(Japan) 8 th July | 2026 | Wednesday | 12:24:45 PM || (Nepal) 9:09:45 AM
 
 

सर्वसाधारणको सुचनाको आधारमा जापानमा १५ बर्षदेखि अबैध बस्दै आएका चार थाई नागरिक पक्राउ

  POSTED ON : Wednesday, 08 July, 2026 | Views : 128

सर्वसाधारणको सुचनाको आधारमा जापानमा १५ बर्षदेखि अबैध बस्दै आएका चार थाई नागरिक पक्राउ


टोकियो, जापान । 

जापानको नागानो प्रान्तमा गैरकानुनी रूपमा बसोबास गरिरहेका चार जना थाई नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 


सन् २०२६ जुलाई ७, मंगलबारका दिन उनीहरूलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको हो।


पक्राउ परेका व्यक्तिहरु ३६ देखि ६४ वर्ष उमेर समूहका चार थाई नागरिक रहेको बताइन्छ ।

पक्राउ नागानो प्रान्तको सिमोताकाई जिल्लामा रहेको दुई तले घरबाटै भएको समाचारमा उल्लेख छ । 

साढे तीन वर्षदेखि १५ वर्षभन्दा बढी समयसदेखि उनिहरुले जापानमा गैरकानुनी बसाइ गर्दै आएकाहरु छन । 


अध्यागमन नियन्त्रण तथा शरणार्थी पहिचान ऐनको उल्लंघन आरोप पक्राउ परेकाहरुमाथि लगाइएको छ ।

यो कारबाही नागानो प्रान्तीय प्रहरी र टोकियो क्षेत्रीय अध्यागमन सेवा ब्युरोको संयुक्त टोलीले गरेको हो । 

एक सर्वसाधारण नागरिकले दिएको गोप्य सूचनाका आधारमा यो कारबाही अघि बढाइएको थियो । 


उक्त सूचनामा केही विदेशी नागरिकहरू भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बसोबास गरिरहेको उल्लेख थियो । सोही सूचनालाई पछ्याउँदै सुरक्षा निकायले उनीहरू बसिरहेको घरमा छापा मारेको थियो । 


अहिले अधिकारीहरूले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेका छन् । उनीहरू जापानमा कसरी बसिरहेका थिए र कतै अवैध काममा संलग्न थिए वा थिएनन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ । 

यस घटनाले जापान सरकारले आफ्नो देशको अध्यागमन नीति र नियमहरूलाई कति कडा रूपमा लागू गरिरहेको छ भन्ने कुरालाई पुनः प्रष्ट पारेको छ।