टोकियो, जापान ।
जापानमा रहेका नेपाली साहित्यप्रेमीहरूका लागि एक विशेष साहित्यिक कार्यक्रम आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा “लालगोपालसँग कविता साँझ” कार्यक्रम आगामी २१ फेब्रुवरी २०२६ मा टोकियोको सुगामोस्थित राइनो किचनमा आयोजना हुन लागेको कार्यक्रम संयोजक सरोज घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा प्रख्यात साहित्यकार लालगोपाल सुबेदीको विशेष उपस्थिति रहनेछ ।
“कवितामा जीवन, जीवनमा कविता” भन्ने भावनासहित आयोजना हुन लागेको यस कार्यक्रममा कविता वाचन, साहित्यिक अन्तरक्रिया तथा नेपाली भाषा–साहित्यप्रति समर्पित छलफल हुने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार जापानमा बसोबास गर्ने नेपाली समुदायबीच साहित्यिक चेतना अभिवृद्धि गर्ने, सिर्जनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्ने र साहित्यिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम २१ फेब्रुअरी शनिबार साँझ ५ बजे सुरु हुनेछ। स्थान — राइनो किचन, सुगामो (Tokyo-to Toshima-ku Sugamo 4-22-4) रहेको छ। आयोजकले जापानमा रहनु भएका सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक निमन्त्रणा गरेको छ ।