(Japan) 14 th March | 2026 | Saturday | 11:24:07 PM || (Nepal) 8:09:07 PM
 
 


गुल्मिका शिशिरको एक बर्षकै उमेरमा जापानमा असामयिक निधन, पिडामा गन्दर्भ परिवार

  POSTED ON : Monday, 24 November, 2025 | Views : 922

गुल्मिका शिशिरको एक बर्षकै उमेरमा जापानमा असामयिक निधन, पिडामा गन्दर्भ परिवार


टोकियो, जापान ।

झट्ट तस्विर हेर्दा आँखामा राखेपनि नबिझाउने हँसिला र लोभ लाग्दो अनुहारका शिशिर करिव ३ महिना देखि बिरामी थिए । अस्पताल लैजाने र ल्याउने क्रम चलिरहेपनि एक महिना यता शरिरभरि आएको एलर्जी जस्तो छालामा फोका र त्यसले घाउ बनाउन थालेपछि शिशिर एक बर्ष नपुग्दै थलिन पुगेका थिए ।

अकस्मात गएको मंगलबार गम्भिर अस्वस्थ भएपछि जापान योकोहामामा बस्दै आएका पिता दिपक गन्दर्भले एम्बुलेन्स बोलाएरै छोरालाई अस्पताल पुर्याउनुभयो ।

सास रहुन्जेल आस भनेजस्तै अन्तिम घडिसम्मको उहाँको आस हिजो अर्थात् नोभेम्वर २३ तारिख बिहान अस्पतालले तातेताते हिँड्ने सुरमा रहेका छोराले संसार छाडेको खवर दिएसँगै पूर्ण विराम लागेको छ ।

पुत्र बियोगमा रहनुभएका गन्दर्भले भावुक स्वरमा भन्नुभयो जापान आएको पनि धेरै भएको छैन, कुक पेशाको काम श्रीमती पनि काम नगरि बसेको बर्षदिन भइसकेको त्यसमा अस्पतालको उपचार र दाहसंस्कारमा समेत लाग्ने खर्च महंगो पर्दा समस्यामा छु ।

मिलेसम्म छिटो जापानमै दाहसंस्कार गर्नुको विकल्प आफुसँग नभएको भन्दै पुर्ख्यौली घर गुल्मी कुर्घाका दिपक गन्दर्भ र सन्तान वियोगमा रहनुभएकी मिना कुमारी गन्दर्भको पिडामा मल्हम लगाउन तपाईंपनि आफुले सकेको सहयोग गर्न सक्नुहुन्छ ।

भर्खरै मात्र जापानमा भएको सप्ताहमा लाख देखि दसौं लाख सहयोग गर्न तयार मनकारी तपाईंहरु सबैलाई यस पिडाको घडिमा गन्दर्भ परिवारलाई तस्विरमा देखिएको उहाँहरुको आफ्नै बैंक खातामा मन खोलेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।