(Japan) 16 th September | 2026 | Wednesday | 10:48:18 PM || (Nepal) 7:33:18 PM
 
 


एसियन गेम्सका लागि यि १५ नेपाली क्रिकेट खेलाडी जापान आउँदै, अफगानिस्तान र जापानसँग समुह भिडन्त

  POSTED ON : Thursday, 17 September, 2026 | Views : 176

एसियन गेम्सका लागि यि १५ नेपाली क्रिकेट खेलाडी जापान आउँदै, अफगानिस्तान र जापानसँग समुह भिडन्त


टोकियो, जापान ।

जापानमा सुरु एसियन गेम्सका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली जापान आउने भएको छ ।

नेपाल क्रिकेट  संघ (क्यान) ले ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरेको हो । टोलिमा ऐरीसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सनकुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन् ।

एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टोलीको टिम लिडरमा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी विनोद दास रहेका छन् । मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन् ।

नेपालले एसियन गेम्समा क्रिकेट मार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्य सहित टोली तयार गरेको क्यानले जनाएको छ । खेल आउँदो सेप्टेम्वर १९ तारिख देखि अक्टोबर ४ तारिख असोज ३ देखि १८ गतेसम्म जापानको आइची–नागोयामा आयोजना हुँदैछ ।

जस अन्तर्गत सेप्टेम्बर २५ मा नेपाल र अफगानिस्तान तथा सेप्टेम्बर २६ मा आयोजक जापानसँग नेपालले खेल खेल्नेछ । समुह ए मा नेपाल, अफगानिस्तान र जापान रहेको छ ।