टोकियो, जापान ।
यसै महिना जापानको चिबा प्रिफेक्चर, फुनाबाशी शहरको एक होटलमा नेपाली युवाको हत्या आरोपी जापानी युवतिले घटना स्विकार गरेकी छिन् ।
प्रहरीलाई उद्दृत गर्दै जापानी मसाचार संस्थाहरुले प्रकाशित गरेको समाचार अनुसार २१ वर्षीय नेपाली युवा बादल छन्त्यालको हत्या गरेको आरोपमा पक्राउ परेकी ३२ जापानी युवतिले आँफु पनि बादलसंगै मर्न चाहेको बयान प्रहरीलाई दिएकी छन् । समाचारमा घटना भएको दिन नै उनलाई एक पसलबाट दुईवटा चक्कु चोरी गरेको आरोपमा पक्राउ गरिएको उल्लेख छ ।
जतिबेला उनले आफुले हत्या गरेकी नेपाली युवा बादल 'प्रेमीसँगै मर्न चाहेको र मर्ने भएपछि चोरी गरे पनि फरक नपर्ने' भनी स्वीकारेकी थिइन् ।
भाषा विद्यालयमा अध्ययनरत बादलको मृत्युको कारण मुटु र कलेजोमा चोट र उच्च रक्तश्रावका कारण भएको बताइएको छ ।
घटनालगत्तै जापानबासी नेपालीहरुमाझ सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा सजाय हुनुपर्ने माग उठिरहेको छ । चिबा प्रहरीले हत्याको वास्तविक मनसाय र सम्पूर्ण घटनाक्रमबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।