(Japan) 29 th July | 2026 | Wednesday | 1:26:34 PM || (Nepal) 10:11:34 AM
 
 

सात वर्षदेखि चर्को गितार बजाएर छिमेकीलाई हैरान बनाएको आरोपमा जापानमा एक व्यक्ति पक्राउ

  POSTED ON : Wednesday, 29 July, 2026 | Views : 158

सात वर्षदेखि चर्को गितार बजाएर छिमेकीलाई हैरान बनाएको आरोपमा जापानमा एक व्यक्ति पक्राउ


टोकियो, जापान ।

जापानको क्योतोमा ६१ वर्षीय एक संगीतकर्मीलाई सात वर्षभन्दा बढी समयदेखि ठूलो आवाजमा गितार र रेडियो बजाएर छिमेकीलाई हैरान पारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनले सन् २०१९ देखि दिनरात ठूलो आवाजमा गितार र रेडियो बजाउँदै आएका थिए । यसबाट ६० देखि ८० वर्ष उमेर समूहका तीन छिमेकीमा निद्रा नलाग्ने समस्या र डिप्रेसन देखिएको तथा अर्का एक छिमेकीमा लगातार कान बज्ने टिनिटस समस्या भएको बताइएको छ ।

धेरैपटक आधिकारिक चेतावनी दिँदा पनि व्यवहार परिवर्तन नभएपछि चार छिमेकीको उजुरीका आधारमा उनलाई आक्रमण सम्बन्धी आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको घरबाट ४० भन्दा बढी गितार, धेरैवटा इलेक्ट्रिक गितार, सीडी तथा रेडियो–क्यासेट प्लेयर र एम्प्लिफायर बरामद गरेको छ । आसपासमा मापन गरिएको आवाजको स्तर ८० डेसिबलभन्दा बढी रहेको थियो, जुन क्योतो सहरका अनुसार चलिरहेको रेलभित्रको आवाजजत्तिकै हो ।