(Japan) 15 th December | 2025 | Monday | 10:51:19 AM || (Nepal) 7:36:19 AM
 
 


लभ होटलले मेयर पद चैट ! जापानमा परपुरुषसँग होटल गएको भेटिएपछि मेयरद्धद्धारा राजिनामा

  POSTED ON : Friday, 28 November, 2025 | Views : 504

लभ होटलले मेयर पद चैट ! जापानमा परपुरुषसँग होटल गएको भेटिएपछि मेयरद्धद्धारा राजिनामा


टोकियो, जापान ।

जापानको गुन्मा प्रान्तको माएबाशी शहरकी मेयर अकिरा ओगावाले पदबाट राजिनामा दिएकी छिन् ।

विवाहित परपुरुष कर्मचारीसँग पटकपटक लभ होटलमा गएको खुलासा भएपछि नैतिकताको आधारमा भन्दै मेयर ओगावाले पदबाट राजीनामा दिएकी हुन् ।

४२ वर्षीया ओगावाले आफ्नो कार्यको जिम्मेवारी लिँदै बिहीबार नगर सभाको पूर्ण बैठकमा राजीनामाको घोषणा गरेकी हुन् । 

सभाले सर्वसम्मतिले उनको राजीनामा स्वीकृत गरेको छ । मेयर ओगावाले राजिनामा नदिएमा नगरसभाले उनलाई हटाउने तयारी गरेको थियो ।

ओगावाले यसलाई धेरै सोचविचारपछि लिएको कठिन निर्णय भनेकी छिन् । यस घटनाले नगरको छविलाई क्षति पुर्याएको भन्दै नगर सभाले उनलाई दबाब दिँदै आएको थियो ।

सार्वजनिक कार्यालय निर्वाचन कानून अनुसार अब ५० दिनभित्र माएबाशीमा नयाँ मेयरको लागि चुनाव गराउनुपर्नेछ । तर पदबाट राजिनामा दिएपनि ओगावाले फेरि चुनाव लड्ने इच्छा व्यक्त गरेकी छिन् कानुनत उनलाई चुनाव लड्न यो घटनाले रोक्दैन । तर नैतिकताको आधारमा उनले चुनाव लड्ने सम्भावना भने न्यून रहेको बताईन्छ ।