काठमाडौं, नेपाल ।
नेपाली राजनीतिक ईतिहाँसकै गम्भिर अपराधको घटनामा मुछिएर राजनीतिक पूर्वाग्रह तथा राज्यको आडमा अदालतबाट कागजी सफाई पाएका काँग्रेस नो मोहम्मद अफताब आलमको मृत्यु भएको छ ।
पूर्वमन्त्री रहेका मोहम्मद अफताब आलमको निधनमा काँग्रेसका नेताहरुले लोकतान्त्रिक आन्दोलनमा क्षति पुगेको, पार्टिमा अतुलनिय योगदान दिएको भन्दै दुःख व्यक्त गरेका छन्।
पूर्वमन्त्री आलमको आज बिहान केएमसी अस्पतालमा निधन भएको हो ।
चुनावमा आफ्नो पक्षमा माहोल बनाउन बम पड्काउन योजना बनाईरहँदा पड्केको बमबाट घाईते भएकालाई प्रमाण नष्ट गर्ने नाममा आलमले जिउँदै ईट्टा भट्टामा हालेर खरानी बनाएका थिए । आलमले हत्या गरेको बताइएका हालसम्म बेपत्ता व्यक्तिका परिवारहरु न्यायका लागि अदालत धाइरहेका छन् ।
पटक–पटक मन्त्री बनेका आलम २०६४ साल चैत २७ गते पहिलो संविधानसभा चुनावको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विस्फोटमा परेका यमुनामाई गाउँपालिका घर भएका घाइतेद्वय पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई इँटाभट्टामा जलाएर हत्या गरेको आरोपमा अदालतबाट जन्मकैदको फैसला भएको थियो ।
पछि गएको जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाबाट कारागारमुक्त भएपछि ब्रेन स्टोक भएको थियो । आलमका दुई छोरा र एक छोरी छन् ।