काठमाडौं, नेपाल ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री परिषद विस्तार गर्नुभएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त चार मन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
थपिएका नयाँ मन्त्रीहरुमा राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ, माधव चौलागाईं र कुमार इङ्नामलाई मन्त्री नियुक्त गरेका हुन्।
भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, चौलागाईंलाई वन तथा वातावरण र इङ्नामलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।