टोकियो, जापान ।
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छिन् । मार्च २७ मा पठाइएको औपचारिक बधाई सन्देशमा उनले शाहको नेतृत्वमा नेपालको स्थायित्व, समृद्धि र विकासतर्फ महत्वपूर्ण प्रगति हुने विश्वास व्यक्त गरेकी हुन् ।
प्रधानमन्त्री ताकाइचीले आफ्नो सन्देशमा जापान र नेपालबीच लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण तथा सहकार्यपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने चाहना व्यक्त गरेकी छन् । उनले दुई देशबीचको आर्थिक, प्राविधिक तथा मानव संसाधन विकासका क्षेत्रमा सहकार्यलाई थप उचाइमा पुर्याउन मिलेर काम गर्न आफू उत्सुक रहेको उल्लेख गरेकी छिन् ।
बालेन्द्र शाहले कार्यभार सम्हालेपछि जापान सरकारबाट प्राप्त यो उच्चस्तरीय औपचारिक सन्देशलाई महत्वपूर्ण कूटनीतिक संकेतका रूपमा हेरिएको छ । यसले विशेषगरी जापानमा रहेका नेपाली समुदाय, लगानी, रोजगारी तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
समग्रमा, यस बधाई सन्देशले नेपाल–जापान सम्बन्धलाई आगामी दिनमा अझ मजबुत, गतिशील र परिणाममुखी बनाउने संकेत दिएको विश्लेषण गरिएको छ ।