काठमाडौं, नेपाल ।
विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीमा संलग्न देखिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा काठमाडौंबाट पक्राउ परेका छन ।
महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो ।
त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो ।
यसअघि नै अनुसन्धानको दायरामा तानिएका पूर्वसभामुख महराविरुद्ध सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल अघि बढेको थिएन ।