(Japan) 12 th October | 2025 | Sunday | 10:21:05 AM || (Nepal) 7:06:05 AM
 
 

जापानी यौनकर्मीसँग जाँदा नेपाली युवाको पैसा चोरेर भागेपछि

  POSTED ON : Friday, 19 September, 2025 | Views : 1358

जापानी यौनकर्मीसँग जाँदा नेपाली युवाको पैसा चोरेर भागेपछि


टोकियो, जापान ।

जापानमा एक यौनकर्मीसँग होटल पुगेका नेपाली युवा तिनै यौनकर्मी महिलाबाट लुटिएका छन् ।

समाचार अनुसार जापानको टोकियोस्थित शिन्जुकुमा एक नेपाली विद्यार्थीको पैसा चोरी घटनामा २१ वर्षीय एक जापानी युवती पक्राउ परेकी छिन् ।

टोकियो प्रहरीले ती युवतीलाई जुलाई महिनामा एक होटलबाट २२ वर्षीय नेपाली विद्यार्थीको ३६,००० येन चोरी गरेको अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ परेकी यौनकर्मी महिलाले अदालतमा बयान दिँदै आफू एक यौनकर्मी भएको र ग्राहकको रूपमा आएका ती नेपाली विद्यार्थीसँग होटलमा गएको स्वीकार गरेकी छिन्। प्रहरीका अनुसार ती युवतीले ग्राहक नुहाउन गएको मौका छोपी उनको पर्सबाट पैसा निकालेर भागेकी थिइन् ।

जापानी सञ्चार माध्यमका अनुसार पक्राउ परेकी ती युवतीले विगत दुई वर्षमा यौन धन्दाबाट ११ करोड येन कमाएको अनुमान गरिएको छ । यद्यपि, उनीविरुद्ध पैसासँग सम्बन्धित ८ वटा अन्य उजुरी पनि परेकाले प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जापानका विभिन्न मुख्य शहरी क्षेत्रमा अवैध रुपमा यौन धन्धामा लाग्नेगरेकाहरु विभिन्न अपराधमा संलग्न हुने गरेका घटनाहरु निरन्तर आइरहने भएकाले प्रहरीले सचेतता अपनाउन आग्रह गर्दै आइरहेको छ ।