टोकियो, जापान ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया–प्रशान्त क्षेत्रीय समितिले आगामी अगष्ट १५ र १६, २०२६ मा चीनको ग्वाङझाउमा आयोजना हुन लागेको ११औँ एनआरएनए एशिया प्यासिफिक सम्मेलन २०२६ लाई सफल बनाउन विभिन्न व्यवस्थापन तथा समन्वय समितिहरू गठन गरेको छ।
“आरोहण” नाम दिइएको उक्त सम्मेलनका लागि मूल आयोजक समिति, लगानी प्रवर्द्धन समिति, मिडिया पार्टनर समिति तथा सल्लाहकार समिति गठन गरिएको जानकारी एशिया प्यासिफिक संयोजक दिपक कँडेलले जापानसमाचार डटकमलाई जानकारी दिनुभयो । सम्मेलन “Rising Together, Leading Forward” भन्ने नाराका साथ ग्वाङझाउस्थित Crowne Plaza Guangzhou City Centre मा आयोजना हुँदैछ।
सम्मेलन व्यवस्थापन समितिको संयोजकमा जापानबाट दीपक कँडेल चयन हुनुभएको छ भने उपसंयोजकमा उपसंयोजकमा भविन्द्र बस्नेत थाईल्याण्ड रहेका छन् । सदस्य सचिवको जिम्मेवारी आयोजक राष्ट्र चीनका मुकुन्द काफ्ले लाई दिइएको छ ।
मूल आयोजक समितिमा जापान, दक्षिण कोरिया, मलेसिया, हङकङ, कम्बोडिया, म्यानमार, फिलिपिन्स लगायत विभिन्न देशमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूलाई समेटिएको छ । समितिमा लालसिंह खड्का, छत्र दाहाल, राम थापा ‘अनिल’, संगीता अधिकारी सुवेदी, सुमन लामिछाने, इन्द्र लम्साल, पार्वती मोक्तान, विपिन गुरुङ, अनु राई, महेन्द्र श्रेष्ठ, शिवराज पराजुली, सुशील मोर, बजन्ती लामिछाने चौधरी र प्रकाश श्रेष्ठ सदस्य रहेका छन् ।
त्यसैगरी सम्मेलनलाई आर्थिक तथा व्यावसायिक रूपमा प्रभावकारी बनाउने उद्देश्यले लगानी प्रवर्द्धन समिति पनि गठन गरिएको छ । उक्त समितिको संयोजकमा जापानका रोबिन शेरचन रहेका छन् भने सदस्य सचिवमा दक्षिण कोरियाका डा. विमल सुवेदी चयन भएका छन् । समितिमा जापानबाट ददिवल खड्का, गोविन्द श्रेष्ठ ‘रोविन्द्र’, मलेसियाका रुपेश न्यौपाने तथा भियतनामका प्रदीप न्यौपाने सदस्य रहेका छन् ।
मिडिया समन्वय तथा प्रचारप्रसारलाई प्रभावकारी बनाउन गठन गरिएको मिडिया पार्टनर समितिको संयोजकमा विनय शर्मा चयन भएका छन् । समितिमा न्यू२४ का टेक नारायण भट्टराई, जनासवाल डटकमका राजु बगाले, एफएनजे जापानका रविन्द्र श्रेष्ठ तथा जापानसमाचार डटकमका गोकर्ण अधिकारी सदस्य रहेका छन् ।
यस्तै सम्मेलनलाई अनुभव र मार्गदर्शन प्रदान गर्न सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिको अध्यक्षमा डा. हेमराज शर्मा, महासचिवमा डा. हिरोजी खड्का तथा प्रमुख कार्यकारी अधिकृत (CEO) मा सचिवालय काठमाडौंका राजेन्द्र कुमार रावत रहेका छन्।
सल्लाहकार समितिमा जापान, दक्षिण कोरिया, मलेसिया, भियतनाम, थाइल्याण्ड, हङकङ लगायतका देशबाट विभिन्न एनआरएनए अभियन्ता तथा पूर्व पदाधिकारीहरूलाई समावेश गरिएको छ।
आयोजकका अनुसार सम्मेलनले एशिया–प्रशान्त क्षेत्रमा रहेका नेपाली समुदायबीच आपसी सहकार्य, लगानी, व्यवसाय, पर्यटन, प्रविधि तथा सामाजिक एकताका विषयमा साझा बहस र सहकार्यको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
सम्मेलनमा विभिन्न देशबाट एनआरएनए प्रतिनिधि, व्यवसायी, समाजसेवी, पत्रकार तथा नेपाली समुदायका अगुवाहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ ।