(Japan) 4 th April | 2026 | Saturday | 4:50:51 AM || (Nepal) 1:35:51 AM
 
 


एएनओको जापान राष्ट्रिय कमिटी गठन, दूतावासमा सिष्टाचार भेट

  POSTED ON : Tuesday, 03 March, 2026 | Views : 648

एएनओको जापान राष्ट्रिय कमिटी गठन, दूतावासमा सिष्टाचार भेट


टोकियो, जापान ।

विश्वभर छरिएका नेपाली मूलका समुदायलाई एउटै साझा सञ्जालमा जोड्ने उद्देश्य सहित Association of Nepali Origin (एएनओ)को जापान राष्ट्रिय कमिटी औपचारिक रूपमा गठन भएको छ ।

साहित्यकार रविन शर्माको अध्यक्षतामा गठित कमिटीले नेपालीहरूको वौद्धिक, आर्थिक र सामाजिक क्षमतालाई मातृभूमि नेपालसँग सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा जोड्ने दीर्घकालीन लक्ष्य लिएको जनाएको छ ।


विश्वभरका नेपालीलाई जोड्ने अभियान

अमेरिकास्थित समाजसेवी डिल्ली अधिकारीको नेतृत्वमा सुरु भएको एएनओ अभियानले विश्वका विभिन्न मुलुकमा रहेका नेपाली मूलका व्यक्तित्वहरूलाई साझा प्लेटफर्ममार्फत जोड्ने योजना अघि बढाएको हो । जापान कमिटी गठनसँगै एएनओको अन्तर्राष्ट्रिय सञ्जाल थप विस्तार भएको बताइएको छ।

कमिटीका महासचिव चूडामणि भट्टराईले जापान सम्मेलन उद्घाटन गर्दै मातृपितृभूमिसँगको सम्बन्ध सुदृढ गर्न एएनओको आवश्यकता रहेको औँल्याए । उनले विदेशमा बसोबास गर्ने नेपालीहरूलाई आफ्नो पहिचान, भाषा र संस्कृतिसँग निरन्तर जोडिराख्न संस्थागत पहल अपरिहार्य रहेको धारणा व्यक्त गरे।

वरिष्ठ कलाकार रामकृष्ण बम मल्लले नेपालीहरूको प्राकृतिक मातृभूमि नेपाल नै भएको उल्लेख गर्दै जहाँ रहे पनि संस्कृति, परम्परा, भाषा र कलासँग जोडिनु नै पहिचानको आधार भएको बताए। “कुनै न कुनै पहिचान नबोक्नु अस्तित्वमाथिको प्रश्न हो,” उनले भने ।


पदाधिकारी र सदस्यहरू

अध्यक्ष :  रविन शर्मा

उपाध्यक्ष : परदेशी गायकको नामले परिचित सूर्य खड्का

महासचिव : जापानी फिल्ममा अभिनय गरिसकेका कलाकार उदय लामा

सचिव : व्यवसायी तथा सामाजिक अभियन्ता कामना भण्डारी

कोषाध्यक्ष : इन्जिनियरिङ क्षेत्रमा कार्यरत मधु क्षेत्री

प्रवक्ता : सामाजिक अभियन्ता केपी ओली

सदस्यहरूमा महेन्द्र न्यौपाने, प्रथम गुरुङ, रितु थापा, समुद्रराज पौडेल, सुशान्त भट्टराई, सागर थापा, कोशिका लिम्बू, ज्याक खड्का, गोकर्ण अधिकारी, प्रेम बलम्पाकी र दीपक कँडेल चयन भएका छन् ।

यसैबिच हिजो सम्पन्न पहिलो बैठकको निर्णयअनुसार व्बउबल ऋयलखभलतष्यल–द्दण्द्दट मार्फत जिम्मेवारी सम्हालेपछि ब्क Association of Nepali Origin (एएनओ)  –जापान च्याप्टरको प्रतिनिधिमण्डल आज दिउँसो १२:१५ बजे Embassy of Nepal, Tokyo मा औपचारिक सिष्टाचार भेट गरेको छ ।

भेटका क्रममा जापानका नेपाली कार्यवाहक राजदूत हरिहरकान्त पौडेलसँग सौहार्दपूर्ण तथा सकारात्मक वातावरणमा छलफल गरेको छ । प्रतिनिधिमण्डलले संस्थाको हालसम्मको गतिविधि, Japan Convention–2026 को उद्देश्य तथा आगामी योजनाबारे जानकारी गराएको जनाएको छ। साथै, महामहिममार्फत प्रधानमन्त्रीसमक्ष पुर्‍याउने गरी ज्ञापनपत्र पनि बुझाइएको छ।

दूतावासले एएनओ–जापानका आगामी कार्यक्रमहरूमा विशेष चासो र सहकार्य रहने विश्वास व्यक्त गरेको बताइएको छ।

भेटमा केन्द्रीय महासचिव सिएम भट्टराई, अमेरिका च्याप्टर सदस्य माधव पोख्रेल, जापान च्याप्टर उपाध्यक्ष सूर्य खड्का तथा कोषाध्यक्ष मधु क्षेत्री लगायतको उपस्थिति रहेको थियो।

एएनओ–जापानले प्राप्त मार्गदर्शन, शुभकामना तथा सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको उद्देश्य अनुरूप एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।
...

जापानमा रहेका नेपाली समुदायलाई एकताबद्ध बनाउन एएनओ स्थापना हुँदै