काठमाडौं, नेपाल ।
श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मंगलबार काठमाडौंको कपनबाट विश्वक्रान्ति, देवराज भनिने लामालाई पक्राउ गरेको हो।
लामा बबरमहल बम विस्फोटका मुख्य नाइके हुन् । १५ फागुन २०६८ मा बबरमहलस्थित नेपाल आयल निगमको गेटमा भएको विस्फोटमा तीनजनाको ज्यान गएको थियो। सो मुद्दामा सजाय भुक्तान गरी उनी २०७६ सालको प्रजातन्त्र दिवसमा छुटेका थिए।
छुटेपछि पनि फेरि उनीविरुद्ध पाँचथरमा मुद्दा दर्ता भएको थियो। जुन मुद्दामा उनी फरार देखिएपछि सिआइबीले पक्राउ गरेको हो।
उनी धरानका मेयर हर्क साम्पाङले हालै गठन गरेको श्रम संस्कृति पार्टीमा उपाध्यक्ष बनेका थिए। उनी धनकुटाको पार्खिवास–९ का स्थायी बासिन्दा हुन्।