(Japan) 26 th August | 2026 | Wednesday | 6:13:55 AM || (Nepal) 2:58:55 AM
 
 


अस्ट्रेलियामा दुई बन्दुकधारिले अन्दाधुन्ध गोली चलाऊँदा १२ जना मारिए

  POSTED ON : Monday, 15 December, 2025 | Views : 906

अस्ट्रेलियामा दुई बन्दुकधारिले अन्दाधुन्ध गोली चलाऊँदा १२ जना मारिए


एजेन्सी ।

अस्ट्रेलियामा भएको गोली कान्डमा कम्तीमा १२ जनाको ज्यान गएको छ ।


यहाँको न्यु साउथ वेल्स राज्यको सिड्नीमा बोन्डी बिच (समुद्री तट) मा दुई बन्दुकधारिले अन्दाधुन्ध गोली चलाऊँदा अन्य २९ जनालाई उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको अधिकारीहरूले बताएका छन । 


अस्ट्रेलिया प्रहरीले एक जना आक्रमणकारीको पनि ज्यान गएको बताएको छ । न्यु साउथ वेल्सका प्रहरी प्रमुख क्रिस मिन्सका अनुसार अर्का एक जना आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो आक्रमण सिड्नीको यहुदी समुदायमाथि लक्षित भएको बताइन्छ ।


प्रहरीले यो गोलीकाण्डलाई आतङ्कवादी आक्रमणका रूपमा सूचीकृत गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले समुद्री तटमा भएको आक्रमणलाई स्तब्ध तुल्याउने र पीडादायी भएको बताएका छन । 


समुद्री किनारमा कार्यक्रम भइरहेको समयमा गोली चलेको खबरमा उल्लेख छ । प्रहरीले कार्यक्रमसँग आक्रमण सम्बन्धित रहे या नरहेको प्रस्ट नरहेको जनाएको छ ।


अस्ट्रेलियामा लाखौं नेपालीको बसोबास रहेपनि  हालसम्म घटनामा कोही पनि परेको विवरण आएको छैन ।