(Japan) 13 th March | 2026 | Friday | 8:04:03 PM || (Nepal) 4:49:03 PM
 
 


२०८३ सालको दशैँको टीका अक्टोबर २१ तारिख, नोभेम्वर १० तारिख भाईटिका

  POSTED ON : Sunday, 15 February, 2026 | Views : 524

२०८३ सालको दशैँको टीका अक्टोबर २१ तारिख, नोभेम्वर १० तारिख भाईटिका


टोकियो, जापान ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी बर्षको बडा दशैं र तीहारको तिथिमीति सार्वजनिक गरेको छ ।

२०८३ सालको पात्रो प्रकाशित भए अनुसार वैशाख ४ गते शुक्रबार मातातीर्थ स्नान र १८ गते शुक्रवार गौतम बुद्ध जयन्ती परेको छ  ।

साउन १३ गते बुधवार गुरुपूर्णिमा, भदौ १९ गते शुक्रवार श्रीकृष्ण जन्माष्टमी र २९ गते सोमवार हरितालिका तीज परेको छ ।

मुख्य पर्व दशैँ असोज २५ गते आइतवारदेखि घटस्थापना सँगै सुरु हुनेछ भने कात्तिक ४ गते अर्थात् अक्टोबर २१ तारिख बुधवार विजयादशमी अर्थात् टीका लगाइनेछ ।

त्यस्तै कात्तिक २० गते शुक्रवारदेखि तिहार शुरु हुनेछ र कार्तिक २५ गते नोभेम्वर १० तारिख बुधवार भाइटीका परेको छ ।

कात्तिक २९ गते आइतवार छठ पर्व मनाइनेछ । माघ २४ गते आइतवार सोनाम ल्होसार, २८ गते बिहीवार बसन्त पञ्चमी, फाल्गुन २२ गते शनिवार महाशिवरात्रि, २५ गते ग्याल्पो ल्होसार र चैत्र ७ गते पहाडी क्षेत्रमा तथा ८ गते तराईमा होली मनाइनेछ ।