(Japan) 13 th March | 2026 | Friday | 9:00:26 PM || (Nepal) 5:45:26 PM
 
 


टोकियोमा महानायक राजेश हमालको प्रेरणादायी कार्यक्रम आज

  POSTED ON : Wednesday, 11 February, 2026 | Views : 424

टोकियोमा महानायक राजेश हमालको प्रेरणादायी कार्यक्रम आज


टोकियो, जापान । जापानस्थित गैरआवासीय नेपाली संघ (NRNA NCC Japan) को आयोजनामा आज टोकियोमा महानायक राजेश हमालसँग विशेष प्रेरणादायी कार्यक्रम आयोजना हुँदैछ।

“सपना, साधना र सफलता” विषयमा केन्द्रित उक्त कार्यक्रममा राजेश हमालले आफ्नो जीवन भोगाइ, संघर्ष र सफलताका अनुभवहरू साझा गर्नेछन्।


कार्यक्रम टोकियोको नाकानो जिरो हल (Nakano Zero Hall) मा आज साँझ ६:३० बजेदेखि सुरु हुने छ। कार्यक्रममा हमालको पुस्तक “युगदेखि युगसम्म” पनि प्रस्तुत गरिनेछ। कार्यक्रम निःशुल्क (Free Entry) रहेको आयोजकले जनाएको छ।

नेपाल एयरलाइन्सको साझेदारीमा आयोजित उक्त कार्यक्रममा जापानमा रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।