(Japan) 12 th October | 2025 | Sunday | 8:11:56 AM || (Nepal) 4:56:56 AM
 
 

जापानविरुद्ध जित निकालेसंगै नेपाल २ अंकसहित विश्वकप छनोटको सुपर सिक्समा प्रबेश

  POSTED ON : Saturday, 11 October, 2025 | Views : 208

जापानविरुद्ध जित निकालेसंगै नेपाल २ अंकसहित विश्वकप छनोटको सुपर सिक्समा प्रबेश


काठमाडौं, नेपाल ।

नेपालले आइसीसी टी-२० विश्वकप एशिया एन्ड ईस्ट एशिया प्यासिफिक छनोटमा शुक्रवार जापानलाई ५ विकेटले हराएको छ ।


ओमानको अल अमरेत क्रिकेट रङ्गशालमा टस जितेर फील्डिङ रोजेको नेपालले सुरुमा जापानलाई १३१ रनमा समेटेको थियो । जबाफमा मध्यक्रममा केही सङ्घर्ष गरे पनि नेपालले १८ ओभरमा लक्ष्य पूरा गर्‍यो।

नेपाल र जापान दुबैले लीग चरणमा कुवेतलाई पराजित गर्दै 'सूपर सिक्स'मा प्रवेश गरेकोले यो खेलको अङ्क 'सूपर सिक्स'मा जोडिने हुँदा दुवै टोलीका लागि आजको जितको २ अङ्कको महत्त्व थियो।


जापानले उत्कृष्ट सुरुवात गरे पनि नेपालले पछि दबाव बनाउँदै जापानलाई १३१ रनमा रोक्न सक्यो।

जबाफमा गुलशन झा र दीपेन्द्रसिंह ऐरीले छैटौँ विकेटका लागि अविजित ४२ रनको साझेदारी गरेपछि नेपालले १८ औँ ओभरमा खेल आफ्नो पक्षमा पार्न सफल भयो।


नेपालले कुवेत र जापान दुवैलाई पराजित गरे पनि कुवेत समूह चरणबाटै बाहिरिसकेकोले कुवेतलाई जिताउँदा पाएको अङ्क अब जोडिने छैन।

अब जापान 'सूपर सिक्स'मा बिनाअङ्क अगाडि बढेको छ किनकि उसले अङ्क प्राप्त हराएको टोली कुवेत अप सूपर सिक्समा छैन।

नेपालसँग भने २ अङ्क छ।

अब नेपालले सूपर सिक्समा ससूह 'ए' र 'सी'बाट छनोट भएर आउने चार राष्ट्रसँग प्रतिस्पर्धा गर्ने छ।

त्यसमा शीर्ष तीन टोलीले अर्को वर्ष भारत र श्रीलङ्कााम आयोजना हुने टी२० विश्वकपमा प्रवेश पाउने छन्।


नेपालले आज कुवेतविरुद्धको खेलमा खेलेका खेलाडीमा कुनै परिवर्तन गरेन।

टी-२० आई वरीयतामा नेपाल १८ औँ र जापान ४३ औँ स्थानमा छन्। दुई देशका राष्ट्रिय टोलीबीच भएको यो यो पहिलो टी २० आई हो।