(Japan) 16 th April | 2026 | Thursday | 11:19:04 AM || (Nepal) 8:04:04 AM
 
 


फुकुओकामा नेपाल फेस्टिवल २०२६: नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनको ठूलो मंच

  POSTED ON : Thursday, 16 April, 2026 | Views : 92

फुकुओकामा नेपाल फेस्टिवल २०२६: नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनको ठूलो मंच


फुकुओका, जापान 

जापानको फुकुओकामा आगामी अप्रिल १८ र १९, २०२६ मा १३औँ संस्करणको “नेपाल फेस्टिवल फुकुओका २०२६” आयोजना हुने भएको छ। तेन्जिन सेन्ट्रल पार्क मा सञ्चालन हुने यस कार्यक्रमले नेपाली कला, संस्कृति, परम्परा तथा पर्यटन प्रवर्द्धनलाई मुख्य उद्देश्यका रूपमा अघि सारेको छ।

फुकुओका नेपाल फेस्टिवल कार्यकारी समिति २०२६ को आयोजनामा हुने यो महोत्सव जापानमा बसोबास गर्ने नेपाली समुदाय र जापानी नागरिकबीच सांस्कृतिक सम्बन्ध अझ मजबुत बनाउने लक्ष्यसहित आयोजना गर्न लागिएको हो। कार्यक्रममार्फत दुई देशबीचको आपसी समझदारी र मित्रता विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।


फेस्टिवलमा सहभागीहरूले नेपाली मौलिक खानाका परिकार, परम्परागत हस्तकला सामग्री, सांस्कृतिक नृत्य तथा संगीत प्रस्तुतिहरूको अनुभव लिन सक्नेछन्। साथै, नेपालको प्रमुख पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिने विभिन्न स्टलहरू पनि राखिनेछन्, जसले जापानी तथा अन्तर्राष्ट्रिय दर्शकलाई नेपाल भ्रमणप्रति आकर्षित गर्ने विश्वास आयोजकको छ।


यस किसिमका कार्यक्रमहरूले नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मात्र नभई पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण टेवा पुर्‍याउँदै आएको छ। आयोजकका अनुसार, यस वर्षको फेस्टिवल अघिल्ला संस्करणभन्दा अझ भव्य र आकर्षक हुने तयारी भइरहेको छ।