टोकियो, जापान ।
जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको नेतामा ताकाइची साने निर्वाचित भएकी छिन् ।
केहिबेर अघि सम्पन्न सत्तारुढ दल भित्रको पार्टि नेताको चुनावमा आर्थिक सुरक्षा मन्त्री ताकाइची साने कृषि मन्त्री कोइजुमी शिन्जिरोलाई पराजित गर्दै पार्टिको नेतामा चुनीएकी हुन् । यो संगै जापानको इतिहासमै पहिलो पटक जापानले पहिलो महिला प्रधानमन्त्रीको रुपमा ताकाइची सानेलाई पाउने भएको छ ।
पार्टि प्रमुखमा बिजयी भएपछि प्रधानमन्त्री इशिबा शिगेरुको उत्तराधिकारीको रुपमा साने चयन हुने लगभग निश्चित छ ।
लिबरल डेमोक्रेटिक पार्टि जापानको सबैभन्दा ठूलो संसदिय दल हो । जसले हाल सरकारको नेतृत्व गरिरहेको छ ।