टोकियो, जापान ।
नेपाल सरकारले पूर्ववर्ती सरकारद्धारा राजनीतिक आधारमा राजदूत नियुक्त गरिएका ११ देशका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गरेको छ ।
शुशिला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूत फिर्ता गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जापानका लागि नियुक्त राजदूत डा. दूर्वाबहादुर सुवेदी सहित ११ देशका राजदूत फिर्ता बोलाएको पुष्टि गरेको छ ।
फिर्ता बोलाइएका राजदूतहरुमा चीनका राजदूत कृष्णप्रसाद ओली, अमेरिकाका लोकदर्शन रेग्मी, बेलायतका चन्द्रकुमार घिमिरे, जापानका डा. दुर्गाबहादुर सुवेदी, जर्मनी डा. शैल रूपाखेती, इजरायलका डा. धनप्रसाद पण्डित, मलेसियाका डा. नेत्रप्रसाद तिमल्सिना, कतारका रमेशचन्द पौडेल, रुसका जंगबहादुर चौहान, साउदी अरबका नरेशबिक्रम ढकाल, स्पेनका सनिश नेपाल रहेका छन् ।
राजनीतिक प्रभावका आधारमा नियुक्त गरिएका राजदूतहरुलाई २० कात्तिकभित्र फर्कन निर्देशन दिने निर्णय भएको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् । उनीहरूलाई केपी ओली सरकारले नियुक्त गरेको थियो । नियुक्त सबै राजदूतहरु काँग्रेस वा नेकपा एमाले निकट रहेकाहरु हुन् ।
परराष्ट्र सेवाबाट नियुक्त भएका राजदूतहरूलाई भने सरकारले यथावत् राखेको छ ।
जापानका लागि राजदूत डा. दूर्वाबहादुर सुवेदी परराष्ट्र अन्तर्गत भएपनि बेलायतको लागि राजदूतको कार्यभार पुरा गरेर नेपाल फर्कन नपाउँदै नियम बिपरित ओली सरकारले नेपाली काँग्रेसको तर्फबाट आरजु राणाको सिफारिसमा नियुक्त गरेको आरोप लागेको थियो ।
बेलायतका लागि नेपालको २० औँ राजदूतको रुपमा नियुक्त डा सुवेदीले सन् २०१६ सेप्टेम्बर महिनामा आफ्नो कार्यभार सम्हालेका थिए । चार वर्षे कार्यकाल सकिएको केही महिनापछि सन् २०२० को अन्त्यमा उनी नेपाल फर्किएका थिए ।
ओली सरकारले मनलाग्दी नियुक्त गरेर फिर्ता गरिएका राजदूतहरु यस्ता छन्
...
दुर्गाबहादुर सुवेदी जापानका लागि राजदूत नियुक्त, छिट्टै कार्यभार सम्हाल्न जापान जाने