(Japan) 17 th May | 2025 | Saturday | 5:32:29 PM || (Nepal) 2:17:29 PM
 
 


पारिजात साहित्य साधना गुराँस सम्मान साहित्यकार दुवसु क्षेत्रीलाई प्रदान

  POSTED ON : Wednesday, 07 August, 2024 | Views : 512

पारिजात साहित्य साधना गुराँस सम्मान साहित्यकार दुवसु क्षेत्रीलाई प्रदान


टोकियो, जापान ।

जापानका लागि राजदूत रहनुभएका साहित्यकारको रुपमा समेत परिचित डा. दुर्गा बहादुर सुवेदी दुवसुलाई लाली गुराँस साहित्य प्रतिष्ठानले पारिजात साहित्य साधना गुराँस सम्मान २०८१ प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष साहित्यकार रन्जुश्री पराजुलीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको प्रतिष्ठानका सदस्य सचिव पवन पुखरेलद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

विशेष काब्य विधामा योगदान पुर्याउने श्रष्टालाई दिइने यो पुरस्कार प्रत्येक ३ वर्षमा प्रदान गरिंदै आएको छ । यो सम्मानको साथमा ५१ हजार १११ रुपैयाँ राशीले सम्मान समेत गरिने प्रतिष्ठानले जनाएको छ ।

कविता, गीत, गजल लगायतका काव्य बिधामा कलम चलाउँदै आउनुभएका क्षेत्री हाल जापानका लागि नेपाली राजदूतका रुपमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।