संगिता भट्ट -जापान ।
लगभग विश्वको कुनैपनि मुलुक कोभिड १९ भाईरस नामको सरुवा रोगबाट अछुतो छैन ।
उपचारको ठोस विधि नभएको कोरोना संक्रमणको रोकथामका लागि सबै देशले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेका छन् । नतिजामा केही कमि देखिएपनि नियन्त्रणउन्मुख भने देखिएको छैन ।
जापानमा पनि नोवेल कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै सरकारी प्रयासहरुमा विभिन्न टिकाटिप्पणीहरु हुने थालेका छन् ।
युरोप अमेरिका सहित कयौं शक्तिशाली र सम्पन्न देशहरुमा जस्तो भयावह स्थिती नभएपनि कोरोना संक्रमणको बृद्धिदर भने द्रुतगतिमा बढिरहेको छ ।
जापान सरकारले संक्रमण नियन्त्रणको लागि आपतकाल देशव्यापी लागूको घोषणा सहित नागरिकमा दैनिकजसो विभिन्न अनुरोधहरु गर्दै आएको छ ।
अमेरिका, अष्ट्रेलिया, कयौं युरोपियन देशहरुमा सरकारी अनुरोध अवमुल्यन र वेवास्ताका खवर आईरहँदा जापानी नागरिकहरुले भने सरकारी अनुरोध पालना सहित आफ्नै तवरमा विभिन्न रचनात्मक प्रयासहरु गरिरहेका छन् ।
जापानमा कोरोना संक्रमणको दर बढेपनि यसले महामारी रुप लिन नसक्नुमा जापानी नागरिकहरुको यस्ता मौलिक प्रयासहरुको ठूलो सहयोग रहेको पाईएको छ ।
१.घर बाहिरको यात्रा नियन्त्रण र भिडभाडमा कमी

२. सेनिटाईजर, मास्कको प्रयोक

३.दुरी कायम

४.पसल, सुपरमार्केट, कोम्बिनीहरुमा काँच, प्लास्टिकको पर्दा

५. प्रवेशद्धारमा अल्कोहल एवं हातधुने व्यवस्था

६. हातमा पञ्जा प्रयोग

७. सामान किन्ने वा पैसाको कारोबार गर्दा सिधै हातमा नभई भाँडामा राखेर पैसा लिनेदिने

८. कयौं कार्यालयहरुमा प्रवेश गर्दा ज्वरोको नापचाँज
