(Japan) 15 th September | 2026 | Tuesday | 6:47:36 PM || (Nepal) 3:32:36 PM
 
 


नेपालमा डीएनए परीक्षणका लागि जापानले थप ३० करोड सहयोग गर्ने, तत्काल डीएनए परीक्षण विज्ञ टोलि पनि पठाउने

  POSTED ON : Wednesday, 16 September, 2026 | Views : 130

नेपालमा डीएनए परीक्षणका लागि जापानले थप ३० करोड सहयोग गर्ने, तत्काल डीएनए परीक्षण विज्ञ टोलि पनि पठाउने


टोकियो, जापान ।

नेपालमा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा मृतकको पहिचानका लागि जापान सरकारले २९ करोड ८० लाख येन (करिब २० लाख अमेरिकी डलर) आपत्कालीन अनुदान उपलब्ध गराउने भएको छ ।

जापानको परराष्ट्र मन्त्रालयका अनुसार, सेप्टेम्बर १५ मा जापान सरकारले नेपाल सरकारलाई डीएनए परीक्षणका आवश्यक उपकरण उपलब्ध गराउन उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बाढीका कारण मृतक तथा बेपत्ताको पहिचान गर्न डीएनए परीक्षणको आवश्यकता बढिरहेको अवस्थामा जापानले यो सहयोग घोषणा गरेको हो ।

यसका साथै, डीएनए परीक्षणसम्बन्धी काममा प्राविधिक सहयोग पुर्‍याउन जापान डिजास्टर रिलिफको विशेषज्ञ टोली पनि सेप्टेम्बर १५ मै नेपाल पठाउने निर्णय गरिएको छ ।

जापान सरकारले मानवीय सहयोग तथा नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै आवश्यकताअनुसार थप सहयोग जारी राख्ने प्रतिबद्धता समेत जनाएको छ ।