(Japan) 15 th December | 2025 | Monday | 11:18:40 AM || (Nepal) 8:03:40 AM
 
 


होटलमा लुकेर मुख्य मन्त्री बनाएर सपथ ग्रहण गराएकी मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त

  POSTED ON : Tuesday, 11 November, 2025 | Views : 422

होटलमा लुकेर मुख्य मन्त्री बनाएर सपथ ग्रहण गराएकी मधेश प्रदेश प्रमुख भण्डारी बर्खास्त


काठमाडौं, नेपाल ।

सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।


भण्डारीलाई बर्खास्त गरी सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।


मधेश प्रदेशका नेताहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदीले स्वास्थ्य उपचारको लागि निस्केको भन्दै नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्य मन्त्री नियुक्त गरेर महोत्तरी/ सिन्धुली सिमानाको एउटा होटलमा सपथ ग्रहण गराएकी थिइन् ।