर्फ दवाब दिन जरुरि छ । केवल पेट्रोलियम पदार्थको मात्र हैन अन्य हरेक कुराको मुल्य बृद्धि भएको छ जुन असमान्य कुरो हैन सन्सारमा सबै तिर भएकै छ मुल्य बढ्यो भनेर आन्दोलन हैन अब यसको बिकल्प खोज्नु जरुरी छ । 

नेपालमा बिधुत उत्पादनको प्रसस्त सम्भावना छ र भैरहेको पनि छ । नेपालमा उत्पादन भएको बिधुत भारत सम्म बिक्री गर्ने गरिएको पनि छ । अब देशमा उत्पादन भएको बिधुत देशकै जनतालाइ प्रयोग गर्न हौसाउने र अझै हाइड्रो पावरको बिकाश गर्न तर्फ देशले ध्यान दिन जरुरी छ ।

देशले देशको मात्र आम्दानी हेरेर अब हुदैन जनताको जिवन स्तर उकास्न तिर ध्यान दिएर बिधुतिय सवारी साधनमा लगाइएको भन्सार छुट गरि पेट्रोल तथा डिजल गाडि प्रयोग गर्नेलाइ बिधुतिय सवारी साधन तर्फ आकर्षित गराउन सक्नु पर्छ ।