(Japan) 21 st May | 2026 | Thursday | 8:35:28 AM || (Nepal) 5:20:28 AM
 
 


दोस्रो मोना नेपाल फेस्टिवलको आय-व्यय सार्वजनिक तथा लाइभ दोहोरी सम्मान कार्यक्रम हुँदै

  POSTED ON : Wednesday, 20 May, 2026 | Views : 250

दोस्रो मोना नेपाल फेस्टिवलको आय-व्यय सार्वजनिक तथा लाइभ दोहोरी सम्मान कार्यक्रम हुँदै


टोकियो, जापान ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले “दोस्रो म्याग्दी मोना इताबाशी नेपाल फेस्टिवल २०२६” को आय–व्यय सार्वजनिक कार्यक्रम आगामी आइतबार आयोजना गर्ने भएको छ।


मोना जापान र इताबाशी वार्डको सहकार्यमा गत अप्रिल १२ र १३ तारिख टोकियोको आकाचुका पार्कमा सम्पन्न नेपाल फेस्टिवल २०२६ को समिक्षासहित आय–व्यय सार्वजनिक गरिने आयोजकले जनाएको छ ।


कार्यक्रममा फेस्टिवललाई सफल बनाउन सहयोग पुर्‍याउने स्पोन्सर, दाताहरु तथा कलाकारहरुलाई सम्मान गरिनेछ । साथै नेपालबाट विशेष रूपमा फेस्टिवलमा सहभागी हुन जापान आएका चर्चित कलाकार रबी कार्कीको बिदाइ कार्यक्रम समेत राखिएको छ ।


त्यसैगरी कार्यक्रममा कलाकार रबी कार्कीको एकल लाइभ दोहोरी प्रस्तुति पनि रहने आयोजकले जनाएको छ। नेपाली कला, संस्कृति र सांगीतिक माहोलसँगै आयोजना हुने उक्त कार्यक्रममा जापानस्थित नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।


मोना जापानले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ ।


कार्यक्रमको औपचारिक सत्र दिउँसो ३ बजेबाट सुरु हुनेछ भने सांगीतिक कार्यक्रम साँझ ६ बजेबाट सुरु हुने जनाइएको छ। कार्यक्रम शिनओकुबोमा रहेको हाम्रो बाराकाडो रेष्टुरेन्टमा आयोजना हुनेछ।


मोना जापानका अध्यक्ष गणेश श्रेष्ठ तथा महासचिव सुरेश पुनद्वारा हस्ताक्षरित निमन्त्रणापत्र मार्फत पत्रकार, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई उपस्थितिका लागि विशेष आग्रह गरिएको छ ।