टोकियो, जापान ।
टोकियो नजिक आईतबार राती दुई वटा रेल एक आपसमा ठोक्किउको छ । देन-एन-तोशी लाइनमा आइतबार राति दुई रेल ठोक्किएपछि आंशिक रूपमा सेवा निलम्बित भएको छ । यद्यपी रेल ठोक्किएपछि कोही पनि घाइते भएका छैनन् ।
टोकियो रेलवेको अपरेटरले दुर्घटना राति ११ बजेतिर भएको बताएको छ । चुओ-रिन्कानबाट शिबुया जाने लोकल ट्रेन कावासाकी शहरको काजिगाया स्टेशनमा प्रवेश गरी सेवाबाट बाहिर रहेको रेललाई ठक्कर दिएको थियो ।
टक्करका कारण सेवाबाट बाहिर रहेको रेलको केही भाग पटरीबाट खसेको थियो । अर्को रेलमा लगभग १४० यात्रुहरू थिए, तर कसैलाई पनि चोटपटक लागेको छैन । दुवै रेलका चालकहरू पनि सुरक्षित रहेका छन् ।
कम्पनीले ठक्करको सही कारणको अनुसन्धान गरिरहेको बताएको छ । सोमबार बिहानसम्म दुई रेलहरू सर्ने कुनै सम्भावना नभएको बताइएको छ।
शिबुया र सागिनुमा बीचको सेवा दुवै दिशामा निलम्बित छ, जबकि सागिनुमा र चुओ रिन्कान बीच रेलहरू चलिरहेका छन्।
टोक्यु ओइमाची लाइन पनि प्रभावित भएको छ, सोमबार पहिलो रेलहरूदेखि दुवै दिशामा फुताको तामागावा र मिजोनोकुची स्टेशनहरू बीच सेवा निलम्बित गरिएको छ । अपरेटरले बस र अन्य रेलवे लाइनहरू मार्फत वैकल्पिक यातायात प्रदान गरिरहेको छ ।
जापान यातायात सुरक्षा बोर्डले दुर्घटनाको कारण पत्ता लगाउन दुई अनुसन्धानकर्ताहरूलाई दुर्घटना स्थलमा खटाएको बताइएको छ ।