(Japan) 12 th October | 2025 | Sunday | 8:11:55 AM || (Nepal) 4:56:55 AM
 
 

जापानबाट श्रीमतीलाई ‘नेपाल आउँदै छु’ भनेका अर्जुन सम्पर्कविहीन, खोजिमा सहयोग गर्न परिवारको आग्रह

  POSTED ON : Sunday, 12 October, 2025 | Views : 218

जापानबाट श्रीमतीलाई ‘नेपाल आउँदै छु’ भनेका अर्जुन सम्पर्कविहीन, खोजिमा सहयोग गर्न परिवारको आग्रह


काठमाडौं, नेपाल । 

जापानबाट श्रीमतीलाई फोन गरेर ‘भोलि नेपाल आउँदै छु' भनेर फोन राखेका  बझाङका अर्जुनबाबु सुर्वणकार त्यसपछि सम्पर्कविहीन भएका छन् । जयपृथ्वी नगरपालिका –१०, बझाङका ३८ वर्षीय अर्जुन गत जेठमा मात्रै जापान गएका थिए । 


असोज २१ गते राति श्रीमती चम्फा देवीलाई सम्पर्क गरी भोलिपल्ट नेपाल आउने टिकट रहेको बताएका उनी त्यसयता सम्पर्कबिहिन बनेको परिवारका सदस्यहरुले बताएका छन । काम गर्न जापानको टोकियो पुगेका अर्जुनले त्यहाँ पुगेपछि आफू बिरामी भएको र काम गर्न नसक्ने भन्दै नेपाल आउन परिवारलाई खर्च मागेको उनका दाइ सन्तोषले जानकारी दिए । ‘भिडियो कल गरेर म यहाँ बस्न सक्दिन । मलाई खर्च पठाइदिनुपर्‍यो भन्यो,' सन्तोषले भने, ‘हात, खुट्टा र मुख सुन्निएजस्तो देखिन्थ्यो । त्यसपछि नेपाल आउने खर्चस्वरूप एक लाख रुपैयाँ पठाएको थिएँ ।'


नेपाल आउने टिकट समेत काटिसकेका अर्जुन रहस्यमय तरिकाले सम्पर्कविहिन भएपछि परिवार चिन्तामा छन् । अर्जुनको खोजीका लागि सहयोग गर्न उनले जापानमा रहेका नेपालीहरुसहित सबैमा आग्रह गरेका छन् ।