टोकियो, जापान ।
अन्यायपूर्वक आईजिपी बढुवाबाट बञ्चित गरिएका नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन्। शुक्रबार रास्वपाको केन्द्रीय कार्यालयमा करिव १ सय जना अन्य व्यक्तिहरु सहित एक कार्यक्रमका बिच उनी प्रवेश गरेका हुन् ।
कार्यक्रममा उनले रास्वपाका सभापति रवि लामिछाने अदम्य साहस भएको व्यक्ति भएको र अब रास्वपाले मात्र देशमा सुशासन ल्याउन सक्ने बताए ।
आइजिपी नियुक्तिमा अन्याय भएको भन्दै पोखरेल प्रहरीको एआइजी पदबाट तीन वर्षअघि राजीनामा दिएका स्वच्छ छविका प्रहरी अधिकृत हुन् । उनलाई पार्टीमा केन्द्रीय अनुसन्धान आयोगमा बरिष्ठ सल्लाहकारको जिम्मेवारी दिइएको रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।