(Japan) 30 th July | 2026 | Thursday | 2:18:20 PM || (Nepal) 11:03:20 AM
 
 

जापानको कुमामोतो भूकम्पमा मृत्यु हुनेको संख्या २८ पुग्यो

  POSTED ON : Thursday, 30 July, 2026 | Views : 188

जापानको कुमामोतो भूकम्पमा मृत्यु हुनेको संख्या २८ पुग्यो


टोकियो, जापान ।

जापानको क्युसु क्षेत्रमा गएको शक्तिशाली भूकम्पहरूको शृङ्खलापछि मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

जापान सरकारका मुख्य मन्त्रिपरिषद् सचिव किहारा मिनोरुले बिहीबार बिहान ६ः३० बजेसम्म प्राप्त विवरण अनुसार भूकम्पका कारण मृत्यु हुनेको संख्या २८ जना भएको पुष्टि गरेका हुन्।

सरकारका अनुसार उक्त संख्यामा विपद्सम्बन्धी कारणले मृत्यु भएको आशंकामा अनुसन्धान भइरहेका व्यक्तिहरू पनि समावेश छन् ।

भूकम्पबाट प्रभावित कुमामोतो सहित आसपासका क्षेत्रमा उद्धार तथा खोजी कार्य अझै जारी रहेको छ । सयौं व्यक्ति घाइते भएका छन् भने केही स्थानमा भवनहरू भत्किएका, सडक तथा पूर्वाधारमा क्षति पुगेको छ। प्रभावित क्षेत्रमा हजारौं घरपरिवार विद्युत् तथा अन्य आधारभूत सेवाबाट प्रभावित भएका छन्।

सरकारले प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाको कार्यलाई तीव्र बनाएको जनाएको छ। साथै, पराकम्प जारी रहन सक्ने भएकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।