(Japan) 11 th June | 2026 | Thursday | 3:24:54 AM || (Nepal) 12:09:54 AM
 
 

नेपालको अदालती बागडोर शर्माको जिम्मामा, प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन

  POSTED ON : Wednesday, 20 May, 2026 | Views : 350

नेपालको अदालती बागडोर शर्माको जिम्मामा, प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन


काठमाडौं, नेपाल ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा.मनोज शर्मालाई सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।


मंगलबार बसेको बसेको संसदीय सुनवाइ समितिको बैठकले अब नेपालको अदालतको बागडोर शर्मालाई सुम्पनेगरिउनको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।


समितिको बैठकमा सभापति बोधनारायण श्रेष्ठले प्रधानन्यायाधीशमा शर्माको नाम सर्वसम्मतिले अनुमोदन भएको घोषणा गरे ।


त्यसअघि समितिले शर्माको नाममा परेका केही उजुरीहरुमाथि सुनुवाइ गरेको थियो ।  समितिमा परेका उजुरीहरु कुनैपनि तथ्य र प्रमाणमा आधारित रहेको नपाएसँगै समितिले अनुमोदन गरेको हो । शर्मालाई भोली नै राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त गर्नेगरि तयारी भइरहेको छ ।