(Japan) 15 th December | 2025 | Monday | 10:45:36 AM || (Nepal) 7:30:36 AM
 
 


नेपाल एयरलाईन्स ओसाका-काठमाडौं यात्रा ३६ हजार, दुईतर्फी भाडा ७२ हजार (यसरी लिन सकिन्छ टिकट)

  POSTED ON : Tuesday, 30 July, 2019 | Views : 4366

नेपाल एयरलाईन्स ओसाका-काठमाडौं यात्रा ३६ हजार, दुईतर्फी भाडा ७२ हजार (यसरी लिन सकिन्छ टिकट)


टोकियो, जापान ।

जापानको ओसाका शहरबाट नेपाल यात्रा गर्न एकतर्फी भाडा ३६ हजार लाग्ने भएको छ ।

नेपालको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले आगामी भदौ १२ देखि गर्न लागेको ओसाका उडानको भाडा घटाउँदै एकतर्फी भाडा ३६ हजार तय गरेको हो ।

जापानको ओसाका सिधा उडानको लागि टिकट बुकिगं गरिरहेको नेपाल एयरलाईन्सले ओसाका काठमाडौं उडानको एकतर्फी भाडा भ्याट सहित ३६ हजार ९९९ रुपैयाँ तय गरेको छ ।

निगमले एक दशकपछी जापानको लागि उडान गर्न लागेकाले प्रवद्र्धनको हिसाबले भाडादर सस्तो गरेको जनाएको छ । काठमाडौं ओसाका उडानको दुईतर्फी भाडा ७२ हजार ८१४ कायम गरिएको छ ।

निगमले दशैँअघि पुनःअर्को भाडादर निर्धारण गर्ने जनाइएको छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाकाको कान्सार्इ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने छ ।

निगमले वाइडबडी ए–३३० मकालु जहाजमार्फत ओसाका उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ ।

निगमको उडान तालिकाअनुरुप एनए ४११ उडान नम्बरको जहाज काठमाडौँबाट ओसाका दिउँसो २:३० बजे उडेर ओसाकाबाट राति ११:५५ बजे काठमाडौँ अवतरण गर्नेछ ।    

वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य उडान भर्न लागेको हो । गत असार र साउन महीनामा निगमले खरीद गरेका दुई वाइडबडी जहाजले पुरानै छोटो दूरीको गन्तव्यमा पालैपालो उडान भर्दै आएका थिए ।

निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण 'क्यान' बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र ९एओसी० पाएको थियो । निगमले चीन, जापान, कोरिया र साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार वाइडबडी जहाज भित्र्याएको थियो  । 

निगमले एकदशकअघि जापान उडान बन्द गरेको थियो । चीनको साङ्घाइबाट ओसाकाको कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो ।     

नेपाल-जापानबीचको द्विपक्षीय हवाई सम्झौताअनुसार निगमले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउनेछन् ।   

जापानकै अर्को मुख्य गन्तव्य नारिता अन्तर्राष्ट्रिय विमानस्थमा उडान गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटन नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

टिकट बुकिगं गराउन चाहने व्यक्तिले तल उल्लेखित सम्पर्क नम्वर मार्फत टिकट लिन सकिने नेपाल एयरलाईन्स जापान निर्देशक सन्तोष पाण्डेले जानकारी दिनुभएको छ ।

Kathmandu - Osaka - Kathmandu direct flight starting from August 29, 2019.

Contact Japan:
Country Manager Japan: Mr.Santosh Pandey
Mobile: +8180-4245-0456 Email: nac_kix@nac.com.np

Nepal:
Nepal (Head Office) 
Nepal Airlines Building 
Kantipath, Kathmandu
Tel No: 4220757, 4248614, 4244055, 4248617 
Fax: +977-01-4225348
Toll-Free No. 16600110787
E-mail : info@nac.com.np, raonline@nac.com.np